कीवर्डहरू -

फेक एप कसरी चिन्ने ? यी हुन् पाँच तरिका

फेक एप कसरी चिन्ने ? यी हुन् पाँच तरिका

गुगल प्लेस्टोरको सहयोगमा हामी सबै प्रकारका एप र गेमहरू डाउनलोड गर्छौं । त्यहाँ धेरै प्रकारका एपहरू उपलब्ध छन्, जुन हामी प्रायः हाम्रो फोनमा इन्स्टल गर्छौँ ।  तर प्ले स्टोरमै केही फेक एपहरु पनि उपलब्ध हुन्छन् ।

यी एपहरूले तपाईंको व्यक्तिगत डेटा र सम्पर्क जस्ता संवेदनशील डेटा सङ्कलन गर्न सक्छन् । त्यसकारण त्यस्ता एप डाउनलोड गर्नु अगाडि होसियार हुनु जरुरी छ । यस्तो अवस्थामा नक्कली एप पहिचान गर्न सजिलो छैन तर यी विधिबाट सजिलै पहिचान गर्न सकिन्छ ।
 
एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरूका लागि गुगल प्ले स्टोरमा हरेक आवश्यकता अनुसार एपहरू उपलब्ध छन् । जसमा एउटै प्रकारको काम गर्ने धेरै एपहरू उपलब्ध छन् । 

एन्ड्रोइड प्रयोगकर्ता होस् वा एप्पल प्रयोगकर्ता, तपाईंले जुनसुकै प्लेटफर्मको एप स्टोरबाट जुनसुकै एप डाउनलोड गर्न सक्नुहुन्छ । तर त्यस्ता धेरै फेक एप छन्, जसले स्पेस मात्र प्रयोग गर्छन् र तपाईंको लागि खतरनाक पनि हुन्छन् । 

आज हामी तपाईंलाई फेक एप पहिचान गर्न सघाउने केही तरिकाको बारेमा जानकारी दिदैछौं ।  जसको मद्दतले तपाईं सजिलैसँग नक्कली एपहरू पहिचान गर्न सक्नुहुनेछ । 
 
१. एडिटर्स च्वाइस र टप डेभलपरबाट एप डाउनलोड

गुगल प्ले स्टोरमा धेरै टप डेभलपरहरू छन्, जसबाट तपाईं तिनीहरूद्वारा सिर्जना गरिएका एपहरू प्रयोग गर्न सक्नुहुन्छ । यसका साथसाथै, त्यहाँ  गूगलद्वारा एडिटर्स च्वाइस एपहरू पनि छन् । एपको पहिचान नै त्यस एपका डेभलपर हुन् । 
 
यस्तो अवस्थामा, कुनै पनि एप डाउनलोड गर्नु अघि, तपाईंले एडिटर्स च्वाइस र टप डेभलपरद्वारा प्रदान गरिएको एपहरूमा ध्यान दिनुपर्छ । जसका कारण तपाई यी नक्कली एप डाउनलोड गर्नबाट बच्न सक्नुहुन्छ । तपाईंले यसको आधिकारिक वेबसाइट र टम्र्स एण्ड कन्डिसन पढेर पनि बुझ्न सक्नुहुन्छ । 

२. एप डाउनलोडको संख्या

प्रयोगकर्ताहरूले आफूलाई सबैभन्दा मनपर्ने एप डाउनलोड गर्छन् । धेरै मन पराइएको एपको डानउलोड संख्या समेत बढी हुने गर्छ । 

धेरै मन पराइएको एपको रेटिङ पनि राम्रो हुन्छ । यसले यसको विश्वसनीयता पनि प्रमाणित गर्दछ ।

त्यसैगरी, यदि त्यो एप, एप स्टोरमा लामो समयदेखि छ, तर धेरै कम व्यक्तिहरूले डाउनलोड गरेका छन् भने, यसले ठगीको सम्भावना बढाउँछ ।

३. मौलिक नामहरू भएका एपहरू पहिचान

कयौं पटक कुनै एपको नाम सर्च गर्दा उस्तै नाम भएका धेरै एपहरू देखिन्छन् । यस्तो अवस्थामा यदि तपाईंले एपको लोगो हेर्नुभएको छैन र उक्त एपको नाम मात्रै सर्च गरिरहनुभएको छ भने यो कुन एप हो भनेर थाहा हुँदैन । 
 
तपाईले सजिलैसँग सही र गलत नाम गरिएका एपहरू पहिचान गर्न सक्नुहुन्छ । तपाईंले एपको नामको हिज्जे हेर्नु पर्छ र तपाईंले सजिलैसँग वास्तविक र नक्कली नाम एप बीचको भिन्नता पत्ता लगाउन सक्नुहुनेछ ।

४. एपको स्क्रिनसट र विवरण हेर्ने

ठूला र राम्रा विकासकर्ताहरूले बनाएका एपहरू प्ले स्टोरमा प्रकाशित हुन्छन्, जहाँ तपाईं एपको विवरणदेखि लिएर त्यस एपको स्क्रिनसटसम्मका धेरै कुराहरूमा ध्यान दिन सक्नुहुन्छ । यसबाट तपाईंले यसको विश्वसनीयता अनुमान गर्न सक्नुहुन्छ ।
 
सामान्यतया, नक्कली एपको स्क्रिनसटमा सबै कुरा अनौठो देखिन्छ र राम्रोसँग सम्पादन गरिएको हुँदैन, जसका कारण त्यहाँ नक्कली हुने सम्भावना हुन्छ ।

५. एप  सार्वजनिक 

एप डाउनलोड गर्दै गर्दा तपाईले त्यो एप कहिले सार्वजनिक भएको थियो र त्यस समयदेखि कति डाउनलोड भयो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । 

धेरैजसो नक्कली एपहरूमा भर्खरको प्रकाशन मिति लेखिएको हुन्छ । मौलिक एपमा त्यसअघिको प्रकाशन मिति र पछिल्लो अपडेटको मिति पनि लेखिएको हुन्छ ।