समाचार
एभरेष्ट बैंकका कार्ड प्रयोगकर्तालाई एएसजी आइ केयरमा छुट
एभरेष्ट बैंक लिमिटेड र एएसजी आइ केयर हेल्थ सर्भिस नयाँबानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
उक्त सम्झौता लागू भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारिक सदस्यहरूले उक्त आँखा अस्पताल तथा भारतमा रहेको १४० शाखाबाट समेत दश प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । साथै पहिलो पटक रजिष्ट्रेशन तथा ओपिडी शुल्क नलाग्ने र एक पटकको लागि १५ दिनभित्रको फलो अप समेत निःशुल्क हुनेछ ।
सम्झौता समारोहमा बैंकका नायब महाप्रबन्धक गौरव कुमार, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक सञ्जीवकुमार ठाकुरको समेत उपस्थिति रहेको थियो ।
स्थापना कालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैकले देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
समाचार
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा क्यूआर भुक्तानीमा १७ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म …
इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयद…
ललितपुर महानगरपालिकालाई स्मार्टसिटीको रूपमा अगाडि बढाउन खोजेका छौः मेयर महर्जन
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने चाहना रहेको बताएका छन् ।
च्याटजीपीटीलाई लाग्यो कपिराइटको आरोप, ओपनएआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर
द न्यूयोर्क टाइम्सले गत बुधबार अमेरिकी अदालतमा ओपनएआई र माइक्रोसफ्ट विरुद्ध मुद्दा दायर गरेको छ ।
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्…
शीघ्र आवश्यक पर्नेलाई अब तीन दिनमै ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड प्रिन्ट हुने
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) शीघ्र आवश्यक पर्ने नेपाली नागरिकलाई तीन दिनभित्रै स्मार्ट कार्ड प्…
आइएमई पे र एजुकेशन पार्कबीच सम्झौता, तयारी कक्षामा ५० प्रतिशत छुट
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशन पार्कबिच आइईएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ…
प्रधानमन्त्री भन्छन् - आईटीका युवासँग नियमित संवादमा बस्छु, अवरोध गर्ने गाँठा फुकाउँछु
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरूसँग नियमित संवादमा बस्ने बता…
कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लगिँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्पनी रजिष्ट्रारको कार्यालयलाई पूर्ण स्वचालित प्रणालीमा लैजान लागेको बताएका छन् ।…
वैदेशिक रोजगारीको प्रक्रिया पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिदै छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीको प्रक्रियालाई पूर्ण अनलाइन गरी बैंकिङ प्रणालीसँग जोडिने बताएका …
अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने सरकारको तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताएका छन् ।
…चैतभित्र केन्द्रीयस्तरका सबै सरकारी कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चैतभित्र सबै केन्द्रीयस्तरका सरकारी कार्यालयहरूमा सूचना प्रविधिमा आधारित एकीकृत का…
एनसीएचएल र नेप्सबीच मर्जरको सम्झौता
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल ) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (ने…
च्याटजीपीटी चलाउन प्रयोग भएका इमेल आईडी ह्याकरहरूद्वारा सार्वजनिक
च्याटजीपीटी चलाउन प्रयोग भएको इ–मेल आइडी ह्याकरहरूले सार्वजनिक गरेका छन् ।
इ…
नेपाल क्लियरिङ हाउसले मनायो १५ औं वार्षिकोत्सव
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । पुस ८ गते काठमाडौंको होटल अलफ्टमा औपचारिक कार्य…