अपडेट
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय र अस्पतालहरुलाई नेपाल टेलिकमको सहयोग
नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ ।
कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक ÷ एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने कार्यक्रम अनुसार कोशी अञ्चल अस्पताल विराटनगर , नारायणी अञ्चल अस्पताल वीरगञ्ज , भक्तपुर क्यान्सर अस्पताल , भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५/२५ थान कम्बल उपलब्ध गराएको हो ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पनि छिट्टै कम्बल वितरण कार्यक्रम रहेको कम्पनिले जनाएको छ । यस्तै कम्पनीले उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ६ का अग्निपीडित स्थानीय बासिन्दालाई पनि हालै २५ थान कम्बल वितरण गरेको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले एक कार्यक्रमकाबीच भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेशनारायण श्रेष्ठलाई कम्बल हस्तान्तरण गरिन् । सो अवसरमा राजभण्डारीले कम्पनीले आगामी दिनमा सहयोगको दायरा अझ फराकिलो पार्न सकिने बताइन् ।
टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले भक्तपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय आईसीटी सेन्टरको शुभारम्भ गरिन् । उक्त सेन्टरका लागि कम्पनीले ५ थान कम्प्युटर , ५ थान वेब क्याम , ५ थान माइक्रो फोनसहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ ।
सो प्रयोजनका लागि १ लाइन वाइम्याक्स डाटा कनेक्सन , वाइफाई राउटर र ओडियू सेट समेत उपलब्ध गराउनुको साथै इन्टरनेट चलाउनका लागि दुई वर्षसम्म मासिक रुपमा ३० जीबी डाटा निःशुल्क उपलब्ध गराएको छ ।
अपडेट
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा, ग्रुप अन्तर्गत दर्जन बढी कम्पनि संचालनमा
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कल…
सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा
नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…
क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…
मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा
नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…
प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्…
राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?
नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्…