इभेन्ट
ऑर्टिफीशियल इंटेलीजेंस क्यामेरा सहितको अनर १० सार्वजनिक
हुवावेले यो बर्ष २०१८ शुरुवातमा पी २० र पी २० प्रो लन्च गरेको थियो । अहिले हुववेको सब ब्राण्ड अनरले आफ्नो २०१८ को आफ्नो फ्ल्यागशिप अनर १० चीनमा लन्च गरेको छ । अनरको उक्त फोन ग्लोबली अर्को महिना उपलब्ध हुनेछ ।
अनर १० को ६४ जीबी र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य क्रमश २५९९ युआन र २९९९ युआन तोकिएको छ । यो फोनले अब लन्च हुनेवाला वानप्लस ६ सँग प्रतिष्पर्धा गर्ने छ । अनर १० मा ५.८४ इन्चको फुल एचडी डिस्प्ले छ साथमा २२८०/१०८० एलसीडी रेजोलुसन छ ।
अनरको यो नयाँ फ्ल्यागशिप मोडलमा फ्रन्ट र रियरमा एआइ क्यामेरा दिएको छ । उक्त फोन बजारमा पर्पल , ब्ल्याक,ब्लु र ग्रे कलर विकल्पमा उपलब्ध हुनेछ । फोनमा हाइसिलिकन किरिन ९७० ओक्टा-कोर प्रोसेसर सँगै ६ जीबी र्याम र १२८ जीबी रोम दिईएको छ । डिभाइसले लेटेस्ट ओएस एन्ड्रोइड ओरियोमा कम गर्छ ।
अप्टिक्सको कुरा गर्दा फोनमा १६ एमपीको आरजीबी सेन्सर र २४ एमपीको मोनोक्रोम सेन्सर दिएको छ । साथै सेल्फीको लागि २४ एमपी सेन्सर छ ।फोनमा ३४०० एमएएचको ब्याट्री दिइएको छ । यसको ब्याट्रीले सुपर फास्ट चार्जिंङ सपोर्ट गर्दछ ।
इभेन्ट
देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक
तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…
एक दिने साइबर सेक्युरिटी सेमिनार हुँदै
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युर…
सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा …