काठमाडौं । माइक्रोसफ्टले व्यक्तिगत खाताहरुका लागि SMS भेरिफिकेसन प्रणाली बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले हालसम्म प्रयोग गर्दै आएको SMS मार्फत ६ अंकको कोड प्रणाली छिटै हटाउने भएको छ । विन्डोज लेटेस्टका अनुसार यो सुविधा क्रमश: बन्द गरिनेछ ।
यसको ठाँउमा कम्पनीले Passkeys प्रयोग गर्न प्रोत्साहन गरेको छ, जुन अझ सुरक्षित मानिन्छ । माइक्रोसफ्टले पहिले नै नयाँ खाताहरुमा अनिवार्य जस्तै बनाउन थालेको थियो, जसले यो परिवर्तन अपेक्षित नै मानिएको छ ।
माइक्रोसफ्टका अनुसार पासकी पासवर्डको तुलनामा धेरै सुरक्षित मानिन्छ । पासवर्ड जस्तो एउटै कोड नभई Passkeys दुई वटा key प्रणालीमा आधारित हुन्छ, एक key तपाईको डिभाइसमा सुरक्षित हुन्छ र अर्को key सेवा प्रदायकसगँ रहन्छ । लगइन गर्न दुवै key आवश्यक हुने भएकाले ह्याकरले सजिलै चोरी वा अनुमान गर्न सक्दैनन् ।
माइक्रोसफ्टले SMS कोड प्रणालीलाई असुरक्षित भन्दै पासकी प्रयोगलाई प्रोत्साहन गरिरहेको छ । विशेषज्ञहरूका अनुसार SMS आधारित Authentication अहिले fraud को प्रमुख माध्यममध्ये एक बनेको छ, त्यसैले पासकी डिजिटल सुरक्षा बढाउने सबैभन्दा सुरक्षित विकल्प मानिन्छ ।
माइक्रोसफ्टले SMS authentication हटाउने योजना बनाएको छ तर यसको कुनै स्पष्ट समय रेखा दिएको छैन, केवल “Soon”मात्र भनेको छ । यसले प्रयोगकर्तालाई अझ सुरक्षित Login तरिका (जस्तै passkeys) तर्फ जान दबाब दिइरहेको छ । तर समस्या भनेको, passkeys प्रयोग गर्न नसकिने अवस्था (जस्तै virtual machine मा windows login गर्दा) को लागि अझै स्पष्ट समाधान छैन ।
माइक्रोसफ्टले अहिले passkeys लाई नै भविष्यको मुख्य Login विधि बनाउने संकेत दिएको छ, त्यसैले SMS र पुराना authentication तरिकाहरू क्रमश: सीमित हुँदै जाने देखिन्छ । तर no-passkey अवस्थामा login कसरी हुनेछ भन्ने कुरा अझै अनिश्चित छ ।
आईसीटी समाचार