एप्लिकेसन
नयाँ वर्षको अवसरमा विश्वभरका नेपालीलाई जोड्ने ‘नेप्लिफाई’ एप सार्वजनिक, उद्यमीका लागि सेवा निःशुल्क
विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एउटै डिजिटल सञ्जालमा जोड्ने उद्देश्यसहित ‘नेप्लिफाई’ (Neplify) ले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो मोबाइल एप विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ। “One Nation, Global Connection” भन्ने नारासहित अघि बढाइएको यो प्लेटफर्मलाई नेपाली डायस्पोराका लागि ‘डिजिटल घर’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
क्यानडाको टोरन्टोमा प्रधान कार्यालय रहेको नेप्लिफाईले सन् २०२५ जनवरी १ मा NepaleseCenter.com मार्फत आफ्नो डिजिटल यात्रा सुरु गरेको थियो। छोटो समयमै प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पाएपछि कम्पनीले सन् २०२५ मे १६ मा यसलाई नेप्लिफाई नाममा पुनःब्रान्डिङ गरेको थियो। त्यसयता neplify.com मार्फत सेवा विस्तार गर्दै आएको कम्पनीले अब वैशाख १ गतेदेखि एन्ड्रोइड र आईओएस दुवै संस्करणमा मोबाइल एप सार्वजनिक गरेको हो।
नेप्लिफाईको मुख्य विशेषता यसको खुला र निःशुल्क प्लेटफर्म हो। कम्पनीका अनुसार नेपाली उद्यमी, साना व्यवसायी, स्वरोजगार व्यक्ति तथा स्वतन्त्र पेशेवरहरूले आफ्ना सेवा र उत्पादनहरू यसमा कुनै शुल्कबिना सूचीबद्ध गर्न सक्नेछन्। यसले प्रवासमा रहेका नेपाली व्यवसायीलाई आफ्नै समुदायभित्र पहुँच विस्तार गर्न र नयाँ अवसर खोज्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
एपमार्फत प्रयोगकर्ताले विभिन्न सेवा र अवसर एउटै ठाउँमा प्राप्त गर्न सक्नेछन्। यसमा कार्यक्रमहरू, नेपाली खाना तथा रेस्टुरेन्ट, सेवा र उत्पादन, उपहार पठाउने सुविधा, रोजगारी तथा इन्टर्नसिप, र बसोबाससम्बन्धी जानकारी समावेश गरिएको छ। विशेषगरी, नेपाली समुदाय लक्षित कार्यक्रम, व्यवसाय र अवसरलाई एउटै डिजिटल माध्यमबाट सजिलै पहुँचयोग्य बनाउने उद्देश्य लिइएको छ।
नेप्लिफाई केवल व्यावसायिक प्लेटफर्म मात्र नभई समुदाय जोड्ने डिजिटल पहल पनि हो। कम्पनीले सञ्चालन गर्दै आएको ‘वाक्य’ (Vakya) नामक पोडकास्टमार्फत नेपाली अनुभव, विचार र ज्ञान साझा गर्दै आएको छ, जसले प्रवास र नेपालबीचको संवादलाई थप बलियो बनाइरहेको कम्पनीको दाबी छ।
कम्पनीका संस्थापक तथा सीईओ देवेन्द्र नेपालका अनुसार, “हाम्रो लक्ष्य विश्वभर रहेका नेपालीलाई एउटै प्लेटफर्ममा जोड्दै अवसर, सेवा र जानकारीमा सहज पहुँच दिलाउनु हो। आगामी दिनमा हामी एआईलगायतका प्रविधि थप गर्दै प्रयोगकर्ताको अनुभव अझ प्रभावकारी बनाउनेछौं।”
नेप्लिफाईले प्रवासमा रहेका नेपाली समुदायको सामाजिक, आर्थिक र व्यावसायिक सञ्जाललाई डिजिटल रूपमा एकीकृत गर्ने प्रयासलाई नयाँ चरणमा पुर्याएको देखिन्छ।
एप्लिकेसन
युरोपमा उमेर प्रमाणीकरण कडा बनाउँदै टिकटक, नयाँ उमेर पहिचान प्रविधि लागू हुने
टिकटकले युरोपभर आफ्ना उमेर प्रमाणीकरण कडा बनाउने घोषणा गरेको छ। कम्पनीले आउँदो केही हप्ताभित्र युरोपियन इकोनोमिक एरिया (EEA)…
थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता ४० करोड नाघे
मेटाको एक्स प्रतिस्पर्धी ‘थ्रेड्स’ले प्रयोगकर्ता संख्या तीव्र गतिमा बढाइरहेको छ । फास्ट कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअ…
ह्वाट्सएपमा एआई ‘म्यासेज समरिज’ फिचर आउँदै
मेटाले ह्वाट्सएपमा नयाँ फिचर ‘म्यासेज समरिज’ थप गर्ने भएको छ । यसले एआईको प्रयोग गरेर नपढिएका सन्देशहरूलाई केही ब…
गोकर्णेश्वर नगरपालिकाले सार्वजनिक गर्यो मोबाइल एप, के के छन् सुविधा ?
गोकर्णेश्वर नगरपालिकाले नागरिकहरूको सुविधा लक्षित गर्दै आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । नगरवासीहरूलाई अनलाइनबाटै सेवा…
टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने
टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…
माइक्रोसफ्टको रिकल र सुधारिएको विन्डोज सर्च फिचर कोपाइलट एआई पीसीमा विस्तार
माइक्रोसफ्टले आफ्नो विवादास्पद रिकल फिचर घोषणा गरेको करिब एक वर्ष पछि अन्ततः कोपाइलट प्लस एआई पीसीहरूमा यसको सुरुवात गरेको छ ।…
ह्वाट्सएपमा गरिएको च्याट अब एक्सपोर्ट गर्न नसकिने
ह्वाट्सएपले नयाँ फिचर ‘एड्भान्स च्याट प्राइभेसी’ फिचर ल्याएको छ । यो फिचरको काम भनेको प्रयोगकर्ताहरूलाई कुराकानीको स…
अमेरिकी स्वामित्व बिक्रीका लागि टिकटकले पायो पुन: ७५ दिनको समय
टिकटकले अमेरिकाको स्वामित्व बेच्न पुनः ७५ दिनको समय पाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कम्प…
टिकटकमा आयो सेक्युरिटी चेकअप सुविधा, अकाउन्टलाई सुरक्षित राख्न सघाउने
टिकटकले सेक्युरिटी चेकअप सुविधा थप गरेको छ । टिकटक अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्न उद्देश्यले सेक्युरिटी चेकअप सुविधा ल्याइए…
इन्स्टाग्राममा अप्रत्याशित रूपमा अनावश्यक र हिंसक सामग्री देखिन थालेपछि प्रयोगकर्ताहरू चिन्तित
थुप्रै इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफ्नो फिडमा अचानक नट स्यूटेबल फर वर्क (एनएफएसडब्लु अर्थात अनावश्यक सामग्री) र हि…
ब्राजिलको सर्वोच्च अदालतद्वारा एक्सलाई १.४ मिलियन अमेरिकी डलर जरिवाना
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिले ट्विटर) लाई ८.१ मिलि…
इन्स्टाग्राममा नयाँ डीएम फिचर : अब मेसेज ट्रान्सलेसन, सेड्युलिङ, पिन, र म्युजिक सेयरिङ सजिलो
इन्स्टाग्रामले बुधबार डायरेक्ट मेसेज (डीएम) का लागि नयाँ फिचरहरू घोषणा गर्यो । यी नयाँ फिचरहरू आएपछि प्रयोगकर्ताहरूले १ः१ च्याट…
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने, पूराना पनि डिलिट हुँदै
अब फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभन्दा बढी स्टोर नहुने भएका छन् । मंगलबार फेसबुकले फेसबुकमा लाइभ गरिएका भिडियो ३० दिनभ…
इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने
इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ । उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री…
ह्वाट्सएपको 'भ्यू वान्स' बग सुधार, अब पठाइएको सामाग्री बारम्बार हेर्न मिल्दैन
ह्वाट्सएपले अगस्ट २०२१ मा तस्वीरहरू र भिडियोहरूको लागि ’भ्यू वान्स’ फिचर सार्वजनिक गरेको थियो र डिसेम्बर २०२३ मा यस…