कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमले सार्बजनिक गर्यो डेटा र भ्याइस प्याकको दशैं अफर

नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ ः

१. अनलिमिटेड प्याक ः यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रु. ६००।– मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रु. ३००।– मा समेत उपलब्ध हुनेछ ।

सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम WOW Time र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ ।

२. भ्वाइस प्याक ः यस अन्तर्गत रु. ६।– मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

३. डाटा प्याक ः यस अन्तर्गत ३६ एमबी डाटा रु. ६।– मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ ।

उपरोक्त अफरहरु यही  असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ ।

अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि प्याकेज खरिद गर्न सकिन्छ । त \"\" ्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

४. रिचार्जमा बोनस ः आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज ERC वा एमपोस ( MPoS) बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ ।

रु. १००।– र २००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रु. १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

अपडेट

नेपालमा पहिलोपटक \'अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म\' सुरु 

साना, मझौंला  र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम 'सक्षम' सँगको साझेदारीम…

डिजेआइका ड्रोनहरु नेपालमा, अनलाइन मार्फत खरिद गर्न सकिने

ड्रोन उत्पादक कम्पनी डिजेआइको अधिकृत विक्रेता आइएमएस ग्रुपले ड्रोन विक्री सुरु गरेको छ। कम्पनीले माभिक टु जुम, स्पार्क कन्ट्रोलर कम्बो ह्वाइट, माभीक एयर ब्ल्याक, …

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला हुँदै, मोबाइल खरिदमा ६० प्रतिशतसम्मको छुट

काठमाडौंको मुख्य व्यापारीक केन्द्र पाको न्यूरोडमा अवस्थित ताम्राकार कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर दशैं मोबाइल मेला आयोजना गर्ने भए…

ओपोद्वारा दशैँ र तिहार लक्षित ‘बेष्टदशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपालीमहान चाड वडा दशैँ र तिहार लक्षित ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेनको घोषणा गरेको छ । ओपो ब्राण्डका कुनैपनिफोनको…

लर्नर टु लिडर –प्रेसिडेन्सीयल सिटेसनको यात्रा

डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस संचारको लागि खुल्ला विश्वविद्यालय हो  । जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन् । फलस्वरुप २०१८ अगस्…

आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

वेब एशोसिएसन नेपालको आयोजनामा आइटी स्टार्टअपहरुको चुनौती र सम्भावना विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार काठमाडौंको होटल हार्दिकम…

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु 

आफ्ना आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो …

नेपालमा ७२ प्रतिशत मोबाइल प्रयोगकर्ता, ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने 


नेपालमा मोबाइको पहुँचबारे गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतले मोबाइल फोन प्रयोग गर्ने अध्ययनले देखाएको…

नेपाली भाषामा भर्चुअल नेपाली कक्षाको सुरु

यही २०७५ असोज १७ गते भर्चुअल नेपाली भाषा कक्षाको उदघाटन भएको छ । यस कार्यक्रम कुइक सिल्भर एनोभेसन र ग्लोबल नेपाल आइसिटी कंसोर्टियमको सहकार्यमा भएको थियो ।…

गोप्रो हिरो ७ अब नेपाली बजारमा

गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताको लागी नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तिन वटा भर्जनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक र गोप्रो …

वेब एसोसिएसनले \'स्टार्टअपका चुनौती र सम्भावना\' विषयमा कार्यक्रम गर्दै

वेव एसोसिएसन नेपालले वेब स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम आयोजना गर्दैछ । अहि शनिवार होटल हार्दिकमा आयोजना हुने कार्यक्रममा विभि…

सिएसआटि एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

सिएसआटि एसोसिएसनअफ नेपालको ७ औँ वार्षिक साधारण सभा यहि मिति २०७५ असोज १७ गते IIMS कलेज पुतलीसडकमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षीक क…

“फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिन \'ओपन हाउस\' संचालन हुदै

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…