कीवर्डहरू -

अपडेट

इन्स्टाग्रामको नयाँ फिचर \'अडीयो र भिडियो कल\'

एन्ड्रोइड एप्लिकेसन प्याकेज (एपीके) मालिक भएको कोडमा इन्स्टाग्रामको  भिडियो कलिङ र अडीयो कलिङ फिचरको आइकन भेटिएसँगै फोटो तथा भिडियो सेयरिङ एप इन्स्टाग्रामले चाँडैनै भिडियो कलिङ र अडीयो कलिङ फिचरहरु भित्र्याउने संकेत प्राप्त भएको छ । एपीके फाइलमा एपले सार्वजनिक गर्न बाँकी रहेका फिचरहरु भेटिने गर्छ ।

युवा पुस्ता माझ निकै नै लोक प्रिय एप इन्स्टाग्रामले समय समयमा आफ्ना प्रयोगकर्ताहरुलाई एपमा बिभिन्न खाले सुबिधा प्रदान गर्दै आइरहेको छ । इन्स्टामा अहिले म्यासेजको सुबिधा उपलब्ध छ । भिडियो र अडीयो कल फिचर थपेपछि इन्स्टाग्रामले अहिले चल्तीमा  रहेका अधिकांश म्यसेजीङ एपको फिचर समेट्ने छ ।

स्न्यापच्याटमा जस्तै फोटो फिल्टर गर्ने फिचर समेत इन्स्टाग्राममा उपलब्ध छ यसकारण भिडियो र अडीयो कल फिचरको सुरुवात पछि इन्स्टाग्राम स्न्यापच्याटको भर्पर्दो विकल्प बन्नेछ । स्न्यापच्याटले सन् २०१४ मा नै भिडियो कलिङ फिचर सुरु गरेको थियो । गुगल प्ले स्टोर बाट इन्स्टाग्राम डाउनलोड गर्नेको संख्या एक बिलियन रहेको छ भने यसले रेटीङ  ४.५ प्राप्त गरेको छ ।

(कान्तिपुर दैनिक)

अपडेट

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…

समाचार पढ्न र रेडियो सुन्नको लागि \'संचार\' एप

नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु पढ्नका साथै पुर्व मेची देखि पश्चिम महाकाली सम्म अनलाईनमा उपलब्ध एफएम…

१० दिनसम्म चल्ने \'एप्रिकोट\'को औपचारिक उद्घाटन आज, २७१ जना बिदेशी बिज्ञहरुको सहभागिता