कीवर्डहरू -

फोनको ब्याट्री लाइफ घट्दैछ ? ब्याट्री हेल्थ यसरी चेक गर्नुहोस्

फोनको ब्याट्री लाइफ घट्दैछ ? ब्याट्री हेल्थ यसरी चेक गर्नुहोस्

काठमाडौं । स्मार्टफोनको ब्याट्री समयसँगै कमजोर हुँदै जान्छ । हरेक चार्ज साइकल सँगै ब्याट्री को क्षमता घट्दै जान सक्छ, जसले फोन को ब्याट्री लाइफमा असर गर्छ । त्यसैले एन्ड्रोइड फोन को ब्याट्री हेल्थ नियमित रूपमा जाँच गर्नु आवश्यक हुन्छ ।

ब्याट्री हेल्थ थाहा पाएपछि चार्जिङ बानी सुधार्न र आवश्यक परे ब्याट्री फेर्ने को योजना बनाउन सकिन्छ । यहाँ एन्ड्रोइड फोन को ब्याट्री हेल्थ जाँच गर्ने सजिलो तरिका छ;

• आफ्नो एन्ड्रोइड फोन अनलक गर्नुहोस् ।
• सेटिङ्स खोल्नुहोस् ।
• तल स्क्रोल गरेर ब्याट्री एन्ड चार्जिङ मेनुमा जानुहोस् ।
• नयाँ स्क्रिन खुलेपछि ब्याट्री हेल्थ अप्सनमा ट्याप गर्नुहोस् ।
• ब्याट्री क्यापासिटी  Section मा तपाईंको फोनको ब्याट्री हेल्थ देखिन्छ ।
• ब्याट्री हेल्थ टिप्स मा ट्याप गरेर ब्याट्री हेल्थ राम्रो राख्ने तरिका हेर्न सकिन्छ ।
• यही स्क्रिनबाट एडप्टिभ चार्जिङ अन गर्न र ब्याट्री चार्जिङ लिमिट सेट गर्न सकिन्छ ।

यसरी एन्ड्रोइड फोनको ब्याट्री हेल्थ नियमित रूपमा चेक गर्दा ब्याट्रीको अवस्था थाहा पाउन सकिन्छ । साथै, सही चार्जिङ बानी अपनाएर र एडप्टिभ चार्जिङ जस्ता फिचर्स प्रयोग गरेर ब्याट्रीको पर्फर्मेन्स लामो समयसम्म राम्रो राख्न सकिन्छ ।