ह्याकाथन
कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।
जुन १४ देखि १६ सम्म आयोजना भएको ३६ घण्टे ह्याकाथन कुशल र प्रभावकारी बिजनेस सोलुसन थिममा केन्द्रित रहेको थियो ।
कार्यक्रममा नेपालको विभिन्न ठाउँबाट २७ वटा टिमहरूको सहभागीता रहेको थियो । प्रत्येक टिममा चारदेखि पाँचजनाको सहभागीता रहेको थियो ।
आईएम ह्याकाथन क्लबले आयोजना गर्ने आईएस फेयर २०२४ को एउटा भाग हो । नेपालको डिजिटल रूपान्तरणलाई सघाउने गरी ग्रीन प्रविधि, सर्कुलर इकोनोमी, प्रडक्सन इफिसियन्सी, सप्लाई चेन म्यानेजमेन्ट, फाइनान्स लगायतमा देखिएका समस्यालाई समाधान गर्न आईएस फेयर आयोजना हुँदै आएको छ ।
३६ घण्टासम्म निरन्तर सञ्चालन भएको ह्याकाथनमा सहभागी टिमले हरित प्रविधि, गोलाकार अर्थव्यवस्था, प्रभावकारी उत्पादन, आपूर्ति श्रृंखला व्यवस्थापन, वित्त, वाणिज्य र बेरोजगारी जस्ता विषयवस्तुहरू सम्बोधन गर्ने परियोजनाहरू विकास गरेका थिए ।
ह्याकाथनमा रिमोट जीपीएस ट्रयाकिङ डिभाइस बनाउने युनाइटेड टेक क्लबको टिम प्रथम भएको थियो । यस्तै आईओटीमा आधारित टिडी टाउन एप्लिकेसन बनाउने टिम भिरिञ्ची दोस्रो भएको थियो । टिडी टाउन फोहरमैला व्यवस्थापन र ध्वनी प्रदुषण घटाउने प्रविधि हो ।
त्यसैगरी ह्याकाथनमा वृद्धको हेरचाह गर्न सघाउने प्लेटफर्म विकास गर्ने टिम वीरेन्द्र तेस्रो भएको थियो । प्लेटफर्ममा सजिलै हेरचाहकर्ता र मेडिकल प्रोसफेसनल बुकिङ गर्नेदेखि रिपोर्ट, रिक्रियन्सल लगायतका सुविधा थिए ।
ह्याकाथनले नेपाली विद्यार्थीहरूको प्रतिभालाई बाहिर ल्याउन सघाएको आयोजककको भनाइ छ ।
ह्याकाथन
सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी
सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०…
एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन
मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गर…
एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?
एक्सिलेरेटिङ स्यानिटेसन फर अल इन एसिया एण्ड द प्यासिफिकको एक हिस्साको रूपमा आयोजना…