कीवर्डहरू -

समाचार

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमएसमार्फत यसको जानकारी प्राप्त गर्नेछन् ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो । एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग हो र यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए । “स्थानिय बासिन्दा र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ ।

त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

समाचार

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार इन्नोभेसन र १४ प्रडक्ट सार्वजनिक

आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृस्ट १२ सार्वजनिक भएका …

दराजमा अब किलमेलसंगै खेल पनि खेल्न पाइने

अब दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेल संगै खेल पनि खेल्न पाउने भएका छन् । द…

च्याटजीपीटीमा नयाँ अपडेट आउँदै, अब बोलेरै कुरा गर्न सकिने

ओपन एआइको लोकप्रिय च्याटबटको बारेमा नयाँ अपडेट ल्याउँदैछ । नयाँ अपडेटमा च्याटजीपी…

भुक्तानी सेवा प्रदायक मोहर डिजिटलको अनुमतिपत्र खारेज

नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा…

कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा अब शुल्क नलाग्ने

अब कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा शुल्क नलाग्ने भएको छ । सरकारले चालु आर्थिक वर्षक…

मध्यपश्चिम विश्वविद्यालय र ज्ञान बजार अनलाईन बीच सम्झौता सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र ज्ञान बजार अनलाईन…

ईसेवाले ल्यायो आफ्नो मर्चेन्टलाई आकर्षक अफर

के तपाईं ईसेवा परिवारमा भर्खरै मात्र ईसेवा क्यूआर मर्चेन्ट भएर जोडिनुभएको हो? यदि …

एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना 

एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको लैनचौर खेलमै…

बीटेक इन सीएस एण्ड एआई र बीटेक इन आईटीमा आवेदन दिने समय थप

लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा ‘बी टेक इन सीएस एण्ड एआई’  र ‘बी टेक…

पठाओ दसैं महोत्सव घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुटैछुट

पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि 'पठाओ दसैं…

इन्द्रजात्राको रथ कहाँ आईपुग्यो ? अब गल्ली म्याप्सबाटै थाहा पाइने 

मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू हुँदैछ । यो काठमाडौं उपत्यकाको ठू…

सडक नम्बर र घरको ठेगाना प्रणाली मानकीकरणबारे एनजीइएसको कार्यक्रम सम्पन्न

नेपाल जियोम्याटिक्स इन्जिनियरिंग सोसाइटी (एनजीइएस)ले रिजनल एण्ड अर्बन प्लानर्स सोसाइ…

१५ औँ काठमाडौं म्याराथनमा सहकार्य गर्दै इन्ड्राइभ

एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गर्ने १५ औँ काठमाडौं म्याराथनसँग इन्ड्राइभले सहका…

पठाओको ५ औं वार्षिकोत्सवमा १३१ राइडर सम्मानित, राइडरहरूको कमिसन पनि घट्दै 

पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो‍(फुड डेलिभरी पर्सन)…

साओमी नेपालको ५ वर्ष पूरा

नेपालमा साओमीले ५ वर्ष पूरा गरेको छ । नेपाली ग्राहकलाई इनोभेसन, गुणस्तर र किफायत…