कीवर्डहरू -

प्रदर्शनी

एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा

विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टिमपेडियासँगको सहकार्यमा स्किल्सअप ले यही माघ २६ गते ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा सञ्चालन हुने प्रतियोगितामा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट करिब ५०० विद्यार्थी सहभागी हुनेछन्। 
प्रतियोगितामा सहभागी विद्यार्थीहरू ७ देखि १८ वर्ष उमेर समूहका हुनेछन्, जसलाई इलिमेन्टरी, जुनियर र सिनियर गरी तीन वर्गमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ।

प्रतियोगिताका ट्र्याकहरूमा इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ रहेका छन्। विद्यार्थीहरूले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती तथा रोबो फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन्।

प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टम लगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको–इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा रहनेछन्।

आयोजकका अनुसार प्रदर्शनीलाई २,५०० भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। स्किल्सअपले प्रतियोगिताको उद्देश्य प्राविधिक उत्कृष्टता प्रोत्साहन गर्नु, सिद्धान्त र अभ्यासबीचको दूरी घटाउनु, स्थानीय प्रतिभाको पहिचान गर्नु तथा विद्यार्थीहरूमा उद्यमशील सोच विकास गराउनु रहेको जनाएको छ।

प्रतियोगिताका विजेताहरूका लागि कुल १० लाख रुपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ। साथै, प्रतियोगिताबाट छनोट हुने शीर्ष २०–२५ टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

राष्ट्रिय प्रतियोगिताअघि स्किल्सअपले विभिन्न विद्यालयहरूसँग सहकार्य गर्दै सहभागी विद्यार्थीहरूका लागि विशेष बुटक्याम्प तालिम पनि सञ्चालन गरेको जनाएको छ।
 

प्रदर्शनी

भोलिदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि 

बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ गते बिहीबारदेखि २७ गते शनिबारसम्म

सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न, स्टार्टअप र इन्नोभेसनहरूको भव्य जमघट

दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ काठमाडौंको बत्तिस…

भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी

कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिक…

टिग नास आईटी एक्सपो २०२५ सम्पन्न: सहकार्य, नवप्रवर्तन र प्रवर्द्धनमा जोड

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (NAS-IT) द्वारा आयोजित ‘

टिग नास आईटी एक्सपो २०२५ को आज अन्तिम दिन, प्रविधिप्रेमीहरूलाई अवलोकन गर्न आग्रह

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT)  को आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २…

सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने

स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…

कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य

आगामी कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना हुने भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (ना…

कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै

नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । &…

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबोटिक्स लगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरु)

टेक एवं बिजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा, २०२५’ काठमाडौंमा चलिरहेको छ ।

सुरू भयो केसीसी एक्जिबिट २०२५, प्रदर्शनीमा ४० बढी विद्यार्थीका आईटी परियोजनाहरू

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले आयोजना गरेको ‘KCC Exhibit 2025’ सुरू भए…

आजदेखि कान्तिपुर सिटी कलेजमा केसीसी एक्जिबिट, ४० बढी विद्यार्थीका परियोजनाहरू प्रदर्शनी हुने

पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले यस वर्षको प्रतिष्ठित प्रविधि र शैक्षिक प्रदर्शनी ‘KC…

साउन १६ र १७ गते केसीसी एक्जिबिट, विद्यार्थीहरूका नवीन आईटी परियोजना देख्न पाइने

कान्तिपुर सिटी कलेज (KCC) ले आगामी साउन १६ र १७ गते दुई दिने ‘केसीसी एक्जिबिट २०२५’ आयोजना गर्ने भएको छ । …

असार ३२ गतेदेखि सफ्टवेयरिका कलेजमा चारदिने ‘टेकएक्स एलिभेट’ हुँदै, यस्ता छन् आकर्षण

सफ्टवेरिका कलेजले जुलाई १६ देखि १९ सम्म अर्थात असार ३२ गतेदेखि साउन ३ गतेसम्म ‘

टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…