अपडेट
वल्र्डलिंकका ग्राहकलाई \'बुलगार्ड इन्टरनेट सेक्युरिटी\' निशुल्क
वल्र्डलिंक कम्युनिकेशनले इन्टरनेटमा नयाँ अफर सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक भएको नयाँ अफरमा वल्र्डलिंकका नयाँ इन्टरनेट ग्राहकले बुलगार्ड इन्टरनेट सेक्युरिटी निशुल्क प्राप्त गर्नेछन ।
इन्टरनेट ब्राउजिङ थप सुरक्षित र भरपर्दो बनाउन कम्पनीले युरोपको लोकप्रिय इन्टरनेट सेक्युरिटी प्रडक्ट बुलगार्डसँग सहकार्य गरेको छ । नेपालमा फाल्कन इन्टरनेशनलले बुलगार्डका एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु केहि समयदेखि बजारमा उपलब्ध गराउदै आएको छ ।
इन्टरनेट प्रयोगकर्तालाइ थप सेवा र सुविधा दिदै आक्रामक बजारमा अघि बढिरहेको वल्र्डलिंकले पछिल्लो समय इन्टरनेट सेक्युरिटी डिभाइस निशुल्क गरेको हो । नयाँ इन्टरनेट जोड्ने वा रिन्यु गर्ने ग्राहकहरुले अब बुलगार्डको एक वर्षसम्म प्रयोग गर्न मिल्ने इन्टरनेट सेक्युरिटी निशुल्क प्रदान गर्ने भएको हो ।
बुलगार्ड इन्टरनेट सेक्युरिटी युरोपको लोकप्रिय उच्चस्तरिय भाइरस प्रोटेक्सन तथा सेक्युरिटी प्रडक्ट हो, जसलाइ बजारमा १५ सयको हाराहारीमा पर्दछ । विन्डोज, म्याक र एन्ड्रोइडमा समेत प्रयोग गर्न सकिने प्रडक्ट वल्र्डलिंकका ग्राहकलाइ निशुल्क प्रदान गरिएको फाल्कन इन्टरनेशनलका जेनेरल म्यानेजर अनिल महर्जनले जानकारी दिए । यो स्किम बुधवारदेखि नेपालभरी लागु गरिएको वल्र्डलिंकले जनाएको छ । सुरुमा १ लाख ग्राहकहरुलाई बुलगार्ड निशुल्क दिने कम्पनीले घोषणा गरेको छ ।
अपडेट
ललितपुरमा विद्युतीय बस र स्मार्ट सडकबत्ती सुरु हुँदै
काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ । सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्न…
ब्रिटिस ग्रुप अन्तर–संसदीय संघले गर्यो द ब्रिटिस कलेजको अवलोकन
ब्रिटिस ग्रुपअन्तर–संसदीय संघ (बीजीआईपीयु) का प्रतिष्ठित ९ सदस्यहरुले थापाथली स्थित रहेको ब्रिटिस कलेजको अवलोकन गरेका छन् । ब्रिटिस ग्रुपअन्तर&nda…
काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने
इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।
<…रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला
एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …
दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा
विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…
बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि
भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…
सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने
नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…