काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो RBB Internet Banking सेवा बन्द गर्ने जानकारी दिएको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ साल असार मसान्तदेखि इन्टरनेट बैंकिङ सेवा बन्द हुने भएको हो ।
बैंकले हाल इन्टरनेट बैंकिङमार्फत उपलब्ध अधिकांश बैंकिङ सेवाहरू अब RBB Mobile Banking (Digital Sansar) बाट सहज रूपमा प्रयोग गर्न सकिने जनाएको छ । ग्राहकलाई आवश्यक बैंकिङ कारोबारका लागि ‘RBB Digital Sansar’ प्रयोग गर्न बैंकले अनुरोध गरेको छ ।
बैंकका अनुसार ‘RBB Digital Sansar’ मार्फत खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, बिल भुक्तानी, रिचार्ज, क्यूआरमार्फत भुक्तानीलगायत विभिन्न डिजिटल बैंकिङ सुविधा उपलब्ध छन् ।
राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णयबाट ग्राहकमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ । बैंकले डिजिटल माध्यमलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले मोबाइल बैंकिङ प्लेटफर्मलाई प्राथमिकता दिएको जनाएको छ ।

आईसीटी समाचार