कीवर्डहरू -

नेपाल-जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक

नेपाल-जापान फेस्टिभल २०२६ मा यामाहा XSR 155 को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक

काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा दरबारमार्गमा आयोजित नेपाल-जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा XSR 155 को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ ।

नेपाल-जापानबीचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै अवसरमा जोड्ने कार्यक्रम बनेको यामाहा नेपालले जनाएकाे छ । कम्पनीका अनुसार नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य रु ५,६४,९०० निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो ।

यससँगै यामाहा XSR 155 अब खरानी-हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ, जसले ग्राहकलाई आफ्नो रुचि र व्यक्तित्वअनुसार छनोट गर्ने थप अवसर प्रदान गर्नेछ ।

"Built on Legacy Driven by Performance" भन्ने ब्रान्ड दर्शनअनुरूप यामाहाले आफ्नो विरासत, उत्कृष्ट शिल्पकला, प्रविधिगत नवप्रवर्तन र आधुनिक कार्यसम्पादनलाई निरन्तर अघि बढाउँदै आएको छ ।

कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्वबारे बाेल्दै सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई समेत स्मरण गरे ।

उनले प्रविधि, पूर्वाधार तथा विकासका विभिन्न क्षेत्रमा जापानले नेपाललाई पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै यामाहालाई जापानी इन्जिनियरिङ र नवप्रवर्तनको प्रतीकका रूपमा उल्लेख गरे ।

एमएडब्लु ग्रुप नेपाली ग्राहकसमक्ष जापानी प्रविधि र गुणस्तर उपलब्ध गराउन प्रतिबद्ध रहेको अग्रवालकाे भनाइ छ ऽ  यामाहा XSR 155 ले जापानी विरासत, आधुनिक प्रविधि र उत्कृष्ट कार्यसम्पादनलाई एकैसाथ प्रस्तुत गर्ने उनले बताए ।

फेस्टिभलमा प्रस्तुत परम्परागत जापानी कोटो संगीत, ताइको ड्रमिङ, जापानी क्यालिग्राफी, कस्प्ले तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।

यी प्रस्तुतिहरूले जापानको समृद्ध सांस्कृतिक पहिचानलाई झल्काउनुका साथै यामाहाको जापानी विरासत, शिल्पकला र पहिचानसँग पनि सुन्दर सम्बन्ध स्थापित गरेका थिए । विशिष्ट रेट्रो डिजाइन र आधुनिक इन्जिनियरिङको संयोजन रहेको यामाहा XSR 155 ले क्लासिक डिजाइनको आकर्षणलाई आधुनिक कार्यसम्पादनसँग जोडेको छ ।

यसमा Variable Valve Actuation (VVA) इन्जिन, Delta Box Frame, ६-स्पिड ट्रान्समिसन र Traction Control System जस्ता विशेषताहरू रहेका छन्, जसले उत्कृष्ट कार्यसम्पादन, स्थिरता र नियन्त्रण प्रदान गर्न मद्दत गर्छन् । नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको आगमनसँगै ग्राहकले आफ्नो व्यक्तिगत शैली र रुचिअनुसार थप विकल्प पाउनेछन् ।