कीवर्डहरू -

एप्लिकेसन

ह्वाट्सएपले ल्यायो भ्वाइस सन्देशलाई टेक्स्टमा रूपान्तरण गर्ने नयाँ सुविधा

ह्वाट्सएपले बिहीबार एउटा नयाँ सुविधा जारी गरेको छ, जसले भ्वाइस सन्देश सेयर गर्न झन् सजिलो बनाउनेछ ।  कम्पनीले ह्वाट्सएपको एन्ड्रोइड र आईओएस प्लेटफर्महरूका लागि नयाँ भ्वाइस मेसेज ट्रान्सक्रिप्ट सुविधा प्रस्तुत गरेको छ । यसबाट प्रयोगकर्ताले अरूले पठाएको भ्वाइस सन्देशलाई टेक्स्ट–आधारित ट्रान्सक्रिप्शनको रूपमा हेर्न सक्नेछन् । यो सुविधा विशेष गरी प्रयोगकर्ताहरू यात्रा गरिरहेको अवस्थामा वा हल्ला भएको ठाउँमा अड्किएको अवस्थामा उपयोगी हुनेछ ।

एक ब्लग पोस्टमा, ह्वाट्सएपले भ्वाइस मेसेज ट्रान्सक्रिप्ट डिभाइसमा नै जनरेट हुने र अर्को व्यक्तिले ट्रान्सक्रिप्ट गरिएको सामग्री न त सुन्न सक्ने न त पढ्न सक्ने कुरा हाइलाइट गरेको छ । कम्पनीले जोड दिँदै भनेको छ कि भ्वाइस मेसेज अझै पनि इन्स्ट्यान्ट सन्देशिङ प्लेटफर्मको एन्ड–टु–एन्ड एन्क्रिप्सनद्वारा सुरक्षित छन् ।

यो सुविधा कसरी प्रयोग गर्ने?

सुविधा प्रयोग गर्नुअघि प्रयोगकर्ताले यसलाई अन गर्नुपर्नेछ । अन गरेपछि, चयन गरिएको भाषामा भ्वाइस सन्देशको तल ट्रान्सक्रिप्ट आफैं देखिन्छ । कम्पनीका अनुसार, केवल रिसिभरले मात्रै भ्वाइस सन्देशको ट्रान्सक्रिप्ट देख्न सक्नेछ; यो सुविधा पठाउने व्यक्तिले देख्न सक्दैन् ।  

 

हालको अवस्थामा, एन्ड्रोइड प्लेटफर्ममा मात्र अंग्रेजी, पोर्चुगिज, स्पेनिस र रस्सियन भाषाको समर्थन उपलब्ध छ । भने, आईओएस एपमा अरबी, चिनियाँ, फ्रेन्च, जर्मन, इटालियन, जापानी, नर्वेजियन, थाई, टर्किस र स्विडिश सहित धेरै भाषाहरूको समर्थन छ ।  

यो सुविधा कसरी प्रयोग गर्ने?

यसका लागि ह्वाट्सएप सेटिङ्समा जानुहोस् र कन्भरसेसन खोल्नुहोस् ।  अब भ्वाइस सन्देश ट्रान्सक्रिप्टलाई अन गर्नुहोस् र मनपर्ने भाषा चयन गर्नुहोस् ।  
 भ्वाइस मेसेजमा थिचेर राख्नुहोस्, त्यसपछि “ट्रान्सक्राइब“ मा थिच्नुहोस् ।  
 ट्रान्सक्रिप्शनको बारेमा थप जानकारीका लागि, भ्वाइस सन्देशमा रहेको “एक्सपाण्ड“ चिह्नमा थिच्नुहोस् ।  

ह्वाट्सएपको ट्रान्सक्रिप्शन देखिन केही समय लाग्न सक्ने बताएको छ । यदि प्रयोगकर्तालाई “ट्रान्सक्रिप्ट उपलब्ध छैन“ देखिएमा, यसको अर्थ ट्रान्सक्रिप्ट भाषा असमर्थित छ, पृष्ठभूमिमा धेरै आवाज छ, वा भ्वाइस सन्देशको भाषा समर्थन छैन् भन्ने हो । कम्पनीले सावधानी अपनाउन सल्लाह दिएको छ, किनकि भ्वाइस सन्देश ट्रान्सक्रिप्ट कहिलेकाहीं गलत हुन सक्ने सम्भावना पनि रहन्छ ।
 

एप्लिकेसन

अब लो-लाइटिंगमा पनि स्पष्ट भिडियो कल गर्न सकिने, धेरै उपयोगी छ ह्वाट्सएपको यो नयाँ फिचर

केही दिनअघि ह्वाट्सएपमा भिडियो कलिंगका लागि नयाँ फिचर थपिएको थियो । यसले लो–लाइट मोड प्रदान गर्नेछ, जसले ह्वाट्सएपमा रा…

टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन वर्कशप आयोजना

नेपालमा साना र मझौला व्यवसाय (SMBs) लाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले भर्खरै काठमाडौंमा आफ्नो बहुप्रतीक्षित कार्यशाला सम्पन्न …

अब ह्वाट्सएपबाटै रिल हेर्न सकिने

ह्वाट्सएपको प्रयोग फोटो–भिडियो सेयरिंग र टेक्स्ट गर्ने मात्रै होइन, भिडियो कलिङको लागि पनि गरिन्छ । तर अब तपाईं ह्वाट्सएपबा…

किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा

मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…

२०२४ का सबैभन्दा चर्चित सोसल मिडिया प्लेटफर्महरू, फेसबुकद्वारा प्रभुत्व कायम

सोसल मिडिया प्लेटफर्ममा मानिसहरूको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । पहिले मानिसहरू यी प्लेटफर्महरूलाई थोरै समयका लागि प्रयोग…

युट्युबले ल्यायो एक शक्तिशाली एआई टूल, ह्याक भएको अकाउन्ट रिकभर गर्नलाई सहयोगी हुने

गुगलको लोकप्रिय भिडियो सेयरिंग प्लेटफर्म युट्युबले नयाँ कृत्रिम बुद्धिमत्ता उपकरण (एआई टूल) प्रस्तुत गरेको छ । कम्पनीको भनाइअनुसा…

प्रतिबन्ध हटाउने निर्णयपछि टिकटकको प्रतिक्रिया: नेपालीहरूको स्वतन्त्र आवाज बन्छौं

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि टिकटकले खुसी व्यक्त गरेको छ । भदौ ६ गते बसेको मन्त्रीपरिषद् बैठकले शर्तसहित ट…

अब जूमको वेबिनारमा दश लाख जना सहभागी हुन् सक्ने

महामारीको समयमा धेरैजसो कम्पनीहरूले आफ्नो कामलाई अनलाइनमा स्थानान्तरण गरेका थिए । साथै, शैक्षिक संस्थाहरू र इन्स्टिच्युटहरूले पन…

टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी

सरकारले नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउनका लागि प्रधानमन्त्री केपी श…

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फ…

इन्स्टाग्रामले सर्ट भिडियो कन्टेन्टलाई मात्रै प्राथमिक्ता दिने

मेटाको स्वामित्वमा रहेको सामाजिक सञ्जाल इन्स्टाग्रामले एक ठूलो घोषणा गरेको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले भनेका छन् कि अब …

अब युट्युब भिडियोमा कपिराइट क्लेम भएको अडियो मात्रै पनि हटाउन सकिने, आउँदै छ नयाँ टुल

कपिराइट क्लेम भएको गीत हटाउन युट्युबमा अब ‘इरेज सङ’ टुल उपलब्ध हुने भएको छ । 

इन्स्टाग्राममा क्लोज फ्रेन्ड्स अन लाइभ फिचर सार्वजनिक

इन्स्टाग्रामले क्लोज फ्रेन्ड्स अन लाइभ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । बारम्बार एपमा लाइभ स्ट्रिमिङ गर्न मन पराउनेका लागि य…

ह्वाट्सएपमा स्वायत्त डार्क मोड अन गर्न के गर्ने?

मेटाको च्याटिङ एप ह्वाट्सएप संसारभरका लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । यस एपको प्रयोग च्याटिङमा मात्र सीमित छैन् ।

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…