काठमाडौं । नेपालमा चाडपर्वको समय नजिकिँदै गर्दा डिजिटल भुक्तानी र अनलाइन कारोबारमा तीव्र वृद्धि हुने गरेको छ । तर, यही अवसरको फाइदा उठाउँदै साइबर अपराधीहरूले आफ्ना गतिविधि बढाउने जोखिम पनि उत्तिकै रहन्छ ।
यसै सन्दर्भमा इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (npCERT) ले साईबर सेक्यूरिटी एडभाईजरी २०२६ जारी गर्दै बैंकिङ क्षेत्र, भुक्तानी सेवा प्रदायक र आम उपभोक्ताहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
npCERT द्वारा जारी साईबर सेक्यूरिटी एडभाईजरी २०२६ (npCERT/2026-2027) अनुसार चाडपर्वमा वित्तीय प्रणाली तथा व्यक्तिगत खाताहरू लक्षित गरी फिसिङ (Phishing), र्यान्समवेयर (Ransomware), र DDoS (Distributed Denial of Service) जस्ता घातक साइबर आक्रमणहरू हुन सक्ने तीव्र सम्भावना छ ।
वित्तीय संस्था र भुक्तानी गेटवेका लागि ५ मुख्य सुरक्षा मापदण्ड
npCERT को साईबर सेक्यूरिटी एडभाईजरी २०२६ ले बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (PSO), र डिजिटल वित्तीय एप सेवा प्रदायकहरूका लागि ५ वटा प्राविधिक सुरक्षा उपाय अपनाउन जोड दिएको छ:
२४/७ सेक्युरिटी निगरानी (24/7 SOC Monitoring): अनलाइन कारोबार तथा प्रणालीमा हुन सक्ने शंकास्पद गतिविधि तत्काल पहिचान गर्न चौबीसै घण्टा सेक्युरिटी अपरेसन सेन्टर (SOC) सक्रिय राख्नुपर्ने ।
फिसिङ र इमेल फिल्टरिङ (Phishing Protection): चाडपर्वको छुट, अफर, वा उपहारको नाममा आउने फेक इमेल र म्यासेजहरू संस्थागत प्रणालीमा प्रवेश गर्न नदिन कडा फिल्टरिङ लागू गर्ने ।
सिस्टम र एप अपडेट (Patch Management & RASP): सर्भर, VPN, र मोबाइल बैंकिङ एपहरूमा समयमै सेक्युरिटी प्याच (Security Patch) र Runtime Application Self-Protection (RASP) प्रविधि जडान गरी अद्यावधिक गर्ने ।
DDoS सुरक्षा र अफलाइन ब्याकअप (Anti-DDoS & Air-gapped Backups): सेवा अबरुद्ध पार्ने DDoS आक्रमण रोक्न ISP सँग समन्वय गरी एन्टि-DDoS प्रणाली सक्रिय गर्ने र मुख्य डेटाको सुरक्षित अफलाइन (Air-gapped) ब्याकअप राख्ने ।
ठगी नियन्त्रण र अनुगमन (Fraud Surveillance): अस्वाभाविक वा उच्च रकमको कारोबारलाई स्वचालित रूपमा ट्र्याक गर्ने र शंकास्पद गतिविधि देखिएमा तुरुन्तै खाता रोक्ने वा एक्सन लिने ।
आम उपभोक्ताका लागि ३ महत्त्वपूर्ण साइबर सुरक्षा टिप्स
साईबर सेक्यूरिटी एडभाईजरी २०२६ ले सर्वसाधारण उपभोक्ताहरूलाई चाडपर्वमा वित्तीय ठगीबाट बच्न निम्न ३ मुख्य सतर्कता अपनाउन सुझाव दिएको छ:
झुटा अफर, उपहार र चिठ्ठाबाट सावधान रहनुहोस्: सामाजिक सञ्जाल, SMS, वा WhatsApp मा आउने “क्यासब्याक”, “उपहार”, वा “चिठ्ठा परेको” जस्ता आकर्षक लिङ्कमा झुक्किएर पनि क्लिक नगर्नुहोस् ।
OTP, PIN र पासवर्ड गोप्य राख्नुहोस्: कुनै पनि बैंक वा डिजिटल वालेट (eSewa, Khalti, आदि) ले फोन वा म्यासेजमार्फत OTP (One-Time Password), PIN वा पासवर्ड माग्दैनन्। यी विवरण कसैसँग सेयर नगर्नुहोस् ।
सार्वजनिक Wi-Fi मा बैंकिङ कारोबार नगर्नुहोस्: बसपार्क, क्याफे, वा सार्वजनिक स्थानमा उपलब्ध खुला Wi-Fi प्रयोग गरेर मोबाइल बैंकिङ वा अनलाइन भुक्तानी नगर्नुहोस् ।
उदीयमान प्रविधि, डिजिटल नीति, र विज्ञान-आधारित सुशासनका क्षेत्रमा क्रियाशील प्रमुख थिङ्क ट्याङ्क ‘सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेशन’ (CSRI Nepal) द्वारा समर्थित npCERT को आधिकारिक साइबर सुरक्षा सल्लाह (npCERT/2026-2027) बारे जानकारी लिनुहोस् ।
चाडपर्वको समयमा नेपालका बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली प्रदायक र आम उपभोक्ताहरूलाई फिसिङ, DDoS आक्रमण र डिजिटल ठगीबाट जोगिन आवश्यक प्रमुख सुरक्षा उपायहरू ।
साइबर ठगी वा घटना भएमा कहाँ सम्पर्क गर्ने ?
यदि तपाईं कुनै शंकास्पद अनलाइन गतिविधि, फिसिङ म्यासेज, वा बैंकिङ ठगीको शिकार हुनुभयो भने तुरुन्तै आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी खाता ब्लक गराउनुहोस् । साथै, घटनाको विवरण नेपाल प्रहरीको साइबर ब्यूरोमा दर्ता गराउन साईबर सेक्यूरिटी एडभाईजरी २०२६ मार्फत आग्रह गरिएको छ ।
आईसीटी समाचार