अपडेट
प्राईम आइटी क्लबद्वारा \'आइसिटी मिट-अप\'को पाचौ संस्करण आयोजना गरिदै
प्राईम कलेजका शिक्षक र विद्यार्थीहरु द्वारा संचालित प्राईम आइटी क्लबले यहि जेठ २६ र २७ गते शनिबार र आइतबारको दिन " बिल्डिंग अकेदेमिया फर स्मार्टर नेपाल " नामक शिर्षकमा यस वर्षको आइसिटी मिट-अप भी.५.० को आयोजना गर्ने भएको छ । उक्त्त कार्यक्रम बिगत ५ बर्षदेखि निरन्तर संचालन हुदै आएको छ ।
प्राईम कलेज, नयाँ बजार, काठमाडौँमा आयोजना हुने उक्त कार्यक्रम जेठ २६ मा औपचारिक रूपमा संचालन हुनेछ । दुई दिने कार्यक्रमको पहिलो दिन (जेठ २६) मा आर्टिफ़िसिअल इन्टेलिजेन्स, साइबर सुरक्षा, मार्केटिंग र उद्यमशिलातामा ध्यान केन्द्रित गर्नेछ र निम्न दोस्रो दिनमा क्यारियरको अवसर र प्रतियोगिताको लागि हाइलाइट गर्नेछ ।
यसले आइसिटी अभ्यासकर्ता, विकासकर्ता, आइटी विद्यार्थी तथा अन्य फ्रील्यांचर र आइटी कम्पनीहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो प्रतिभा, आइडिया र योजनाहरु प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।
यस वर्ष आयोजक टोलीले अन्तर्राष्ट्रिय तथा स्थानीय बजारमा नवीनतम प्रवृत्ति बनिरहेको व्यापार र प्रविधिको हाइब्रिड प्लेटफर्म प्रति विशेष ध्यान केन्द्रित गरेको छ ।
कार्यक्रमको प्राथमिक उद्देश्य शैक्षिक संस्था र उद्योगबीचको दूरीलाई हटाउँदै नेपाली बजारका उद्यमी, विकासकर्ता र विद्यार्थीहरुलाई आफ्नो परियोजना र कन्सेप्ट प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
शैक्षिक संस्था र उद्योगहरु बीचको अंतरलाई हटाउन केन्द्रित यस कार्यक्रमको मुख्य विषय भएको हुनाले टेक्निकल र व्यापार दुवै क्षेत्रका विद्यार्थीले यसबाट लाभ लिन सक्छन।
कर्यकरमका विभिन्न सत्रहरुमा व्यापार र प्रविधि दुवै क्षेत्रका विषयहरुलाई जोड्दै वक्ताहरूले वर्तमान प्रवृति र अर्थव्यवस्थाको परिदृश्यलाई प्रस्तुत गर्ने छन्, जसबाट सहभागीहरुले आफ्नो भविष्य र क्यारियर प्रति स्पष्ट र आश्वासित हुन सक्छन् ।
अपडेट
एआइयुक्त आधुनिक स्मार्ट फोन पि २० नेपालमा
स्मार्ट फोन पारखीहरूबीच बहुप्रतीक्षित स्मार्ट फोन हुवावे पि २० नेपाली बजारमा आएको छ ।
विश्वमै पहिलोपल्ट लेइका ड्युल क्यामेरा सहित बजारमा आएका हु…
ओपोको रियलमी १ अब चाँडै नेपाली बजारमा
इन्टरनेट सोसाइटी नेपाल च्याप्टर (आइसक नेपाल)मा सन्तोष सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । काठमाड…
माउण्ट अन्नपूर्ण क्याम्पसमा वर्डप्रेस सम्बन्धि कार्यशाला
वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस तथा ब्लगिङ्ग सम्बन्धि एक दिवसीय कार्यशाला माउण्ट अन्नपूर्ण क्याम्पस फूलबारी पोखरामा बिहीबार सम्पन्न भयो ।
कार्यशालामा व…
नोकियाको \'एक्स ६\' सार्वजनिक
विश्व च…