अपडेट
मोबाइल वर्ल्ड कंग्रेसमा डुअल रियर क्यामेरा सहितको नोकिया ७ प्लस लन्च
मोबाइल वर्ल्ड कांग्रेस इभेन्टमा नोकियाले आफ्नो नयाँ स्मार्टफोन नोकिया ७ प्लस सार्वजनिक गरेको छ । कम्पनिले उक्त नयाँ फोनको लगभग नेपाली मूल्य रु ५१ हजार ८ सय बराबरको बजार मूल्य तोकेको छ । कम्पनिले यो फोन अप्रिलमा उपलब्ध गराउने जनाएको छ । फोन ब्ल्याक,कपर व्हाइट तथा कापर कलर भेरिएन्टमा उपलब्ध हुने छ ।
नोकिया ७ प्लसमा ६ इन्चको फुलएचडी फुलभ्यु डिस्प्ले राखिएको छ र यसको स्क्रिन १८:९ एस्पेक्ट रेसिओमा छ । फोनमा ओक्टाकोर क्वालकम स्न्यापड्रागन ६६० एसओसीको प्रोसेसरको साथमा LPDDR4 को ४ जीबी र्याम रहेको छ । साथै इन्टरनल स्टोरेज ६४ जीबी र त्यसलाई एसडी कार्डको मद्दतले २५६ जीबी सम्म बढाउन सकिन्छ ।
नोकिया ७ प्लसको आकर्षणनै यसको क्यामेरा हो । यसमा डुअल रिअर क्यामेरा दिइएको छ । १२ एमपीको वाइड एंगल प्राइमरी क्यामेरा र १३ एमपीको २ एक्स अप्टिकल जुम सहितको क्यामेरा रहेको छ ।यसको डुअल क्यामेरामा डुअल टोन एलइडी फ्ल्यास र ZEISS अप्टिक्सको साथमा आउँछ । डुअल फ्ल्यासको सहायताले डीम लाइटमा पनि प्रकाश सन्तुलनमा राखी उत्कृष्ट फोटो खिच्न सकिन्छ ।
फ्रन्ट क्यामेराको कुरा गर्दा यसमा १६ मेगा पिक्सेलको फिक्स्ड फोकस फ्रन्ट क्यामेरा दिईएको छ । यसले उच्च गुणस्तरको सेल्फी लिन सकिन्छ । नोकिया ७ प्लसमा उत्कृष्ट फोटोका लागि सम्झौता गर्न पर्दैन् । यसका साथै नोकियाको यो नयाँ फोन गुगल द्वारा भर्खरै निकालिएको नयाँ ओरियो एन्ड्रोइड भर्जनमा चल्छ । यसमा ३८०० एमएएचको पावरफुल ब्याट्री रहेको कारण दुइ दिन सम्म यो फोनको चार्ज रहन्छ। र आराम सँग फोटो भिडियो तथा बिभिन्न एप्लिकेशनहरु यसमा चलाउन सकिन्छ ।
अपडेट
ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाइ्र्र्र पुरस्कार
ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको
काठमाडौँमा एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन (एप्रिकोट)
एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना सुरु भएको छ । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए)…
ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल
बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्ट…
पोखरामा डिजिकम क्यान इन्फोटेक : कसले के भन्छन् ?
प्रविधिलाई स्थानीयस्तारमा विस्तार गर्न क्यान इन्फोटेकले सहयोग गरेको छ
सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'
कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…