काठमाडौं । इन्स्टाग्रामले ‘Your Algorithm’ फिचर विस्तार गर्ने तयार गरेको छ । प्रयोगकर्ताले अब आफूलाई मनपर्ने विषय वस्तु बढी र नचाएको सामाग्री कम देखिने गरी आफ्नो फिडलाई अझ सजिलो अनुकूल बनाउन सक्नेछन् ।
गत वष सुरु गरिएको ‘Your Algorithm’ फिचरलाई कम्पनीले विस्तारै एपका थप भागमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका प्रमुख एडम मोसेरीका अनुसार केही नयाँ सुविधा परीक्षणमा छन् भने केही छिट्टै सार्वजनिक हुनेछन् ।
उनले सार्वजनिक गरेको उदाहरण अनुसार इन्स्टाग्राम फिडलाई तल तान्दा ‘Your Algorithm’ मेनु खुल्न सक्छ भने रिल्स हेर्दा माथि स्वाइप गर्दा पनि यस्तै सामाग्रीलाई आफूअनुकूल बनाउन मिल्ने विकल्प देखिन सक्छ ।
साथै, प्रत्येक रिल्सको तल यस्ता रिल्स अझ बढी वा कम देखाउने बटन पनि राख्ने परीक्षण भइरहेको छ ।
आईसीटी समाचार