कीवर्डहरू -

अपडेट

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ । राजधानीमा गत माघ ११ देखि १६ गतेसम्म भएको क्यान इन्फोटेकपछि क्यान महासंघले प्रदेशस्तरीय इन्फोटेक मेला सुरु गरेको छ । यसअनुरुप प्रदेश ३ अन्तर्गत चितवनमा इन्फोटेक मेला आयोजना गरिएको हो । भरतपुरस्थित नवनिर्मित चितवन एक्स्पो सेन्टरमा ५ दिनसम्म सञ्चालन हुने सूचना प्रविधिको वृहत् प्रदर्शनीमा विभिन्न कम्पनीका ८० स्टल रहेका छन् ।

मेलाको रोवटद्धारा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा सम्वोधन गर्दै चितवन क्षेत्र नं। २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिए । “राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ”–उनले भने । सांसद पोखरेलले चितवनको प्रविधिको विकासमा मेला महत्वपूर्ण हुने वताए । उनले मेलाको अवलोकन गरेर नयाँ प्रविधिबारे जानकारी लिन सवैलाई अनुरोध गरे ।

कम्प्यूटर एसोसियसन नेपालका अध्यक्ष हेमन्तकुमार चौरेसीयाले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, कन्सलटेन्सी र अन्य स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा विभिन्न प्रविधि प्रर्दशनी रहेका छन् । यस्तै इन्टर कलेज क्वीज प्रतियोगिता,अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठी समेत मेलामा आयोजना गरिएको छ ।

तेस्रो संस्करणको क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा डिजिकम र एशोसिएट स्पोन्सरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट रहेका छन् । प्लाटिनम स्पोन्सरमा नेटिस, डायमन्ड स्पोन्सरमा टेकमाइन्ड नेटवर्क, गोल्ड स्पोन्सरहरुमा मेगाटेक ट्रेड ग्रुप र एडीम्याक्स र सिल्भर स्पोन्सरहरुमा ई स्यान एन्टिभाइरस, टेक्नोज कर्पोरेशन र सार्क इन्टरनेश्नल रहेका छन् । 

मेला सम्पन्न गर्नको लागि करिब ७१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । दुई लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको यस मेला अवलोकन गन ५० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । कुनै पनि सामुदायिक विद्यालयले विद्यालयको सिफारिसमा सामूहिक रूपमा आएमा निःशुल्क प्रवेश दिइने व्यवस्था ल्याइएको छ । इन्फोटेक मेला अवधिभर कम्पनीहरुले आफ्ना नयाँ प्रडक्ट र सर्भिस आकर्षक योजनासहित प्रदर्शनीमा राख्ने छन् । साथै स्थानीय स्तरमा उत्पादन भएका सफ्टवेयर र अन्य प्रविधिको सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ । 

अपडेट

ओपो एफफाइभ ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक हुँदै

माघ २३, काठमाडौं । ओपोले विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । …

सकियो २४औं संस्करणको सुबिसु क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ ।…

२० बर्षको उपलक्ष्यमा डिजिकमको २० प्रतिशत छुटको घोषणा


चर्चित आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले …

प्रविधिको कुम्भ मेला इन्फोटेकमा अफरै अफर,  आज अन्तिम दिन


क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटो…