कीवर्डहरू -

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

संसारको सबैभन्दा सानो एआई वेयेरेबल कस्तो छ? यस्ता छन् विशेषता

पछिल्ला केही महिनाहरूमा, एआईले टेक्नोलोजी संसारलाई नयाँ दिशा दिएको छ । यी दुई वर्षमा धेरै साना–ठूला कम्पनी र स्टार्टअपले नयाँ आविष्कार गरेका छन् ।

हालै नयाँ इनोभेसन एआई पिन सार्वजनिक गरिएको थियो, जसले हाम्रो स्मार्टफोनहरू प्रतिस्थापन गर्ने दाबी गर्दछ । अब नयाँ एआई टूल आएको छ, जुन अहिलेसम्म बनेको सबैभन्दा सानो एआई डिभाइस हो । भर्खरै, कोलोराडो स्थित सफ्टवेयर विकास कम्पनी लिमिटलेसले अप्रिल १५ मा ब्रुच जस्तो देखिने एआई डिभाइस लिमिटलेस पेन्डेन्ट ल्याएको छ ।

पहिलो प्रश्न उठ्छ यो लकेट के हो र यसले कसरी काम गर्छ । लिमिटलेस पेन्डेन्ट सिक्काको आकार जस्तो देखिन्छ जसलाई तपाइँ ब्रुुच जस्तै लगाउन सक्नुहुन्छ । यस डिभाइसले तपाइँलाई यसको वेब एपबाट सबै अडियोको सारांश र नोटहरू लिन मद्दत गर्दछ ।
यस डिभाइसमा तपाईले १०० घण्टाको ब्याट्री लाइफ पाउनु हुन्छ ।

यस बाहेक, यसमा धेरै माइक्रोफोनहरू छन्, जसले भीडभाडको वातावरणमा उच्च गुणस्तरको अडियो रेकर्ड गर्न मद्दत गर्दछ ।कनेक्टिभिटीका लागि यो डिभाइसमा ब्लुटुथ र वाइफाइको विकल्प पनि छ ।

लिमिटलेस एक बहु–प्लेटफर्म एप हो जुन वेब, म्याकओएस, र विन्डोजमा प्रयोग गर्न सकिन्छ । कम्पनीका सीईओ ड्यान सिरोकरका अनुसार लिमिटलेसले तपाईंको मस्तिष्क, मेमोरी र फोकसको सीमितताहरू पार गर्न एआई प्रयोग गरेर मानव बुद्धिमा वृद्धि गर्दछ ।

लिमिटलेस पेन्डेन्टको प्रारम्भिक मूल्य ९९ अमेरिकी डलर रहेको छ । यसमा, कम्पनीले प्रति महिना १९ डलर मा लिमिटलेस प्रो सदस्यता र अन्य एआई आधारित सुविधाहरू पनि प्रदान गर्दैछ ।

प्रो सदस्यताको साथ तपाईले व्यक्तिगत इमेल ड्राफ्ट उत्पन्न गर्ने, भर्चुअल एजेन्टलाई काम दिने र तेस्रो–पक्ष एपहरुको लाइब्ररीमा पहुँच गर्ने क्षमता प्राप्त गर्नुहुन्छ । लिमिटलेस पेन्डेन्टको पहिलो एकाइ यस वर्ष अगस्टमा बजारमा आउनेछ ।