अपडेट
हाम्रो डक्टरको अनलाईन स्वास्थ्य सेवा संस्करण सुरु
हाम्रो डक्टर दोस्रो वर्ष पुरागरी तेस्रो वर्षमा प्रवेश गरेको छ । अस्पताल तथा चिकित्सकको विवरण र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले मोबाइल एप्लिकेशन र वेभसाइटका रुपमा हाम्रो डक्टर सन् २०१६ मा सुरु भएको थियो ।
स्वास्थ्य केन्द्रित मल्टिमिडियाका रुपमा निरन्तर समाचार , सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको हाम्रो डाक्टरले तेश्रो वर्ष प्रवेशसँगै आफ्नो समाचार संस्करणका अलावा अनलाईन स्वास्थ्य सेवा संस्करण पनि सुरु गरेको छ ।
समाचार , सूचना तथा सहजीकरणको साथै हाम्रो डक्टरले नेपालमै पहिलो पटक हाम्रो डक्टर डटकम र मोबाइल एप मार्फत अनलाइन स्वास्थ्य सेवा सुरु गरेको हेल्दीलाइफ फाउण्डेशनका अध्यक्ष एवं सिइओ उद्धवराज भेटुवालले जानकारी दिए ।
हाम्रो डक्टरको प्रयोगबाट प्रयोगकर्ताहरुले अनलाईन खाता बनाएर चिकित्सकहरु छानेर उनीहरुसँग सःशुल्क तथा निःशुल्क परामर्श लिन सक्नेछन् । त्यस्तै , अस्पतालका सेवा बूक गर्न सकिने , आफ्ना मेडिकल रिपोर्टहरु सुरक्षण गर्न सकिने , सेवाबापत अनलाईनबाटै पैसा तिर्न सकिने लगायत विशेषताहरु मोबाइल एप र वेभसाईट हाम्रो डक्टर डटकममा थपेको गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा हाम्रो डक्टरले आउँदो १५ दिन सम्म निःशुल्क चिकित्सकहरुसँग अनलाईन स्वास्थ्य सल्लाह लिन सकिने अफर समेत दिएको सिइओ भेटुवालले जानकारी दिए ।
‘ नयाँप्रविधिमार्फत हाम्रो डक्टरले सेवाग्राही र सेवाप्रदायक बीचको दूरी हटाउन मद्दत गर्ने हाम्रो विश्वास छ ’ उनले भने ‘ हाम्रो डक्टरको स्वास्थ्य सेवा लिनको लागि खल्ती अनलाइन पेमेन्ट मार्फत मोवाइल र बैंकबाट शुल्क तिर्न सक्छन् । ’
हाम्रो डक्टर पोर्टलमा अहिले करिब २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण सहित तीन सयभन्दा बढी अस्पतालको विवरण उपलब्ध छ । यो सँगै हाम्रो डक्टरको समाचार संस्करणहरु हाम्रो डक्टर न्यूज डटकमबाट प्रशारण आरम्भ भएको छ ।
अपडेट
नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न
सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्र्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ ।
श्री एच्.सी.होङ, अध्…
\'अपाङ्ग व्यक्तिका लागि सहज पहुँच र समावेशी आइसिटी\' विषयक प्रि-ह्याकथन कार्यक्रम सम्पन्न
अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि भन्ने विषयमा राजधानीमा २ दिने प्रि ह्याकथन इभेन्ट सम्पन्न भएको छ ।
…अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयोग्य र समावेशी आइसिटी विषयमा दुई दिने कार्यशाला सम्पन्न
“अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि” शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएक…
सार्क क्षेत्रको डिजिटल इकोसिस्टम तथा नवीन व्यापारबारे सम्मेलन तथा अवार्ड कार्यक्रम सम्पन्न
फ्रस्ट एण्ड सलीभनले आफ्नो “फ्लागसीप” सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एशियाली सम्मेलन २०१८ काठमाण्डौँ स्थित सोल्टी होटलमा भर्खरै सम्पन्न गरेको छ …
प्रसिद्ध भौतिकशास्त्री स्टीफन हकिङको ७६ वर्षको उमेरमा निधन
प्रख्यात भौतिकशास्त्री स्टीफन हकिङको निधन भएको छ । लामो समयदेखि शरीरको थुप्रै भाग नचल्ने रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमा निधन भएको हो ।
विश्…
आइटी विद्यार्थीलाई लक्षित गर्दै डियरवाकमा बिहिबार ‘जब फेयर’ हुने
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा काठमाडौंमा यही बिहीबार जब फेयर ( DWIT Job Fair) हुने …
सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा …
वन प्लसले आफ्नो सिस्टम अपग्रेड गर्यो
वान प्लस स्टार्ट अपले स्मर्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा.फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहि…