कीवर्डहरू -

प्रदर्शनी

आजदेखि कान्तिपुर सिटी कलेजमा केसीसी एक्जिबिट, ४० बढी विद्यार्थीका परियोजनाहरू प्रदर्शनी हुने

पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KCC Exhibit 2025’ आजदेखि काठमाडौंको पुतलीसडकस्थित कलेज परिसरमा आयोजना हुँदैछ । 

साउन १६ र १७ गते सञ्चालन हुने केसीसी एक्जिबिटको नारा “Innovate, Exhibit, Inspire” दिइएको छ । यो दुईदिने कार्यक्रमले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक क्षमतालाई उजागर गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्रबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शनमा हुनेछन् । जसमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), वेब तथा मोबाइल एप्लिकेसन, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडल, ट्राफिक व्यवस्थापन प्रणाली, भूकम्प प्रतिरोधी संरचनाजस्ता विषय समावेश गरिनेछन्। यस्ता परियोजनाहरूले नेपालमा प्राविधिक नवप्रवर्तनको सम्भावना र विद्यार्थीहरूको व्यावहारिक ज्ञान प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछन्।

त्यस्तै, व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत बीबीएका विद्यार्थीहरूले सञ्चालन गर्ने ५ भन्दा बढी खाना स्टलमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिनेछ। यसले विद्यार्थीहरूको उद्यमशीलता विकासमा सघाउ पुर्‍याउनुका साथै आगन्तुकहरूलाई फरक स्वाद अनुभव गराउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सांस्कृतिक पक्ष पनि आकर्षक बनाइएको छ। प्रदर्शनीका दौरान चर्चित गायिका एञ्जिला रेज्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे)को विशेष प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत सांगीतिक प्रस्तुतीहरूले माहोललाई झनै रंगीन बनाउने छन्।

केसीसी एक्जिबिटको उद्घाटन आज बिहान ९ बजे कलेज परिसरमै हुनेछ। उक्त समारोहको अध्यक्षता कलेजका अध्यक्ष सुमन कटवालले गर्नेछन् भने प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ रहनेछन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथि रहनेछन्। अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे, व्यवस्थापन संघ (MAN) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, प्राचार्य राजु कट्टेल, र कार्यक्रम संयोजक इ. रवि श्रेष्ठ रहने छन् ।

दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षित गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन्। प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न सशक्त मंच प्रदान गर्नुका साथै नेपालमा नवप्रवर्तन र उद्यमशीलताको संस्कृति विकासमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ।

प्रदर्शनी

एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने

राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन प्रदर्शनी सम्पन्न

सेन्ट जेभियर्स कलेजले आयोजना गरेको २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सम्पन्न भएको छ । कलेजको सामाजिक सेवा, वातावरण र प्…

सागर ग्रुपको आईटी एक्सपो सुरू, अवलोकनकर्तालाई छुटदेखि ल्यापटप जित्नेसम्म मौका

माघ २३ गतेदेखि सागर ग्रुपको कर्पोरेट हाउस कलंकीमा प्रविधि मेला अर्थात आईटी एक्सपो सुरू भएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने यस…

माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने

आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…

माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला

क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …

काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने

सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सह…

माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …

भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?

मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…

कात्तिक २९ र ३० गते काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने

देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ…

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न

टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथ…

यस्तो छ एआई, रोबोट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (भिडियोसहित)

आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्…

एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्…

एआई,रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी टेक एक्स २०२४ साउन १५ गतेदेखि हुने

सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्…

क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल&r…