इभेन्ट
“७ दिन ७ विशेषता” का साथ हाम्रो पात्रोको ‘मेगा अपडेट’
काठमाण्डौ २८, फाल्गुण । हरेक नेपालीको मोबाइल सहयात्री हाम्रो पात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ खुशीका सौगात सहितका अनेक नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ ।
गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रो पात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने खुबी राख्दछ । हाम्रो हरेक अपडेटमा अनेक खुशी साट्ने, अनेक जिज्ञासा राख्ने, थुप्रै विचारोत्तेजक प्रश्न, प्रतिक्रिया राख्ने लाखौं लाख प्रयोगकर्ताहरुप्रति आभारी रहेको हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतिले बताए ।
यो पल्ट पस्किएको २१ औं शताब्दिको अनेकौं विशेषता सहितको नयाँ हाम्रोपात्रो प्रयोगकर्ताहरुलाई मनपर्ने बिश्वास लिएको उनको भनाइ छ ।
उप्रेतिले भने “१० वर्षअघि मैले आफ्नो व्यक्तिगत सोख तथा आवश्यक्ताका लागि नेपाली क्यालेण्डरका तिथीमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरीकास्थित केही साथीहरुका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासहरुलाई यहाँहरुले क्रमशः मलजल गर्दै जानुभो र निरन्तर हामीले यसमा गोडमेल गरी रह्यौं ।“
यस्तो छ हाम्रो पात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरुः
१
)
स्थानीय
भाषाका
साथमा
हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ । नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अब लाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न सक्नुहुनेछ ।
नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन् । आउँदा दिनहरुमा नेपालभाषा लिपी समेतको हाम्रो पात्रो सार्वजनिक गर्ने भएको छ ।
२
)
दिन
तथा
रात
थिमका
साथ
प्रयोग सहजतामा प्रभावकारी लाईट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो । अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन् ।
३
) हाम्रो भिडियो
विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधा सहित भिडियोको नयाँ डिजाईजन राखिएको यो सुविधा तपाईँलाई मनपर्नसक्छ ।
यूट्यूबमा बिभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतिको विषय हो ।
आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ । त्यसका लागि “Spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु समावेश हाम्रो भिडियोको विशेषता हो ।
४
) नोट/टिपोट
हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट । आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोट/टिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ ।
यो सुविधा प्रयोग गर्नका लागि तपाईंले हाम्रो पात्रो लग-ईन गरेको हुनुपर्छ र यो लग-ईन अत्यन्त सहज छः ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिनेछ ।
नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ । अब तपाईँका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र ‘नेपाली टाईम’को आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ ।
मोबाईल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रोपात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेख्नुभएको नोट / टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउनेछैन । तपाईँको विभिन्न इभेन्ट प्लान / गतिविधि व्यवस्थापन गर्नका लागि G-mail, Twitter अथवा Facebook बाट हाम्रोपात्रो लग-ईन गरीसकेपछि राख्नुभएका नोट / टिपोट तपाईँले प्रयोग गर्ने जुनसुकै Android फोनमा पहिले लग-ईन गरीएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरु यथास्थानमैं देखिनेछन् ।
५
) समाचार सर्च तथा ट्रेण्डिङ समाचार
यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिगं विषयको सुविधा । आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिगं विषयहरुमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ । सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेशनले दिएको छ ।
६
) न्यूज पर्सनलाईजेशन
यहाँहरुको व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरु यहाँहरु सामु पस्कँदै आएको र समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ । अब हाम्रो पात्रोमा तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सक्नुहुनेछ ।
७
) दैनिक नोटिफिकेशन हिस्ट्रि
हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरु हिष्ट्रिमा पछि समेत हेर्नमिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ । दिनहूँका नोटिफिकेशन हिस्ट्रिमा बस्ने समाचारको सूची आज मात्रको हुने हैन पुराना समाचारका नोटिफिकेशनहरु पनि क्रमैअनुसार तपाईँको मोबाईलमा रहीरहनेछ ।
अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिईराख्नु पर्दैन । यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनैपनि अपडेट तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुनेछ ।
हाम्रो पात्रोको यस मेगा अपडेट अन्तर्गतको ‘७ दिन ७ विशेषता’ले तपाईँको स्मार्ट जीवनलाई स्मार्ट दैनिकीमा सहयोगी साथी बन्न सक्छ । यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया play store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला ।
इभेन्ट
नुबियाको भिडियो र फोटो खिच्न मिल्ने स्मार्टवाच
चाइनिज कम्पनी जेडटिईको सहायक कम्पनी नुबियाले निकै अचम्म लाग्दो स्मार्टवाचको सार्वजनिक गरेको छ । फोल्डिंग स्मार्टफोन र वेयरएवलको प्रतिस्पर्धा चलिरहेको …
यस्तो डिजाइनमा आउँदैछ भीभो भी १५ प्रो, ३२ मेगापिक्सेलको पप–अप सेल्फी क्यामेरा
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता भीभो आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिल…
ह्वावे नोभा फोर नेपालमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन, मूल्य ६४ हजार ९ सय
काठमाण्डौँ– ह्वावेले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर ल्याएको छ । यो पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन रहेको बताइए…
स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा
काठमाडौं, २८ माघ – के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रा.ली, नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटर स…
फेसबुकले ल्यायो म्यासेज डिलिट गर्ने नयाँ फिचर
अब तपाईले पठाएका म्यासेजहरु मेसेन्जरमा डिलिट गर्न सक्नु हुन्छ । मेसेन्जरमार्फत पठाएको म्यासेज, फोटो, भिडियो लगायतका सामग्री डिलिट गर्न सक्ने गरी फेसबुकले नया…
सामसुङले अहिलेसम्मकै सबैभन्दा सस्तो मोबाइल बजारमा ल्याउदै
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्प…
सामसुङको फोल्डेबल मोबाइल बजारमा आउदै
काठमाडौँ । दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले फोल्डेबल मोबाइल बजारमा ल्याउने तया…
ओप्पोको ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक
चिन । ओप्पोले आधिकारिक रुपमा विकसित ईन्टेलिजेन्ट एसिस्टेन्ट ‘ब्रिनो’ सार्वजनिक गरेको छ । यसमा सम्व…
मेइजु जिरो : कुनै बटन र पोर्ट नभएको पहिलो स्मार्टफोन
मेइजु कम्पनीले मेइजु जिरो स्मार्टफोनको जानकारी र तस्विरहरु सार्वजनिक गरेको छ । यसमा बटन नहुने, स्पिकरको लागि ग्रिल नहुने…
ट्वीटरले आफ्नो नयाँ फिचर अर्को हप्तादेखि परीक्षण गर्दै
ट्वीटरले ‘ओरिजीनल ट्वीटर’ ट्याग नामक नयाँ फिचर परीक्षणमा ल्याउने भएको छ । यस फिचरका अनुसार जसले ट्वीट्स थे्रड सुरु गरेको …
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध
ब्रदर एचएल–२३२०डी लेजर प्रिन्टर नेपाली बजारमा उपलब्ध छ । यो पर्सनल तथा अफिस प्रयोगक…
गोप्रो हिरो ७ का ३ मोडलका क्यामेरा नेपाली बजारमा
गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताका लागि नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तीनवटा भर्शनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक…
भीभोले नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु लन्च गर्ने, वाई ९१ आई, वाई ९१ र वाई ९५ आउँदै
काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही जनवरीको अन्तिम साता…
नेपालमा ओप्पो एफ९ जेड ग्रिन एडिसन सार्वजनिक
काठमाडौं । सेल्फी एक्स्पर्ट ओप्पो स्मार्टफोनको एफ९ अन्तर्गत नयाँ लिमिटेड एडिसन सार्वजनि…