कीवर्डहरू -

इभेन्ट

ग्यालेक्सी एस नाइन सार्बजनिक गर्ने सामसुङको तयारी

विश्व प्रख्यात स्मार्टफोन कम्पनि सामसुङले यहि २०१८ को फेब्रुअरीमा मोबाइल वर्ल्ड कंग्रेसमा एस सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी एस ९ सार्बजनिक गर्ने पूर्व तयारी गरेको छ । यो नयाँ स्मार्टफोन फोन एस ८ पछाडीको अर्को फ्ल्यागशिप मोडेल हो । साथै सामसुङले उक्त मोबाइल मेलामा एस ९ र एस ९ प्लस गरेर दुईवटा मोडेल सार्बजनिक गर्ने अनुमान गरिएको छ ।

भर्खरै सम्पन्न सीइएस २०१८ को प्रेस मीटमा सामसुङका मोबाइल कम्युनिकेसन बिजनेस प्रमुख डीजे कोले कम्पनिको २०१८ को पहिलो फ्ल्याग्शिप फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्बजनिक गरिने बताएका छन् । त्यस्तै सामसुङको आउदै गरेको यो नयाँ फ्ल्याग्शिप मोडेल एप्पलको नयाँ फ्ल्याग्शिप आइफोन १० संग प्रतिस्पर्धा गर्नेछ ।

कम्पनिले आधिकारिक रुपमा उक्त फोनको बारेमा केहि नखुलाएको भएतापनि एस नाइनबारे आएका विभिन्न समाचारका अनुसार कम्पनिले एस ९ र् एस ९ प्लस फेव्रुआरीको २६ मा सार्बजनिक हुनेछ र मार्चको ३ देखि फोनका लागि प्रि-अर्डर खुलाइने जनाइएको छ त्यस्तै,मार्चको १६ बाट भने उक्त फोन बजारमा बिक्रिका लागि आउने छ ।

साथै विभिन्न समाचारका माध्यमहरु मार्फत बाहिरिएको जानकारी अनुसार गत बर्षको स्मार्टफोन ग्यालेक्सी एस ८  र एस ८ प्लसमा जस्तै अब सार्बजनिक हुने ग्यालेक्सी एस ९ र एस ९ प्लसमा पनि एउटै क्यापासिटिको ब्याट्री प्रयोग भएको जनाइएको छ । थप दुवै स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८४५ को प्रोसेसर प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । ग्यालेक्सी एस ९ मा भने सिंगल रियर क्यामेरा तथा ग्यालेक्सी एस ९ प्लसमा भने डुअल क्यामेरा मोडुल राखिएको हुन सक्ने बताईएको छ ।

इभेन्ट

शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा

अघिल्लो बर्ष सार्बजनिक भएको शावमिको बेजेल लेस स्मार्टफोन मि …

आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट

यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले  मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्…

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …

ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस

छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म  धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…

सामसङले  अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा

 केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…

अनरले  सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'

हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…

सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस

सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा  ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन  ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस  (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…

शाओमीको एमआइ ए१ अब नेपाली बजारमा

नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त  क्रमलाई निरन्तरता दि…

शाओमिको \'एमआइ ४ के एक्सन क्यामेरा\' अब नेपाली बजारमा उपलब्ध

केहि समय अघि मात्र नेपाली बजारमा आफ्नो व्यापार शुरु गरेको शाओमी ब्रान्डले नेपाली बजारमा धेरै प्रकारका उपकरणहरु लन्च गरिसकेको छ ।यसैक्रममा शाओमीको ' एमआइ…

नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल

विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…