कीवर्डहरू -

एप्लिकेसन

थ्रेड्समा अब विज्ञापन देखिने, परीक्षण सुरू

मेटाको सामाजिक सञ्जाल थ्रेड्समा अब विज्ञापन देखिने भएको छ । मेटाले थ्रेड्समा विज्ञापन परीक्षण गर्न थालेको हो । 

थ्रेड्स सार्वजनिक भएको डेढ वर्ष भइसकेको छ । हालसम्म थ्रेड्स विज्ञापनबाट मुक्त थियो । तर अब भएको मेटाका फेसबुक र इन्स्टाग्राम जस्तै थ्रेड्समा पनि विज्ञापन देखिने छ । 

यसले कम्पनीलाई यो सेवामार्फत आम्दानी गर्न मद्दत गर्ने लक्ष्य राखेको बताइएको छ । यी विज्ञापनहरू प्रयोगकर्ताहरूको फिडमा देखिने सामग्रीहरूको बीचमा फोटोका रूपमा देखिनेछन् । 

प्रारम्भमा यो परीक्षण केवल अमेरिका र जापानमा हुने र सानो प्रतिशत प्रयोगकर्ताहरूका लागि मात्र लागू हुनेछ । इन्स्टाग्रामका प्रमुख आदम मोसेरीले केही ब्रान्डहरूका साथ यो परीक्षण सुरु गर्ने योजना बनाएको बताए । 

यी विज्ञापनहरू थ्रेड्सका सामग्री जस्तै रोचक र प्रासंगिक हुने भनाइ छ । ब्रान्डहरूले आफ्नो मेटा एड्स म्यानेजरबाट सजिलै थ्रेड्समा विज्ञापन गर्न सकिने बताइएको छ ।  

साथै, मेटाले थ्रेड्समा इनभेन्टरी फिल्टरको परीक्षण गर्नेछ, जसले विज्ञापनदाताहरूलाई आफ्ना विज्ञापन छेउमा देखिने जैविक सामग्रीको संवेदनशीलता स्तर नियन्त्रण गर्न मद्दत गर्नेछ । हालको परीक्षण सानो भए पनि विस्तारै ब्यापक हुने बताइएको छ । 
 

एप्लिकेसन

इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीहरू पनि सिफारिस गर्ने

मेटाले आफ्नो कन्टेन्ट मोडरेसन र नियमहरूमा परिवर्तन गर्न खाजेको छ । इन्स्टाग्राम र थ्रेड्सले अब राजनीतिक सामग्रीलाई सिफारिसहरूमा सम…

इन्स्टाग्राममा लाइभ लोकेशन फिचर सार्वजनिक

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एप इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ । यस नयाँ अपडेटपछि तपाईँ आफ्ना साथीहरूसँग…

ह्वाट्सएपले ल्यायो भ्वाइस सन्देशलाई टेक्स्टमा रूपान्तरण गर्ने नयाँ सुविधा

ह्वाट्सएपले बिहीबार एउटा नयाँ सुविधा जारी गरेको छ, जसले भ्वाइस सन्देश सेयर गर्न झन् सजिलो बनाउनेछ ।  कम्पनीले ह्वाट्सएपको ए…

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गर्ने विधेयक अष्ट्रेलियामा पेश

अष्ट्रेलियाको सरकारले बिहीबार संसदमा नयाँ विधेयक पेश गरेको छ । यस विधेयकको उद्देश्य १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लाग…

नेपालमा पहिलो पटक टिकटक आधिकारिक रूपमा दर्ता, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिबद्धता

नेपालमा पहिलो पटक सामाजिक सञ्जाल टिकटक आधिकारिक रूपमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको जानकारीअनुसार …

इन्स्टाग्रामद्वारा क्रिएटरहरूका लागि डिएम फिल्टरिङ्ग फिचर सार्वजनिक, म्यासेज व्यवस्थित गर्न सजिलो हुने

इन्स्टाग्रामले नयाँ फिचर सार्वजनिक गरेको छ, जसले क्रिएटरहरूका लागि अन्य क्रिएटर र व्यवसायसँग कुराकानी गर्न सजिलो बनाउनेछ । यो फि…

अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर

केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन वर्कशप आयोजना

नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न …

अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने

ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…

किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा

मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…

२०२४ का सबैभन्दा चर्चित सोसल मिडिया प्लेटफर्महरू, फेसबुकद्वारा प्रभुत्व कायम

सोसल मिडिया प्लेटफर्ममा मानिसहरूको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । पहिले मानिसहरू यी प्लेटफर्महरूलाई थोरै समयका लागि प्रयोग…

युट्युबले ल्यायो एक शक्तिशाली एआई टूल, ह्याक भएको अकाउन्ट रिकभर गर्नलाई सहयोगी हुने

गुगलको लोकप्रिय भिडियो सेयरिंग प्लेटफर्म युट्युबले नयाँ कृत्रिम बुद्धिमत्ता उपकरण (एआई टूल) प्रस्तुत गरेको छ । कम्पनीको भनाइअनुसा…

प्रतिबन्ध हटाउने निर्णयपछि टिकटकको प्रतिक्रिया: नेपालीहरूको स्वतन्त्र आवाज बन्छौं

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकले खुसी व्यक्त गरेको छ । भदौ ६ गते बसेको मन्त्रीपरिषद् बैठकले शर्तसहित ट…

अब जूमको वेबिनारमा दश लाख जना सहभागी हुन् सक्ने

महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पन…

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी श…