अपडेट
नेपालमा १९ प्रतिशत अपाङ्गता भएका व्यक्ति इन्टरनेटबारे जानकार
काठमाडौं । नेपालमा १८ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले सहजिकरण यन्त्रहरु ((एस्सिस्टभ टुल)) प्रयोग गर्ने गरेको र त्यसमा पनि दुई तिहाई व्यक्तिले मात्र चल सहयोग (मोबिलिटी एस्सिस्टभ) उपकरण (जस्तै ह्विल चियर) प्रयोग गर्ने गरेको पाइएको छ ।
श्रीलंकास्थित सूचना तथा सञ्चारसम्बन्धी प्रबुद्ध समूहको संस्था लर्न एसिया तथा नेपालमा सूचना तथा प्रविधि नीति तथा कानुनको क्षेत्रमा कार्यरत सेन्टर फर ल एण्ड टेक्नोलोजी प्रा.लि. एवं इन्टरनेट सोसाईटी नेपालले संयुक्त रुपमा गरेको सर्वेक्षणमा उक्त नतिजा पाइएको हाे ।
उक्त सर्वेक्षणअनुसार नेपालका दृष्टिविहीन व्यक्तिहरुमध्ये ३९ प्रतिशतले कुनै न कुनै प्रकारको सहजिकरणका सुविधाहरु प्रयोग गर्ने, २८ प्रतिशतले आवाजमा आधारित ( Voice ) को प्रयोग गर्ने र २२ प्रतिशतले चुम्बकीय ( magnification ) को प्रयोग गर्ने पाईएको छ ।
सर्वेक्षणअनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुमध्ये केवल १९ प्रतिशतलाई मात्र इन्टरनेटको बारेमा थाहा भएको र त्यसमध्ये पनि मात्र तीन प्रतिशत व्यक्तिले दूरसञ्चार कम्पनीहरुले उपलब्ध गराएका विशेष सुविधाहरु लिने गरेको अनुसन्धानमा पाइएको छ ।
आफ्टर एक्सेस शीर्षकमा भएको सर्वेक्षणमा नेपालमा अपांगता भएको व्यक्तिहरुले सार्वजनिक रुपमा उपलब्ध भएका सामाग्रीहरुको पनि प्रयोग नगर्नुको साथै मोबाईल तथा इन्टरनेट नेटवर्कको समस्याले समेत त्यस्ता सामग्री प्रयोग गर्न नसकिएको निश्कर्ष निकालिएको छ ।
काठमाडौमा सम्पन्न २ दिने नेपाल ईन्टरनेट गभर्नेन्स फोरमको दोस्रो दिन “अपाङ्गता भएकालाई सहजताकोलागि नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सुचना प्रविधमा पहुँच र प्रयोग“ नामक कार्यशालामा सार्वजनिक गरिएको अनुसन्धान श्रीलंकास्थित सूचना तथा सञ्चार सम्बन्धी प्रवुद्ध समुहको संस्था लर्न एसियाले उक्त अनुसन्धान सार्वजनिक गरेको थियो ।
उक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपालका पूर्वअध्यक्ष डा. विरेन्द्रराज पोखरेलले अपाङ्गता भएका व्यक्तिको माझ हुने समस्यामा - 3A _ Adaptability, Affordability / Access लाई जोड दिदै अपाङ्गता विभिन्न किसिमको हुने भएकाले सबैलाई समावेश गरेर सूचना प्रविधि सम्बन्धी औजार (टुल्स) विकास गर्नु पर्ने बताए ।
यसका साथै इन्टरनेट प्रयोगको क्रममा आउने क्याप्चा पनि अपाङ्गतामैत्री नभएको बताए। उक्त सर्वेक्षण सार्वजनिक कार्यक्रमा यसअघि अपांगता भएको व्यक्तिले प्रयोग गर्ने एप बनाउने सम्बन्धमा संचालित ह्याकाथनका बिजेता टिम “मेरो साथी“का डेभलपर सिचु श्रेष्ठ, रुजेन श्रेष्ठ, विद्या रिमाल र पृथिका सुवालले विकास गरेको मोबाईल एप र अर्को “भाषा बड्डी“ नामको एप प्रदर्शन गरिएको थियो ।
उक्त एपहरु अपाङ्गता भएका व्यक्तिहरुको दैनीकी सहजिकरण गर्ने लक्ष्यले बनाइएका हुन् । आफ्टर ऐक्सेस सर्वेक्षणलाई उद्घृत गर्दै, डेभलपर सिचु श्रेष्ठल भनिन्, ‘नेपालमा अपाङ्गता भएका व्यक्तिलाई ठूलो चुनैती पहुँचमा रहेको र एप डेभलप गर्दा आफूलाई अपाङ्गता भएका व्यक्तिको स्थानमा राखेर बनाएका हौं ।’
उक्त कार्यक्रममा बोल्दै अपाङ्गता अधिकारका लागि महिला समूहकी अध्यक्ष सुस्मिरा अर्यालले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिहरुमाझ सूचना प्रविधिको पहुँच कम छँदैछ, तर त्यसमा पनि अपाङ्गता भइका महिलाहरु अझ बढी जोखिममा रहेको र त्यसमा पनि बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि सुचना प्रविधि खासगरी सामाजिक सञ्जाल एउटा चनौती नै भएको छ ।
त्यस्तै इन्टरनेट सोसाईटी नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष रोमकान्त पाण्डेले भने, ‘अपाङ्गता भएका व्यक्तिभित्र पनि विविधता हुन्छ र सबैलाई एउटै वर्गमा राखेर हेर्न मिल्दैन । फरक किसिमबाट अपाङ्गता भएका व्यक्तिलाई फरक किसिमको सहायता चाहिन सक्छ । यस कुरालाई ध्यानमा राखी सूचना प्रविधिको विकास गर्नुपर्छ ।’
प्रतिवेदन नेपालमा अपांगता भएका व्यक्ति र सूचना प्रविधिको सम्बन्धमा महत्वपूर्ण भएको र यसबाट सम्बन्धित नीति निर्माताको लागि महत्वपूर्ण प्रस्थान विन्दु हुन सक्ने डा. समराजिवाले बताए ।
नेपालमा ७ प्रदेशका १ सय वडाहरुका २ हजार घरपरिवार तथा व्यक्तिहरुसम्म पुगेर यो सर्वेक्षण गरिएको थियो । नमुना संकलन विधि अपनाउदा १५ देखि ६५ उमेर समूहका देशभरीका मानिसहरुलाई लक्षित समूह मानी नमूना संकलन गरिएको थियो ।
अपडेट
दोस्रो पटक दाङमा “डेभफेष्ट २०१८” आयोजना हुदै
यही २०७५ साल कार्तिक २५ गते आईतबार दाङमा डेभफेष्ट २०१८ हुने भएको छ । यो इभेन्टलाई गुगल डेभलबरसको कम्यूनिटिमा ठूलो इभेन्को रुपमा लिइन्छ ।
आजदेखि काठमाडौंमा ‘नेपाल आइजिएफ २०१८’ हुँदै
काठमाडौंमा डिजिटल उपभोक्ता अधिकार सम्मेलन हुने भएको छ ।
सेवा नेपालले हरेक …
किन घट्दैछन् ट्वीटरका प्रयोगकर्ता ? ३ महिनामै ९० लाख प्रयोगकर्ता घटे
सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्ता घट्ने क्रम रोकिएको छैन । माइक्रोब्लगिङ साइटका रुपमा लोकप्रिय ट्वीटरमा पछिल्लो ३ महिनामा मात्रै ९० लाख एकाउन्ट घटेका छन् । …
सिटीसी मलमा मोबाइल मेला, ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने
काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…
सिटीसी मोबाइल हबमा \'तिहार धमाका मोबाइल मेला\', ६० प्रतिशतसम्म छुट, किस्ताबन्दीमा मोबाइल किन्न पाइने
काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नय…
नेपाल टेलिकमले ल्यायो अटम अफर, जान्नुहोस टेलिकमका २२ विभिन्न प्याक र अफर
नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (
ह्वावेको दशै अफर, प्रत्येक घण्टा लक्की ड्रमा उपहार
असोज २५, काठमाण्डौं– विश्वकै सर्वोत्कृष्ट स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट…
मंसिरमा “थ्रेट कन २०१८” सम्मेलन आयोजना हुदै
नेपालमा साइबर सेक्युरिटी सम्वन्धी एक अन्तराष्ट्रिय सम्मेलन 'थ्रेट कन २०१८' हुन गइरहेको छ । मसिंर पहिलो हप्ता होटल अन्नपुर्णमा आयोजना हुने कार्यक्रममा गुगल, क्…
‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानीका लागि सम्झौता
‘सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर …
गेटबक्सको \'भर्चुवल होम रोबट\' अब बिशेष छुटमा उपलब्ध हुने
जापनिज कम्पनी ‘गेटबक्स आइन्सी’ले निर्माण गरेको ‘गेटबक्स भर्चुअल असिस्टेन्ट’ विश्वको पहिलो भर्चुअल होम रोबट हो । उक्त कम्पनीले ए.आइ होम…
वर्षैपछि माइक्रोम्याक्सले ल्यायो सस्तो स्मार्टफोन Q4002 BOLT 4
माइक्रोम्याक्सले धेरै समयपछि एउटा सस्तो मुल्यको स्मार्टफोन बजारमा ल्याएको छ । त्तद्धण्ण्द्द द्यइीत् द्ध
बजारमा ल्याएको कम्पनीले ग्राहकलाई १२ हप्तासम्म २५० ए…