कीवर्डहरू -

समाचार

नेपाल-भारत विद्युतीय भुक्तानी छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ।

छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका छन्। अर्थमन्त्री महतको सचिवालयका अनुसार दुवै अर्थमन्त्रीबीच दुईपक्षीय व्यापार तथा लगानीसम्बन्धी छलफल गरिएकाे हाे।

साथै गत नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबारे पनि छलफल गरिएकाे अर्थमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।

भारतीय अर्थमन्त्रीले एनपीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरिन्।

जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताए।

भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउनसमेत अर्थमन्त्री डा. महतले अनुरोध गरे। रासस

समाचार

‘ग्रे लिस्ट’का फोन प्रयोगकर्ताले तिरेनन् कर, थप एक महिना समय दिइने

१ साउन, काठमाडौं । सरकारले तोकेको अवधिभित्र २ हजार ३५८ वटा मात्रै फोन कर तिरेर …

१३ विधामा आठौं आइसिटी अवार्डको अनलाइन नोमिनेसन सुरू, यसरी दिनुहोस् आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आ…

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु भएको छ । आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै…

भदौ १५ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ईभी एक्स्पो हुने

भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ईभी एक्स्पो हुने भएको छ । इलेक्…

सूचना प्रविधिसम्बन्धी सेवाहरूका लागि सानिमा बैंकलाई आइएसओ प्रमाणपत्र

सानिमा बैंकले प्रतिष्ठित आइएसओ २७००१–२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आन्तरिक तथा ब…

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने

पशुपतिनाथ मन्दिरमा अब क्युआर कोड स्क्यान गरेरै भेटी दान गर्न सकिने भएको छ । यसका ल…

गूगल क्रोमको बजार हिस्सा खस्कदै, सफारी र एजको बढ्दै

विश्वको लोकप्रिय ब्राउजर गूगल क्रोमको बजार हिस्सा घट्दै गएको देखिएको छ । स्ट्याट काउन्…

भोलिदेखि पुँजी बजारमा डिजिटल केवाईसी लागू, लगानीकर्ताले अब एक पटक केवाईसी भरे पुग्‍ने 

साउन १ गते अर्थात सोमबारदेखि पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागू हुने भ…

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा अभिनेत्री सुरक्षा पन्त

सीजी इलेक्ट्रिकको ब्राण्ड एम्बेस्डरमा चर्चित अभिनेत्री सुरक्षा पन्त नियुक्त भएकी छन् । चौ…

भायानेटकी सीईओ सेवा पाठक वर्ष व्यावसायिक महिलाको रूपमा सम्मानित

स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३ मा आयोजित एक …

सोमबारदेखि सबै सःशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

सरकारले आगामी १ साउन ‍गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने अवस्…

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्र…

एसईई उत्तीर्ण विद्यार्थीका लागि खल्तीको प्रवेशिका सेवा, आवेदन दिने ५ जनालाई छात्रवृत्ति

खल्तीले प्लस २ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका …

टेलिकमको समर अफर, ५०० रूपैयाँमा २० जीबी डेटा उपलब्ध हुने

नेपाल टेलिकमले असार २९ गतेदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेव…