समाचार
एसईईको नतिजा हेर्न सकिने टेलिकमका ३ माध्यम
नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७९ सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने छ ।
नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ । १६०० मा डायल गर्दा प्रति कल करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ । दुई मिनेटको समयावधिलाई एक कल मानिनेछ ।
त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ ।
उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । १६०० मा सन्देश पठाउँदा पनि प्रति सन्देश करबाहेक जम्मा रु. २ मात्र महशुल लाग्नेछ ।
नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ । नतिजा प्रकाशित भएको केही समय पश्चात यो सुविधा उपयोग गर्न सकिने छ । यसबाट सम्पूर्ण विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।
समाचार
च्याटजीपीटीको \'ब्राउज विथ बिंग\' फिचर जुलाई ३ सम्म प्रतिबन्ध
च्याटजीपीटीले आफ्ना सब्सक्राइबरहरुको लागि ब्राउज विथ बिंग फिचर बन्द गरेको छ । हालै…
केही दिनमै एसईईको नतिजा आउँदै, यस्ता छन् हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्ड केही दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक …
मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन हलहरुलाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनो…
नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली
बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइ…
पावर लिटरबाटै खेत जोत्छन्, ड्रोनबाट मल छर्छन् किसान
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका चेतराज चौधरी लामो समयदेखि कृषि पेस…
एनएमबी बैंकको नयाँ अफर, पैसा ट्रान्सफर र डेबिट कार्ड जारी निःशुल्क
एनएमबी बैंकले दुई आकर्षक अफरहरू घोषणा गरेको छ। अफर अन्तर्गत ग्राहकहरूले इ-एनएमबी …
गोडरेजको नयाँ इन्भरटर एसी नेपालमा, ९९.९ प्रतिशतसम्म किटाणु नष्ट गर्ने
गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरे…
इसेवाबाट जीवन बीमा नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत लाइफ इन्स्योरेन्स्को नविकरण…
बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट
स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक …
१ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ ल्याउँदै डिशहोम
डिश मिडिया नेटवर्कले आईपीओ जारी गर्ने भएको छ । डिशहोमले शेयर कित्ता बढाएर आईपीओ …
धनगढी उपमहानगरका फोहर संकलन गर्ने गाडीमा जीपीएस जडान
धनगढी उपमहानगरपालिकाले फोहर संकलन गर्ने दुई वटा गाडीमा लुना जीपीएस जडान गरेको …
९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी आउने व्यवस्था गर्न प्राधिकरणको आग्रह
नेपाल दूरसञ्चार प्राधिकरणले ९७० बाट सुरू हुने मोबाइल नम्बरमा ओटीपी, साइन अप, भुक्…
समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा
सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय…
गूगल म्यापको हिस्ट्री डिलिट गर्ने तरिका
आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्यो भने नक्सा हेर्न…
बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन
बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजद…