कीवर्डहरू -

अपडेट

एलजीले सार्वजनिक गर्यो नयाँ मोडलको स्मार्टफोन एलजी जी ७ थिनक्यू

विश्वप्रख्यात कम्पनी एलजीले नयाँ मोडलको स्मार्टफोन एलजी जी ७ थिनक्यू,विश्वबजारमा सार्वजनिक गरेको छ । अघिल्लो बर्षको एलजी जी ६ ले राम्रै सफलता पाएका कारण कम्पनीले एलजी जी ६ थिनक्यू बजारमा ल्याएको हो ।

यो,डिस्प्ले नच,लेटेस्ट जेनेरेसनको चिपसेट तथा नयाँ डुअल क्यामेरा सेटअपको साथमा बिल्कुलै नयाँ र ताजा डिजाइनमा आएको छ। यसमाथि पनि यो नयाँ फ्लागशिप मोडलमा लाउड स्पिकर,एलसीडीमा ब्राइट डिस्प्ले लगायत अन्य थुप्रै फिचरहरु समावेस छन् ।

यो नयाँ ह्यान्डसेटमा ६.१ इन्चको ठुलो आइपिएस एलसिडी डिस्प्ले छ र यसको रेजोलुसन ३१२० x १४४० (QHD+) छ । फोनमा आइपीएस एलसिडी प्रयोग गरिएको छ,जुन प्राय फ्लागशिप फोनहरुमा बिरलै प्रयोग हुन्छन् । यसको प्रयोगको बावजुत पनि यसको डिस्प्ले धेरै उज्यालो छ । यो डिस्प्ले सँगै एलजी जी ७ थिनक्यू अहिले सम्मकै तेज स्मार्टफोन बनेको छ ।

अघिल्लो बर्षको एलजी जी ६ मा क्वालकम स्नापड्रागन ८२१ प्रयोग भएको थियो जसलाई अपग्रेड गरेर यो स्मार्टफोनमा क्वालकम स्नापड्रागन ८४५ प्रोसेसर प्रयोग गरिएको छ । यसकारण फोनले  पहिलेको भन्दा धेरै छिटो र पावरफुल प्रस्तुती दिन्छ भन्ने आशा गर्न सकिन्छ ।

यो फोन ४ जीबी र्याम र ६ जीबी र्याम गरेर  दुईवटा संस्करणमा आएको छ र यसमा ६४ जीबीको इन्बिल्ट स्टोरेज छ,जसलाई ४०० जीबी सम्म बढाउँन सकिन्छ । त्यसैले फोनमा धेरै भन्दा धेरै एप्लिकेशनको प्रयोग गर्न र ठुला डाटाहरु डाउनलोड गर्नका लागि कुनै पनि सम्झौता गर्न पर्दैन् ।

यो फोनको रियरमा स्ट्यान्डर्ड एंगल क्यामेरा र वाइड एन्गल गरि डुअल क्यामेरा सेटअप रहेको छ । स्ट्यान्डर्ड एंगल क्यामेरामा १६ मेगापिक्सेल तथा ७१ डिग्री field-of-view र एफ/१.६ एपर्चर छ भने र वाइड एन्गल क्यामेरामा पनि १६ मिगपिक्सेल सेन्सर र १०७ डिग्री field-of-view र एफ/ १.९ एपर्चर छ । सेल्फी तथा भिडीयो च्याटका लागि भने एफ/१.९ एपर्चर सहितको ८ मेगापिक्सेल क्यामेरा रहेको छ ।

एलजीको यो सेटमा ब्याट्री पनि ३००० एमएएच क्यापसीटिको रहेको छ । यसले क्वीकचार्ज ३.० वायरलेस चार्जिंग सिस्टम सपोर्ट गर्छ । यसका साथै यसमा 32-bit Hi-Fi Quad DAC Boombox Speaker जस्ता  फिचरहरु समेत समावेस छन् ।

न्यु-योर्क शहरमा आयोजना भएको बिशेष कार्यक्रममा एलजीले उक्त LG G7 ThinQ सेट सार्वजनिक गरेको हो ।तर कम्पनीले यसको मूल्य कति रहने भन्ने बारेमा केहि जानकारी दिएको छैन। उक्त सेटको मूल्य रु १ हजार अमेरिकी हुन सक्ने अनुमान गरिएको छ ।

अपडेट

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …

के हो स्मार्ट सिटी ?

सोच्नुस् त त्यस्तो सहर, जहाँ जताततै हरियाली, सुन्दर र शान्त छ । हरेकसँग इन्टरनेट र विभिन्न किसिमका ग्याजेट छन् । अनि चौबिसै घन्टा बिजुली अनि खानेपानीको व्यव…

आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु

काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्च…