प्रदर्शनी
निमा एजुकेसनको राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता कोडेभर सम्पन्न
निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ ।
माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआईदेखि रोबोटिक्ससम्मका परियोजना तयार पारेर प्रदर्शन गरेका थिए ।
प्रतियोगिता विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्ने र एक अर्काबाट सिक्ने अवसर पाएको निमा एकेडेमीले जनाएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीलाई सात विधामा ११ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको अवार्डका रूपमा काठमाडौँ न्यु क्यासल स्कुलले ओम्नी ह्विल चेयर परियोजनाले नगद पुरस्कार ५ हजार पाएको थियो ।
यस्तै बेस्ट डिजाइन अवार्डका रूपमा एसिया प्यासिफिक स्कुलको आवास संरक्षण परियोजनाले ५ हजार, इन्टेलिप्याड परियोजनाका लागि लुम्बिनी वर्ल्ड स्कुलले बेस्ट आइडिया अवार्डका रूपमा ५ हजार, समृद्धि स्कुलको रेस्क्यु बोट परियोजनाले उत्कृष्ट प्रविधिको अवार्डसहित ५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो ।
बेबिलोन नेसनल स्कुलको किसान साथी परियोजनालाई उत्कृष्ट सहरी योजना पुरस्कार ५ हजार र अडियन्स च्वाइस अवार्डका रूपमा डियरवाक सिफल स्कुलका दीक्षान्त पाण्डेको प्रोजेक्ट गफ जिपिटीलाई ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरी ट्रयाक १ मा एआई रोबो सिटी च्यालेन्ज अन्तर्गत पहिलो भएको एसिया प्यासिफिक स्कुलको स्मार्ट कृषि परियोजनालाई २५ हजार, दोस्रो भएको दरबार हाई स्कुलको जेनराइड ह्विल चेयर परियोजनालाई १५ हजार र तेस्रो भएको एसिया प्यासिफिक स्कुलको सडक सुरक्षा परियोजनालाई १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
ट्रयाक २ मा पहिलो भएको रिलायन्स पब्लिक स्कुलले ५ हजार र दोस्रो भएको एसिया प्यासिफिक स्कुलले ३ हजार रूपैयाँ पुरस्कार पाएको थियो ।
प्रतियोगितामा पुरस्कृत परियोजनाका सहभागी विद्यार्थीहरूले दुबईमा हुन लागेको कोडेभर ५.० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र यहाँका विद्यालयहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्, जहाँ २३ भन्दा बढी राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने छन् ।
यस प्रतियोगिताले सहभागीहरूलाई एक अर्काबाट सिक्ने, विचारहरू आदानप्रदान गर्ने र एक अर्कालाई प्रविधिसम्बन्धी आ-आफ्ना खोज तथा अन्वेषणलाई निरन्तरता दिन प्रेरित गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको निमा एकेडेमीको भनाइ छ ।
निमा एजुकेसन फाउन्डेसनको पहलमा पहिलो पटक क्षेत्रीय प्रतियोगिताको रूपमा नेपालमा कोडेभर आयोजना भएको थियो ।
प्रदर्शनी
माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल
२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…
फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने
माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …
भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट
भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…
भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा
भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…
असोज तेस्रो साता काठमाडौंमा सय बढि स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी हुँदै
असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टि…
भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी
भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रि…
सफ्टवेरिका कलेजको स्मार्ट प्रविधि प्रदर्शनी ‘टेक एक्स २०२३’ सम्पन्न, १० हजार बढीको अवलोकन
सफ्टवेरिका कलेजले जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना गरेको स्मार्ट प्रविधि सम्बन्धी …