कीवर्डहरू -

अपडेट

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान÷सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।


कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको छ । नेपाली समाजमा नगदबिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट÷क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको इन्भेष्टमेन्ट बैंकका रिना चन्दले जानकारी दिइन ।


कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम रु. ५०० को कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।

कारोबार संख्या (मासिक)

नगद फिर्ता

१ देखि ३ पटक सम्मको कारोबारमा

२% वा अधिकतमा रु. १००

४ देखि १५ पटक सम्मको कारोबारमा

५% वा अधिकतमा रु. २००

१६ देखि ३० पटक सम्मको कारोबारमा

७% वा अधिकतमा रु. ५००

३१ देखि ५० पटक सम्मको कारोबारमा

१०% वा अधिकतमा रु. १०००

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र यस बैंकसँग आवद्ध बैंकहरुसँग सहकार्य गरी क्यास व्याकलोयल्टी योजनामा सहभागी हुन पाएकोमा भिसाले हार्दिक आभार प्रकट गरेको छ ।

\"\"


यस योजनाबाट सेन्चुरी बंैक लि., ग्लोबल आइएमई बैंक लि., कुमारी बैंक लि.,महालक्ष्मी विकास बैंक लि., मेगा बैंक नेपाल लि., मुक्तिनाथ विकास बैंक लि., एनसिसि बैंक लि., नेपाल इन्भेष्टमेण्ट बैंक लि., राष्ट्रिय वाणिज्य बैंक लि., सानिमा बैंक लि. र टुरिजम डेभलपमेन्ट बैंक लि. का भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।


यसअघि दशैको अवधिमा पनि यि बैंकहरुले कार्ड मार्फत खरिद गर्दा १० प्रतिशत क्यासब्याक दिएका थिए । यस पटकको क्यासब्याक कार्ड प्रयोगको दरमा भर पर्ने र अहिले सबै क्षेत्र होटल, हस्पिटलमा समेत छुट पाइने सानिमा बैंकका बिक्रम श्रेष्ठले बताए । अहिले यि बैंकहरुका १६ लाख प्रयोगकर्ताहरु भिसा कार्डको प्रयोग गरिरहेका छन । यो अफर तत्काल एक महिनाको लागि लागु भएको र तत्पश्चात पुन जानकारी गराइने जनाइएको छ ।


अपडेट

चीन र नेपालबीच आजबाट इन्टरनेट ब्याण्डवीथ साटाटाट हुँदै 

आजबाट बहुप्रतिक्षित नेपाल–चीन ब्याण्डबीथ साटाँसाटको औपचारिक घाेषणा हुदैँछ । यससँगै दशकोैं देखि नेपाली इन्टरनेटका क्षेत्रमा रहेको भारतीय एकाधिक…

नया दिल्लीमा सार्बजनिक भयो सगुनको मोबाइल एप

नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप् सार्बजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सा…

ओपो ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

ओपोले सन् २०१७को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । काठमाडौंको कमलपोखरी स्थित …

काठमाडौँमा नेपाल स्कुल अन इन्टरनेट गभर्ननेन्स \'एनपीएसआइजी\' आयोजना हुँदै 

नेपाल  इन्टरनेट गभर्ननेन्स फोरमको पहिलो संस्करणको सफलता पुर्वक संचालन पछि इन्टरनेट सोसाइटि  नेपालले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा ' न…

बुटवलमा फागुन  २  गतेदेखि सातौ संस्करणको इन्फोटेक आयोजना हुने

क्यान महासंघ रुपन्देही शाखाले यस वर्ष आगामी मिती २०७४  फाल्गुण  २  गते देखि ६  गते (तदनुसार सन् २०१८ फेब्रुअरी १४  देखि १८) सम्म बुटवल स्थित प्रदर्शनी स्थल…

सामसङ्गका ग्राहकहरुका लागि कुकिङ क्लास र सामसङ्गका उत्पादन बारे तालिम

सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.द्वारा नेपाली  ग्राहकहरुका लागि–माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरियो । साथै उक्त दिन नै सा…

जावलाखेलमा वल्र्डलिंकसंगै अंग्रेजी नया वर्ष २०१८ को भव्य स्वागत

काठमाडौं– ‘छिटो भनेकै वल्र्डलिंक’ लाखौं इन्टरनेट पारखीहरुले द्रुत गतिको इन्टरनेटको र्पयाय बनेको वल्र्डलिंकको आयोजनामा शनिबार अंगे्रजी नया…