कीवर्डहरू -

प्रदर्शनी

एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)

नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् । 

असार २९ गते शनिबार कलेज प्रांगनमा आयोजना भएको परियोजना प्रदर्शनीमा कम्प्युटर ईन्जिनियर, सफ्टवेयर ईन्जिनियर, आईटी ईन्जिनियर, सिभिल ईन्जिनियरिङ र बीसीए अन्तिम वर्षमा पढ्ने विद्यार्थीले तयार पारेका परियोजनाहरू प्रदर्शनी भएका थिए । 

प्रर्दशनीमा ई-कमर्स साइट, सोसल प्रोजेक्ट, पब्लिक ट्रान्सपोर्ट सोलुसन, एयर क्वालिटी मोनिटरिङ, वेस्ट म्यानेजमेन्ट, ग्रीन बिल्डिङ, स्मार्ट पार्किङ, लेन्डिङ एप लगायतका परियोजनाहरू राखिएका थिए । 

परियोजना प्रदर्शनी कार्यक्रमले विद्यार्थीहरूलाई प्रोत्साहन मिल्नुका साथै तयार पारेका परियोजनाहरूमा थप सल्लाह सुझाव प्राप्त गर्न सघाउने एनसीआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले बताए । 

‘परियोजना प्रदर्शनीमा सहभागी २० बढी विद्यार्थीहरूले आफ्नै स्टार्टअप समेत सुरू गरेका छन्,’ उनले भने, ‘एनसीआईटीका विद्यार्थीले उद्योगको मापदण्ड अनुसार नै परोजना तयार पारेका हुन्छन् । उनीहरूले आफ्नो बिजनेस, स्टार्टअप नै गर्न सक्छन् ।’

यस्तै एनसीआईटी कलेजका प्रोजेक्ट कोअर्डिनेटर रोशन चित्रकारले विद्यार्थीलाई एकेडेमीक उपलब्धितामा मात्रै सिमित नराखेर परियोजना प्रदर्शनीमार्फत प्रयोगात्मक अभ्यासमा जोड दिएको बताए । 

प्रदर्शनी अवलोकनका लागि विज्ञ, आईटी कम्पनी, प्लस टुका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

null

 

प्रदर्शनी

काठमाडौं विश्वविद्यालयमा आयोजना भएको ईपेक्स मेला सम्पन्न, २ हजार बढीले गरे अवलोकन

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने ईपेक्स मेला यस वर्ष पनि आयोजना गरेको छ ।&nb…

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना भएको छ । फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज …

लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै

लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिन…

निमा एजुकेसनको राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता कोडेभर सम्पन्न

निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रत…

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एक…

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रे…

भोलिदेखि पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू हुँदै, यस्ता छन् आकर्षण

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्…

माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…

फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …

भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने

माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …

भिरिञ्ची कलेजमा सुरू भयो ३ दिने आईसीटी मेला, यस्ता छन् विद्यार्थीले बनाएका आईटी प्रोजेक्ट

भिरिञ्ची कलेजमा बिहीबारदेखि ३ दिने आईसीटी मेला ४.० सुरू भएको छ । पुस १२ गतेदेखि सुरू भएको मेला पुस १४ गते शनिबारसम्म सञ्चा…

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…

असोज तेस्रो साता काठमाडौंमा सय बढि स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी हुँदै 

असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टि…

भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रि…

सफ्टवेरिका कलेजको स्मार्ट प्रविधि प्रदर्शनी ‘टेक एक्स २०२३’ सम्पन्न, १० हजार बढीको अवलोकन 

सफ्टवेरिका कलेजले जुलाई २७ देखि जुलाई ३० सम्म आयोजना गरेको स्मार्ट प्रविधि सम्बन्धी …