फिनटेक
वैशाखमा मोबाइल बैंकिङ सेवा वृद्धि हुदा अरु सबै विद्युतीय कारोबार घटे
वैशाख महिनामा अधिकांस विद्युतीय कारोबारमा कमी आएको छ। मुलुकमा विद्युतीय कारोबार वृद्धि भइरहेको बेलामा दोस्रो पटकको लकडाउन सुरु भएको महिनामा चैतमा भन्दा कारोबार घटेको हो ।
अधिकांस विद्युतीय माध्यमका कारोबार घटेको बेला मोबाइल बैंकिङको कारोबार भने केही मात्रामा बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकअनुसार चैत महिनामा भन्दा मोबाइल बैंकिङ कारोबार वैशाखमा बढेको छ ।
तथ्यांकअनुसार ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँको मोबाइल बैंकिङ कारोबार भएको छ । यो चैत महिनाको २३ करोड ५० लाख रुपैयाँले बढी हो । चैत महिनामा मोबाइल वैंकिङबाट ४८ अर्ब ६५ करोड ५२ लाख रुपैयाँको कारोबार भएको थियो ।
मोबाइल बैंकिङको कारोबारसँगै यसको भुक्तानी संख्या (ट्रान्जेक्सन नम्बर) मा पनि वृद्धि भएको छ । चैत महिनामा मोबाइल बैंकिङको ट्रान्जेक्सन संख्या १ करोड १० लाख ४७ हजार ४ सय ७४ रहेकोमा वैशाख महिनामा १ करोड १६ लाख १६ हजार ५ सय ६६ पुगेको छ ।
यो महिना एटिएम, कनेट आईपीएस, इन्टरनेट वैंकिङ, मोबाइल वालेट, क्युआर कोड, पिएसओ, इकमर्शलगायतका माध्यमबाट हुने विद्युतीय भुक्तानी घटेको छ ।
लकडाउनका कारण बजार बन्द भएसँगै वैशाख महिनामा क्युआर कोडबाट हुने भुक्तानी घटेको छ । चैतमा २ अर्ब ७२ करोड २० लाखको क्युआर कोडबाट भुक्तानी भएकोमा बैशाख महिनामा २ अर्ब ५२ करोड ९० लाखको भुक्तानी भएको छ ।
त्यस्तै, मोबाइल वालेटबाट हुने भुक्तानी चैतमा ११ अर्ब २ करोड १० लाख रुपैयाँ भएकोमा वैशाखमा १० अर्ब १० करोड ६० लाख भएको छ ।
त्यस्तै, इन्टरनेट बैकिङबाट हुने कारोबार १० अर्ब २१ करोड ५० लाखबाट १० अर्ब ८ करोडमा झरेको छ । त्यस्तै, पछिल्लो समय उच्च कारोबार गरिरहेको कनेट आईपीएसबाट हुने भुक्तानी पनि वैशाख महिनामा घटेको छ ।
तथ्यांकअनुसार चैतमा २ खर्ब ११ अर्ब ४३ करोड २० लाख रुपैयाँको भुक्तानी भएकोमा वैशाखमा १ खर्ब ७३ अर्ब ८७ करोड ९० लाखको कारोबार भएको छ ।
त्यस्तै, आटीजीएस, इसीसी, डेविट कार्ड, क्रेडिट कार्डबाट हुने भुक्तानीमा पनि कमी आएको छ ।
फिनटेक
अनलाइन भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता पाइने
क्युआरकोड, विभिन्न कार्ड सबै किसिमका विद्युतीय माध्यमबाट भुक्तानी गरी सेवा तथा वस्तु…
आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने
विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…
एनसेललाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति
निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले पनि भुक्तानी सेवा प्रदायकको संचाल…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
क्रिप्टोकरेन्सीमा पहिरो : यी हुन मुख्य दुई कारण
विगत केही महिनादेखि निकै उत्साहरुपले बजार पुँजीकरण बढाएको क्रिप्टोकरेन्सी बिटकोईनमा गएको बुधबारका दिन निकै ठूलो…
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट पहिलो कारोबार गर्दा सय रूपैयाँ क्यासब्याक पाइने
महालक्ष्मी विकास बैंकले २७ औं बार्षिकोत्सवको अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्…
नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीमा जोडियो टेलिकमको नमस्ते पे
नेपाल डिजिटल पेमेन्ट कम्पनी (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस बीच डिजिटल भुक्तानीक…
उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …
उच्च कारोबार गरिरहेको कनेक्ट आइपिएसमा जोडिने बैंक खाता साढे ६ लाख बढी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडाउन भइरहेको बेला विद्युतीय कारोबार अझ बढिरहेको …
सवारी साधनकाे किस्ता अब खल्तीबाटै, किस्ता तिर्दा ५ हजार रूपैयाँ जित्ने मौका
सवारी साधन खरिद गर्ने ग्राहकले अटाेलाेनकाे भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइन…
चैत महिनामा मोबाइल वालेटबाट ११ अर्ब बढीको भुक्तानी
मुलुकका डिजिटल भुक्तानीमा वृद्धि भइरहेको बेला मोबाइल वालेटबाट एक महिनामा ११ अर्ब…
चैत महिनामा क्युआर कोडबाट २ अर्ब ७२ करोड बढीको कारोबार
मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबारमा वृद्धि भइरहेको छ । पछिल्लो समयमा तीव्र …
चैत महिनामा कनेक्ट आइपिएसबाट १ खर्ब ४१ अर्ब बढीको भुक्तानी
मुलुकका डिजिटल भुक्तानीबाट हुने कारोबार वृद्धि भइरहेको छ । कोरोना संक्रमणले लकडा…
इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच सम्झौता, अष्ट्रेलियाबाट इसेवामा पैसा पठाउन सकिने
इसेवा मनि ट्रान्सफर र अष्ट्रेलिया को रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच…
५ हजार २ सय संस्थालाई डिजिटल पेमेन्टमा जोड्न सफल महालेखा, मरासिनी भन्छन्- हामी छिट्टै पेपरलेस हुदै छौं
मुलुकमा डिजिटल भुक्तानी विस्तार भइरहेको बेला सरकारी निकायमा महालेखा नियन्त्रक कार्यालय (एफसिजिओ) अगाडि देखिएको छ …