कीवर्डहरू -

काठमाडौंमा AWS re:Invent 2026 वाच पार्टी, क्लाउड र एआई प्रविधिबारे छलफल हुने

काठमाडौंमा AWS re:Invent 2026 वाच पार्टी, क्लाउड र एआई प्रविधिबारे छलफल हुने

काठमाडौं । विश्वको प्रमुख क्लाउड कम्प्युटिङ तथा प्रविधि सम्मेलन AWS re:Invent 2026  नेपालमा पनि आयोजना हुने भएको छ । नेपालका AWS प्रयोगकर्ता तथा प्रविधि समुदायलाई लक्षित गर्दै आगामी डिसेम्बर ४ मा काठमाडौंमा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा AWS re:Invent 2026 मा सार्वजनिक हुने प्रमुख घोषणा, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी दिइनेछ । साथै, नयाँ प्रविधिले डेभलपर तथा निर्माणकर्ताका लागि ल्याउने अवसर र सम्भावनाबारे विज्ञहरूले प्रस्तुति दिनेछन् ।

कार्यक्रममा सहभागीहरूले विभिन्न प्रविधिबारे व्यावहारिक अभ्यास (ह्यान्ड्स अन सेसन) गर्ने अवसर समेत पाउनेछन् । यसका साथै AWS तथा क्लाउड प्रविधिमा रुचि राख्ने विद्यार्थी, पेसाकर्मी, सुरुवाती प्रयोगकर्ता र अनुभवी डेभलपरबीच अनुभव आदानप्रदान तथा नेटवर्किङ गर्ने अवसर उपलब्ध हुनेछ ।

अमेरिकाको लस भेगासमा आयोजना हुने AWS re:Invent सम्मेलनमा प्रत्यक्ष सहभागी हुन नसक्ने नेपाली प्रविधि क्षेत्रका व्यक्तिहरूलाई पनि सम्मेलनका नवीनतम घोषणा र प्रविधिबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा वाच पार्टी आयोजना गर्न लागिएको हो ।

आयोजकका अनुसार कार्यक्रममा सहभागिता नि:शुल्क रहनेछ । तर, सिट संख्या सीमित भएकाले इच्छुकले अग्रिम दर्ता गर्नुपर्नेछ । कार्यक्रममा सहभागी हुन इच्छुकले Meetup मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।

दर्ता लिंक: https://www.meetup.com/women-awsugnepal/events/317120127/