कीवर्डहरू -

टेक्सास कलेजमा आइटी पढाइ : प्रयोगमुखी शिक्षा, आधुनिक ल्याब र करियरसँग जोडिएको प्रशिक्षण

टेक्सास कलेजमा आइटी पढाइ : प्रयोगमुखी शिक्षा, आधुनिक ल्याब र करियरसँग जोडिएको प्रशिक्षण

काठमाडौं । चाबहिलस्थित टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले पछिल्ला वर्षहरूमा आइटी र व्यवस्थापन शिक्षामा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । यस संस्थाले ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी (बिआइटी), ब्याचलर अफ कम्प्युटर साइन्स (बीसीएस) र मास्टर अफ कम्प्युटर साइन्स (एमसीएस) लगायतको अरु व्यवस्थापन कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, कलेज लिंकन युनिभर्सिटी कलेज, मलेसियासँग सम्बद्ध रहेको र क्रेडिट ट्रान्सफर सुविधासहित अन्तर्राष्ट्रिय मान्यता प्राप्त पाठ्यक्रम विकास गरिएको छ ।

पछिल्लो समय टेक्सास कजेल गुणस्तरीय शिक्षाका लागि भरपर्दो माध्यमको रूपमा परिचित हुँदै गएको छ । टेक्सान नेटवर्कको दायरा समेत फराकिलो हुँदै गएको छ । अहिले टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्कभित्र मन्टेश्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन भइरहेको टेक्सास इन्टरनेशनल एजुकेसन नेटवर्कका बिजनेस डेभलपमेन्ट निर्देशक नारायण पोखरेल बताउँछन् ।  

‘टेक्सास संस्थाभित्र हामीले मन्टेस्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र पढाइ हुन्छ,’ उनले आईसीटी समाचारसँग भने, ‘ब्याचलर्समा हाम्रा धेरै कार्यक्रमहरू छन् । त्यसमा पनि आईटीतिर हामी बढी ढल्किएका छौं ।’ 

कलेजले आफूलाई केवल कक्षा कोठाको पढाइमा सीमित नराखी प्रयोगमुखी र करियरमुखी शिक्षा दिने संस्थाका रूपमा प्रस्तुत गरेको छ । कलेजका अनुसार यसको उद्देश्य नेपालमा बढ्दो दक्ष आइटी र म्यानेजमेन्ट जनशक्तिको माग पूरा गर्नु हो । संस्थाले अनिवार्य इन्टर्नसिप, प्रोजेक्ट एक्जिबिसन, सेमिनार विक र करियर सर्भिसेस सेन्टर (सिएससी) मार्फत विद्यार्थीलाई रोजगारीतर्फ तयार पार्ने अभ्यासलाई प्राथमिकता दिएको छ ।

कलेजले त्रिवि अन्तर्गत बीएससी सीएसआईटी, बीसीए, बीबीबीएम, बिएबिएसडब्लु, एमबीएस तथा लिङ्कन विश्वविद्यालय अन्तर्गत बीआईटी, बीसीएस, बीएचएम, बीबीए, एमसीएस, एमबीए एचएम र एमबीए एचआर विषय अध्यापन गराउँदै आएको छ ।

बीएससी सीएसआईटी पढ्न अनिवार्य साइन्स विषय लिएको हुनुपर्नेछ भने बीबीए, बीआईटी, बीसीए पढ्न विज्ञान नपढेकाले पनि पढ्न सक्छन् । बीसीए र बीएससी सीएसआईटी पढ्न त्रिविले लिने प्रवेश परीक्षामा उतीर्ण हुनुपर्ने छ । बीआईटी र बीसीएस कलेजमा आएर भर्ना हुन सकिने छ । 

null

भर्नाका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न पनि सक्ने छन् । तर कलेजमै गएर सबै कुरा बुझेर भर्ना गर्दा राम्रो हुन्छ । कलेजले सरकारको नियम र प्लस टुमा राम्रो गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति सुविधा प्रदान गर्दै आएको छ । टेक्सास कलेजले दक्ष जनशक्ति विकासमा सधैं जोड दिदै आएको छ ।

विद्यार्थीलाई पढाइमा मात्रै सिमित नराखेर पढाइलाई जीवन र करियरसँग जोड्न खोजिरहेको निर्देशक पोखरेलले बताए । ‘कक्षामा पढेर मात्रै विद्यार्थी दक्ष हुँदैनन् । सफल हुँदैनन्,’ उनी भन्छन्, ‘त्यसकारण पढाइलाई करियर र जीवनसँग जोड्ने हाम्रो उद्देश्य हो ।’ 

आइटी अध्ययनलाई अझ व्यवहारिक बनाउन टेक्सासले विभिन्न विशेष प्रयोगशाला पनि सञ्चालन गरेको छ । यहाँ एआई ल्याब, आइओटी ल्याब, रोबोटिक्स ल्याब, भीएफएक्स स्टुडियो, सिइएच/सीएचएफआइ ल्याब र एसआइइएम/एसओसी ल्याब उपलब्ध छन् । यी ल्याबहरूले आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, साइबर सुरक्षा, डिजिटल फरेन्सिक्स र सुरक्षा सञ्चालनजस्ता क्षेत्रमा व्यवहारिक सिकाइ दिने लक्ष्य राखेका छन् ।

करियर तयारीका लागि कलेजले टेक्सास करियर डे, टेक्सास जब्स पोर्टल र करियर काउन्सेलिङ सेवा पनि अघि सारेको छ । वेबसाइटमा करियर सर्भिसेस सेन्टरमार्फत जब लिस्टिङ, अन्तर्वार्ता तयारी र रोजगारदातासँगको सम्पर्क उपलब्ध गराइने उल्लेख छ । साथै, सबै कार्यक्रमभित्र उद्योगमैत्री इन्टर्नसिप अनिवार्य गरिएको र सफ्ट स्किल्स, सिभी लेखन तथा अन्तर्वार्ता सीपमा पनि निरन्तर प्रशिक्षण दिइने भनिएको छ ।

टेक्सास कलेजले आइटी विद्यार्थीका लागि सम्भावित करियर मार्गसमेत देखाएको छ । संस्थाको सामाग्रीमा सफ्टवेयर डेभलपर, नेटवर्क एड्मिनिस्ट्रेटर, डाटाबेस डेभलपर, नेटवर्क सेक्युरिटी स्पेसलिस्ट, साइबर सेक्युरिटी स्पेसलिस्ट, डिजिटल फरेन्सिक्स स्पेसलिस्ट र एसआइइएम/एसओसी/एसओएआर स्पेसलिस्ट जस्ता सम्भावित पेशागत क्षेत्र सूचीबद्ध छन् । यसले कलेजको पढाइ केवल सैद्धान्तिक नभई उद्योगको मागअनुसार लक्षित गरिएको देखाउँछ ।

टेक्सास कलेज टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्कको हिस्सा हो, जसअन्तर्गत मोन्टेस्वरीदेखि मास्टर्स तहसम्मका शैक्षिक इकाइहरू सञ्चालनमा छन् । सोही नेटवर्कभित्रको टेक्सास इन्टरनेशनल कलेजमा भने बिएससी सिएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बिएसडब्लु, बिए र एमबीएस जस्ता कार्यक्रम त्रिभुवन विश्वविद्यालय (टियू) सम्बद्ध रूपमा सञ्चालन भइरहेको वेबसाइटमा उल्लेख छ । यसले टेक्सास ब्रान्डलाई एउटै शैक्षिक परिवारभित्र पूर्वप्राथमिकदेखि उच्च शिक्षासम्म जोडिएको नेटवर्कका रूपमा प्रस्तुत गर्छ ।

विद्यार्थीलाई दक्ष बनाउन टेक्सास कलेजले फस्ट सेमेस्टरदेखि नै प्रोफेसनल कोर्ष पढाउँदै आएको छ । विद्यार्थीले आफ्नो रूची अनुसार प्रोफेसनल कोर्ष छनौट गर्न सक्ने छन् । प्रोफेसनल कोर्षले विद्यार्थीलाई बजारका लागि तयार गर्ने कलेजको दावी छ । 

कलेजसँग आफ्नै इनहाउस कम्पनी समेत छ, जसले विद्यार्थीलाई ‘ट्रेन’ गराउने काम गर्दै आएको छ । यस बाहेक पनि कलेजले अन्य कम्पनीहरूसँग पनि सहकार्य गरेको छ । टेक्सास कलेजमा पढ्ने विद्यार्थी छैटौं सेमेस्टरमा पुग्दा बेरोजगारी विद्यार्थी नभेटिने पोखरेल बताउँछन् ।

‘हामीले विद्यार्थीलाई उद्योगमा आवश्यक पर्ने दक्ष सीपसहित विकास गर्दै गएका छौं । विद्यार्थीलाई पढ्दा पढ्दै करियरसँग जोड्न टेक्सास कलेज सफल भएको छ,’ उनले अगाडि भने । कलेजले पूर्वाधारसहित सरक्युरिटी सिस्टम र नेटवर्क ल्याब, सीएस ल्याब, आईओटी ल्याब, कम्प्युटर ल्याब तयार गरेको छ । टेक्सास कलेजबाट उत्पादन भएका जनशक्तिले देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरिरहेका छन् ।

कलेजले विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीका लागि सहजीकरण गर्दै आएको छ । त्यसका लागि कलेजले विभिन्न कम्पनीसँग सहकार्य समेत गरेको छ । विद्यार्थीलाई रोजगारीका दक्ष बनाउन कलेजले नै काम गर्ने उनले बताए । ‘विद्यार्थीलाई बजारमा गएर काम गर्न सक्ने गरी कलेजमै तयार गर्छौं । हामी रोजगारीका लागि सिफारिस गर्दैनौं, जसले गर्दा विद्यार्थीलाई स्वतः पाइहालिने रहेछ भन्ने पनि हुँदैन् र आफैले गरेको हो भन्ने बोध पनि हुन्छ,’ पोखरेल भन्छन्, ‘विद्यार्थीलाई अन्तर्वाताका लागि पठाउँछौं, रोजगारीका लागि होइन । त्यसपछि योग्य हुने काम विद्यार्थीको हो ।’ 

टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आइटीले काठमाडौंमा आइटी पढ्न चाहने विद्यार्थीलाई ल्याब–आधारित अभ्यास, करियर सेवा, इन्टर्नसिप र इन्डस्ट्रि एक्सपोजरसहितको वातावरण दिन खोजिरहेको देखिन्छ । आधुनिक आइटी सीपसँगै रोजगारीको तयारी पनि चाहिने विद्यार्थीका लागि कलेजले आफूलाई उपयोगी गन्तव्यका रूपमा स्थापित गर्न खोजेको स्पष्ट हुन्छ ।