काठमाडौं । तिहार र छठको उल्लासमय तयारीमा जुटिरहेका बेला परिवारसँगको जमघट, उपहारको आदानप्रदान, झिलिमिली घर र आत्मीय परम्पराले भरिएको यस पर्वको मौसमलाई अझ विशेष बनाउन दराज नेपालले “द बिग बोस इज ब्याक” भन्ने मूल नारासहित दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” ल्याउँदैछ ।
नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुने यस अभियानले देशभरका उपभोक्तालाई उत्सवमय अनलाइन किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्नेछ । यसअन्तर्गत ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, विभिन्न सामग्री तथा श्रेणीमा नि:शुल्क डेलिभरी र थाइल्यान्ड भ्रमण जित्ने अवसरसहितका रोमाञ्चक उपहार उपलब्ध हुनेछन् ।
घरलाई नयाँ रूप दिनेदेखि चाडपर्वका लागि उपयुक्त पहिरन छनोट गर्ने र दाजुभाइ, दिदीबहिनी, परिवार तथा साथीभाइका लागि उपहार किन्ने समय पनि हो यो । तिहारमा उज्यालो, सम्बन्ध र समृद्धिको उत्सव मनाइन्छ भने छठमा आस्था, भक्ति र परम्परालाई विशेष महत्त्व दिइन्छ ।
यी पर्वको तयारीमा उपभोक्तालाई सहजता प्रदान गर्दै खर्चको अधिकतम सदुपयोग गर्न सघाउने उद्देश्यले दराज ११.११ ले अग्रणी ब्रान्ड, आकर्षक छुट र अनलाइन किनमेलको सुविधालाई एकै ठाउँमा ल्याएको छ ।
अग्रणी ब्रान्डका आकर्षक छुट
अभियानभर विभिन्न सामाग्री, श्रेणी र साझेदार ब्रान्डका सीमित समयका विशेष अफरहरू दैनिक फ्ल्यास सेलमार्फत उपलब्ध हुनेछन् । दराजका प्लाटिनम साझेदारहरू रोह्टो, होनासा, मसलब्लेज, एन्कर, अल्टिमा लाइफस्टाइल, पिलग्रिम, पीसेफ र लभफेस ब्युटीले ७० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन् ।
त्यसैगरी, गोल्ड साझेदारहरू ब्रान्डहाउस, प्याम्पर्स, वेदान्त र युनिलिभरले पनि ७० प्रतिशतसम्मको छुट ल्याउनेछन् । सिल्भर साझेदारहरू फ्यान्टेक, एम्परस्यान्ड, ब्रान्डहाउस फेसन, अस्टावुल्फ, माटो नेपाल, जेबीएल र गोल्डस्टारले भने ८० प्रतिशतसम्मको छुट उपलब्ध गराउनेछन् ।
उपभोक्तालाई आफ्ना मनपर्ने सामग्री तथा ब्रान्डका आकर्षक अफर खोज्न थप अवसर प्रदान गर्न अभियानमा विभिन्न विशेष किनमेल कार्यक्रमसमेत समावेश गरिएका छन् । यसको सुरुवात नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर २ बिहान २ बजेसम्म सञ्चालन हुने क्रस क्याटेगोरी ब्रान्ड रश आवरबाट हुनेछ, जसमा विभिन्न श्रेणीका विशेष अफर उपलब्ध हुनेछन् । त्यसपछि नोभेम्बर २ बिहान ११ बजेदेखि क्रेजी प्राइस ड्रप सुरु हुनेछ, जहाँ विशेष रूपमा छनोट गरिएका सामग्री आकर्षक मूल्यमा खरिद गर्न सकिनेछ ।
नोभेम्बर ३ देखि ८ सम्म उपभोक्ताले हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म फरक–फरक विषयमा आधारित ब्रान्ड रश आवरको आनन्द लिन सक्नेछन् । यसअन्तर्गत नोभेम्बर ३ मा इलेक्ट्रोनिक्स ट्युजडे, नोभेम्बर ४ मा लाइफस्टाइल वेन्सडे, नोभेम्बर ५ मा एफएमसीजी थर्सडे, नोभेम्बर ६ मा दराज च्वाइस फ्राइडे, नोभेम्बर ७ मा फेसन स्याटरडे र नोभेम्बर ८ मा न्यू अराइभल्स सन्डे सञ्चालन हुनेछन् ।
सीमित समयका यी विशेष कार्यक्रमले प्रमुख किनमेल श्रेणीका अफरलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछन्, जसले उपभोक्तालाई चाडपर्वको तयारीका लागि आवश्यक सामान छनोट गर्न सहज बनाउनेछ ।
अनलाइन किनमेललाई अझ उत्सवमय बनाउन छनोट गरिएका विक्रेतामार्फत उपभोक्ताले ३,००० रुपैयाँसम्मका तिहार भाउचर समेत प्राप्त गर्न सक्नेछन् । दराज च्वाइसका ग्राहकले योग्य सामाग्रीमा तीनवटा किन्दा नि:शुल्क डेलिभरी र चारवटा किन्दा एउटा नि:शुल्क पाउनुका साथै नि:शुल्क डेलिभरीको सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यस ११.११ मा बचत गर्ने थप अवसर
चाडपर्वको किनमेललाई अझ लाभदायक बनाउन दराजले अभियान अवधिभर योग्य अग्रिम भुक्तानीमा अतिरिक्त छुट उपलब्ध गराउन आठवटा बैंकसँग साझेदारी गरेको छ । योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २,००० रुपैयाँसम्मको २० प्रतिशत छुट प्राप्त हुनेछ भने योग्य डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १,५०० रुपैयाँसम्मको १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
यस अफरमा सहभागी बैंकहरूमा हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंक रहेका छन् ।
इसेवा तथा खल्ती बाई आईएमईमार्फत भुक्तानी गर्ने उपभोक्ताले पनि विशेष रश आवर अफरअन्तर्गत १,००० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले चाडपर्वका सामग्री खरिद गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नेछ ।
आकर्षक छुटका अतिरिक्त दराज ११.११ ले अभियानभर उपभोक्तालाई विभिन्न रोमाञ्चक पुरस्कार जित्ने अवसर पनि प्रदान गर्नेछ । न्यूनतम १,१११ रुपैयाँको चेकआउट अर्डर गर्ने ११ जना भाग्यशाली ग्राहकले ५०,००० रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन् ।
सोही न्यूनतम चेकआउट रकम पूरा गर्ने उपभोक्ताले फिजियो नेपाल, मोडर्न मिराकल्स फर्निचर हब, पीसेफ, डट एन्ड की, स्विफ्ट अन, अल्टिमा लाइफस्टाइल, ब्रान्डहाउस, न्युलाइट, ब्लेस अनलाइन, रोह्टो र पोसिलो फुड्सका सामाग्री समावेश गरिएका दैनिक उपहार योजनामा पनि सहभागी हुन सक्नेछन् ।
त्यसैगरी, दराज नेपालको इन्स्टाग्राममा क्याटेगोरी ब्रान्ड रश आवरका क्रममा सार्वजनिक गरिने मिस्ट्री डिलका मूल्य सही अनुमान गरी कमेन्ट गर्ने उपभोक्ताले अल्टिमा लाइफस्टाइल, जिरी न्युट्रिसन, डा. शेथ्स, सिटाफिल, एम्परस्यान्ड र पोसिलो फुड्सका विशेष उपहार ह्याम्पर जित्ने अवसर पाउनेछन् ।
यस अभियानअन्तर्गत
थाइल्यान्ड भ्रमण: अनर नेपालबाट आठ जना भाग्यशाली ग्राहकले रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् भने ग्लेन नेपालबाट एक जना भाग्यशाली खरिदकर्ताले पाँचदिने थाइल्यान्ड भ्रमण जित्नेछन् ।
सौन्दर्य तथा व्यक्तिगत स्याहार: मामाअर्थबाट सात जना भाग्यशाली ग्राहकले आइकोनिक हेयर आइरन ग्लिम ३ जित्ने अवसर पाउनेछन् ।
विशेष भ्रिमणको अनुभव: सफारी नेपालबाट दुई जना भाग्यशाली ग्राहकले ओम अध्याय रिट्रिट–रिसोर्ट र नगरकोट सोल्टी रिसोर्टमा जोडीका लागि विशेष बसाइ जित्नेछन् ।
घरायसी उपकरण: बिग डिजिटलबाट एक जना भाग्यशाली ग्राहकले ८ केजी क्षमताको फ्रन्ट लोड वासिङ मेसिन र एयर फ्रायर प्राप्त गर्नेछन् ।
घरेलु मनोरञ्जन: ब्रो स्टोर (बाल्ट्रा) बाट एक जना भाग्यशाली ग्राहकले ५० इन्चको ४के स्मार्ट एलईडी टिभी जित्नेछन् ।
आईसीटी समाचार