प्रदर्शनी
टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न
नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ सम्पन्न गरेको छ ।
यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोडशो हो, जसले नेपाललाई आईटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस ऐतिहासिक पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ ।
रोडशो अन्तर्गत नेपालका आईटी तथा आईटीईएस कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एण्ड आउटसोर्सिङ वीक (एसएसओडब्लू) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पेभिलियन प्रस्तुत गरिएको थियो ।
नेपाल पेभिलियनले नेपालका प्रमुख प्रविधि कम्पनीहरूलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भएको छ । नेपाल पेभिलियनमा नेपालका ६ वटा अग्रणी प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी, र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरे ।
यी नेपाली कम्पनीहरू Capgemini, SAP, Infosys, IBM, Cognizant, PwC, Wipro, FlexTecs, TCS, HCL जस्ता विश्वप्रसिद्ध प्रविधिमुखी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै नेपाललाई ठूलो लगानीका लागि तयार गन्तव्यका रूपमा स्थापित गरेका छन् । टेक पीक नेपालः ओर्लान्डो २०२५ मा नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गरेका थिए ।
टेक पीक नेपालः ओर्लान्डो २०२५ ले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धी हासिल गरेको परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताए । यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उनको भनाइ छ । उनले भने, ‘यो सुरुवात हो, हामी नेपाललाई एक अग्रणी आईटीईएस हबका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौं ।’
एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए । यस रोडशोले सिर्जना गरेका अवसरहरूले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने विश्वास व्यक्त गरे ।
एसएसओडब्लू सम्मेलन २०२५ मा एक हजार भन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो, जसले नेपाली प्रविधि कम्पनीहरूलाई सम्भावित अन्तर्राष्ट्रिय ग्राहक, लगानीकर्ता, तथा रणनीतिक साझेदारहरूसँग सम्पर्क गर्ने अभूतपूर्व अवसर प्रदान गरेको थियो ।
टेक पीक नेपालः ओर्लान्डो २०२५ को प्रमुख उद्देश्य नेपाललाई एक भरपर्दो र प्रतिस्पर्धी आईटीईएस तथा आउटसोर्सिङ गन्तव्यका रूपमा स्थापित गर्नु हो । यस रोडशोले नेपालको डिजिटल रूपान्तरण यात्रामा महत्वपूर्ण कोशेढुंगा स्थापित गर्दै विदेशी लगानी प्रबद्र्धन, रोजगारी सिर्जना तथा अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्न मद्दत गरेको परिसंघको विश्वास छ ।
प्रदर्शनी
माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने
आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरण…
माघ २४ देखि राजधानीमा क्यान इन्फोटेक २०२५ हुने, प्रायोजक एवं स्टल बुकिङ खुला
क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करण …
काठमाडौँ विश्वविद्यालयमा इपेक्स हुँदै, आईटी र उर्जा सम्बन्धि परियोजनाहरू प्रदर्शनी हुने
सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स र काठमाडौँ विश्वविद्यालयको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको सह…
माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?
मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…
बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…
कात्तिक २९ र ३० गते काठमाडौंमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै, सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने
देशैभरीका डिजिटल स्टार्टअपहरुको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुने भएको छ । लिभिङ…
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न
टेकस्पायर कलेजमा आयोजना भएको इन्नोभेट एक्सपो २०२४ सम्पन्न भएको छ । रोबोटिक्सको क्षेत्रमा काम गरिरहेको कम्पनी खुड्किलाको आयोजना तथ…
यस्तो छ एआई, रोबोट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स’ (भिडियोसहित)
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्शनी ‘टेक एक्स २०२४’ मा विद्यार्…
एआई, रोबाेट र साइबर सुरक्षासम्बन्धी प्रदर्शनी ‘टेक एक्स, २०२४’ सुरु, प्रवेश नि:शुल्क
सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्शको आयोजनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबाेट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरुको प्रदर्…
एआई,रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी टेक एक्स २०२४ साउन १५ गतेदेखि हुने
सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्…
क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल&r…
एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् ।
एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार असार २९ गते विद्यार्थीहरूले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुने भए…
नास आईटीको नेतृत्वमा १४ नेपाली आईटी कम्पनी लण्डन टेक विकमा सहभागी हुँदै
नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले १० जुनदेखि १४ जुनसम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा स…