एप्लिकेसन
अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने
इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरूको समय बचाउन अब फेसबुक र इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस प्रयोग गर्न सकिनेछ ।
यसका लागि प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राममा छुट्टाछुट्टै जानु पर्दैन् । यो वाबेटाइन्फोको रिपोर्टमा स्क्रिनसट पनि सेयर गरिएको छ । यस स्क्रिनसटमा स्टेटस प्राइभेसीसँगै स्टेटस सेयर गर्ने विकल्प पनि देखिएको छ ।
स्टेटस प्राइभेसीमा, सेयर माई स्टेटस अपडेट विकल्प तल देखिनेछ । यसको मतलब, यदि ह्वाट्सएप प्रयोगकर्ताले चाहेमा फेसबुक, इन्स्टाग्राम वा दुबै प्लेटफर्महरूमा स्टेटस साझा गर्न सक्नेछन् ।
इन्स्टाग्राम र फेसबुक प्रयोग नगर्ने ह्वाट्सएप प्रयोगकर्ताहरूले पनि ह्वाट्सएपबाट अकाउन्ट सेटअप अप्सनमा जान सक्नेछन् ।
ह्वाट्सएपको यो नयाँ फिचर ह्वाट्सएप बेटा एन्ड्रोइड अपडेट संस्करण २.२३.२५.२० मा देखिएको छ । अहिले ह्वाट्सएपको यो फिचरमा काम भइरहेको छ । यस सुविधाको बारेमा नयाँ अपडेट चाँडै जारी हुने अपेक्षा गरिएको छ ।
एप्लिकेसन
टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…
युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने
युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…
टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने
टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…
थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?
मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अप…
काठमाण्डौं महानगरपालिकाले ल्यायो मोबाइल एप, सिफारिस लिनेदेखि भुक्तानी गर्नेसम्मको सुविधा
काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी…
दुई विद्यालयसँग मिदास ई–क्लासको सम्झौता, मोबाइल एपबाट पनि विद्यार्थीहरु पढ्न सक्ने
मिदास ई-क्लासले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुस्थित नमूना ईग्लिस सेकेण्डरी स्…
एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह
केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…