कीवर्डहरू -

अपडेट

वैशाखदेखि रारामा फ्रि वाइफाइ

कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।

रारा कर्णाली पर्यटन वर्ष २०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री विमला केसीले बताए।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउन तथा उनीहरूलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिए।

रारा कर्णाली पर्यटन वर्ष २०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले बताए।रासस

अपडेट

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा…

नेपाल मोबाईल वितरक संघमा दिनेश चुल्याद्योको अध्यक्षमा नयाँ कार्यसमिति

नेपाल मोबाईल वितरक संघको प्रथम राष्ट्रिय अधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । राजधानीमा सम्पन्न संघको अधिवेशनले नयाँ का…

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…