कीवर्डहरू -

एप्लिकेसन

सडकका समस्या अब मोबाइलबाटै रिपोर्ट गर्न मिल्ने, आयो ‘सडक सुझाव’ एप

काठमाडौं । सडकमा देखिएका खाल्डाखुल्डी, क्षति तथा अन्य समस्याबारे सर्वसाधारणले तत्काल जानकारी गराउन सक्ने गरी सडक डिभिजन काठमाडौंले ‘सडक सुझाव’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

एपमार्फत सडकको अवस्था, पानी जम्ने समस्या, ट्राफिक सुरक्षासँग सम्बन्धित जोखिम तथा सडक निर्माणका क्रममा देखिएका समस्या समेत फोटोसहित सम्बन्धित निकायमा पठाउन सकिने व्यवस्था गरिएको छ ।

एपमा समस्या रिपोर्ट गर्दा प्रयोगकर्ताले फोटो, समस्याको प्रकृति, गम्भीरताको स्तर तथा नजिकको चिनारी स्थान उल्लेख गर्नुपर्नेछ । प्रयोगकर्ताले खिचेको तस्बिरका आधारमा समस्याको स्थान जीआईएस म्यापिङमार्फत पहिचान हुने व्यवस्था गरिएको छ । आवश्यक परे ठेगाना खोजेर स्थान निर्धारण गर्ने सुविधा पनि एपमा राखिएको छ ।

रिपोर्ट पठाइसकेपछि प्रयोगकर्ताले एउटा रिफरेन्स नम्बर प्राप्त गर्नेछन् । उक्त नम्बरमार्फत आफूले पठाएको गुनासो वा सूचनाको अवस्था एपबाटै हेर्न सकिने डिभिजनले जनाएको छ ।

प्राप्त विवरणलाई समस्याको प्रकृति, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी आवश्यक मर्मत तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ । यसबाट सडकमा देखिएका समस्या पहिचानदेखि समाधानको अवस्थासम्मलाई व्यवस्थित रूपमा अभिलेख गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘सडक सुझाव’ एप प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । प्रयोगकर्ताले एप खोलेर ‘रिपोर्ट अ प्रब्लम’ विकल्पमार्फत समस्याको फोटो तथा आवश्यक विवरण पठाउन सक्नेछन् ।

सडक डिभिजनले आगामी दिनमा भक्तपुर र ललितपुरका सडकसम्बन्धी विवरणलाई समेत यही प्रणालीमा जोड्ने तयारी गरेको जनाएको छ । डिभिजनले सडकसम्बन्धी समस्या छिटो पहिचान र समाधान गर्न प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने जनाएको छ ।

एप्लिकेसन

संवेदनशील फाइल सुरक्षित राख्ने नि:शुल्क एप ‘क्रिप्टोमेटर’

काठमाडौं । आजको डिजिटल समयमा व्यक्तिगत तथा व्यावसायिक फाइलहरूको सुरक्षा निकै महत्वपूर्ण बनेको छ । धेरैजसो मा…

आईओएस २७ मा परिवर्तनको तयारी, नयाँ वाच फेसदेखि एआई सिरीसम्म आउँदैछ नयाँ फिचर

काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा तीनवटा महत्वपूर्ण नयाँ फिचर थप्ने तयारी गरेको छ । रिपोर्टअनुसार, नयाँ …

व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर

काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…

इन्स्टाग्राममा नयाँ फिचर : पोस्टको स्थान अब एक क्लिकमै परिवर्तन

काठमाडौं । इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल ग्रिड अझ आकर्षक र व्यवस्थित बनाउन नयाँ सुविधा उपलब्ध गर…

ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने

काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने …

‘परराष्ट्र मित्र’ एप सार्वजनिक, आपतकालीन सहायता र गुनासो दर्ता गर्न सकिने

काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरे…

ट्रिप टर्बो र अगोडाबीच साझेदारी : अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुक गर्न सकिने

काठमाडौं । नेपालको अनलाइन ट्राभल मार्केटप्लेस ‘ट्रिप टर्बो’ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म &l…

नागरिक एपमा जन्म, विवाह र सम्बन्ध विच्छेद प्रमाणपत्र लिंक गर्ने सुविधा थपियो

काठमाडौं । नागरिक एपले आफ्नो सेवा विस्तार गर्दै जन्म दर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद (डिभोर्स) सम्बन्धी प्रम…

स्पोटिफाइले ल्यायो एआई पोडकास्ट फिचर, अब आफ्नै आवाजमा व्यक्तिगत सामाग्री बनाउन सकिने

काठमाडौं । लोकप्रिय अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाइले एआई एजेन्ट प्रयोग गरेर व्यक्तिगत पोडकास्ट बनाउन सकिने न…

धेरै एप र ट्याबको झन्झटबाट मुक्ति, फर्डियमसँग सबै सेवा एउटै ठाउँमा

काठमाडौं । फर्डियम एक नि:शुल्क तथा ओपन सोर्स एप हो, जसले तपाईंका सबै मेसेजिङ र उत्पादकता सेवाहरूलाई एउटै स…

च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली

काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…

युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने

काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…

WhatsApp को नयाँ प्राइभेसी फिचर : ‘After Reading’ के हो ?

काठमाडौं । WhatsApp ले प्रयोगकर्ताको गोपनीयता अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ “After Reading&rdquo…

युट्युबले ल्यायो नयाँ टुल : मोबाइल फिडबाट Shorts हटाउन सकिने

काठमाडौं । युट्युबले आफ्नो मोबाइल एपमा प्रयोगकर्ताको अनुभव सुधार गर्दै ‘Shorts’ भिडियो नियन्त्रण …

इन्स्टाग्रामको नयाँ सुविधा : पोस्ट भइसकेको कमेन्ट पनि सच्याउन सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ सुविधा थप्दै अब कमेन्ट सम्पादन (एडिट) गर्ने विक…