कीवर्डहरू -

समाचार

लाखौं खर्च गरेर सामुदायिक विद्यालयमा राखिएका विद्युतीय हाजिरी मेसिन केही महिनामै बिग्रिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले  विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए  । 

वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती माविमा जडान गरेको करिब डेढ वर्षदेखि नै विद्युतीय हाजिरीले काम दिएन । बिग्रिएको विद्युतीय हाजिरीको उपकरण मर्मत वा नयाँ जडानमा नगरपालिका र विद्यालय दुवैको ध्यान जान सकेको छैन ।

पन्ध्र वडा रहेको नगरपालिकाले पाँच वर्षअघि एउटाबाहेक सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको उपस्थितिलाई नियमित गर्ने उद्देश्यले विद्युतीय हाजिरी जडान गरेको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि १८  माविमा जडान गरिएको विद्युतीय हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर बनेको देखिएको छ । 

तत्कालीन नगर प्रमुख दीपनारायण रिजालको कार्यकालमा शिक्षकको विद्युतीय हाजिरी ‘ट्र्याकिङ’ गर्नेगरी विसं २०७५ असोज १ गतेदेखि नगरका सबै माविमा लाखौँ खर्च गरेर विद्युतीयहाजिरी सञ्चालनमा ल्याइएको थियो । बिग्रेका विद्युतीय हाजिरीको उपकरण नगरपालिका वा स्वयं विद्यालयले पनि मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा कुनै चासो देखाएका छैनन् । 

बिग्रिएको विद्युतीय हाजिरीको उपकरण पुनःसञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई हाइसञ्चो भएको अभिभावक बताउने गरेका छन् । विद्युतीय हाजिरीमार्फत नगरपालिकाको कार्यालयमै बसेर सबै माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था कार्यान्वयन हुँदा केही हदसम्म शैक्षिक क्रियाकलापमासमेत सुधार आएको थियो । 

विद्युतीय हाजिरी ट्रयाकिङले ‘कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी हुने गरेको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा अहिले बेकम्मा बन्न पुगेको छ । 

नगरपालिकाले कुनै एउटा निजी कम्पनीको  विद्युतीय हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको जनाउँदै तत्कालीन नगर प्रमुख रिजालको आलोचना हुने गरेको छ । यतिसम्म कि तत्कालीन नगर प्रमुख रिजाल र उपप्रमुख विणादेवी राई नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट र वर्तमान नगर प्रमुख र उपप्रमुख गठबन्धनबाट निर्वाचित भएकाले पनि अघिल्लो कार्यकालका जनप्रतिनिधिले गरेको कामलाई अहिलेका जनप्रतिनिधिले चासो नदिएको कतिपयले आरोप लगाउने गरेका छन् ।  

कमसल खालको उपकरण जडान गरेकाले विद्युतीय हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वर्तमान नगर प्रमुख एवं शिक्षा शाखा प्रमुख तीर्थराज भट्टराई बताए ।

“कतै चल्छन्, कतै चल्दैनन् । सबै विद्यालयमा जडान गरिएका  विद्युतीय हाजिरीको उपकरण कमसल भएको पाइएको छ”, उनले भने, “बिक्री गर्ने कम्पनी र नगरपालिकाबीच कस्तो सम्झौता भएको रहेछ भनेर हेर्दैछौँ । यदि घोटला भएको ठहर भएमा कारबाही हुन्छ ।”

निकै तामझामका साथ जडान गरिएको  विद्युतीय हाजिरी केही विद्यालयमा छ÷सात महिना नपुग्दै बिग्रेर थन्किएको सम्बन्धित विद्यालयका प्रधानाध्यापकले बताउने गरेका छन् । अधिकांश विद्युतीय हाजिरी कोभिडको निहुँमा बन्द भएको समाचार स्रोतले जनाएको छ । रासस

समाचार

डिजिटल मिडिया सोसाइटी गठन

डिजिटल मिडियाका प्रकाशकहरूले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढेर गएको भ…

पठाओ दशैं महोत्सवमा बोगटी र सिंहले जिते यामाहा रे जेडआर

‘पठाओ दशैं महोत्सव-२०८०' को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रि…

बनेपामा सीजी डिजिटलको २५ औँ शोरुम

चौधरी गु्रप अन्तर्गतको मल्टी ब्रान्ड  शोरुम सिजी डिजिटलको २५औँ शाखा बनेपामा खोलिएको छ । बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रत्न शाक्य र सिजी …

राष्ट्रिय पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणमा एनसेलको सहकार्य

एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पूर्ण पारा खेलाडीहरुको सिप विकास र प्रशिक्षणका लागि राष्ट्रिय पारा…

नेपालको पहिलो एडब्लुएस क्लाउड क्लब त्रिविमा स्थापना

त्रिभुवन विश्वविद्यालया (त्रिवि) मा नेपालको पहिलो अमेजन क्लाउड सर्भिसेस (एडब्लुएस) क्लाउड क्लब स्थापना भएको छ । 

एडब्लुएस क्लाउड क्लबले विशेष गर…

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ८३ जना पक्राउ परेका छन् ।

असोज २८ गते काठमाण्डौका विभिन्न स्थानहरुबाट अनाधिकृत तवरले सर्वसाधारणहरुलाई …

तिलिचो ताल क्षेत्रमा इन्टरनेट सेवा

विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालमध्ये एक तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ। हिमाली जिल्ला मनाङ…

चौंथो वर्षमा आइसिटी समाचार डटकम

‘प्रविधि सँगसँगै’ भन्ने नारासहित सुरू भएको आईसीटी समाचार डटकम तेस्रो वर्ष पूरा गरी चौंथो वर्षमा प्रवेश गरेको छ । हरेक क्षेत्रमा सूचना तथा सञ्चा…

कोड फेस्ट २०२३ सम्पन्न, सुदूरपश्चिमको नास्ट टिम बन्यो विजेता

कोड फर चेन्ज द्वारा आयोजित नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ काठमाडौंमा स…

आईतबार सार्वजनिक हुँदै महावीर पुनको जीवन कथामा आधारित पुस्तक, अनलाइनबाटै अर्डर गर्न सकिने 

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जीवन कथामा आधारित पुस्तक अनलाइनबा…

२४औँ वार्षिकोत्सवको अवसरमा पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गर्दै भायानेट

भायानेटले २४ औँ वार्षिकोत्सवको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । यस अ…

नेटा भीको एक्स्चेन्ज क्याम्प आयोजना हुँदै, असोज २८ गतेसम्म सञ्चालन हुने

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ …

वर्ल्डलिंकका ग्राहकहरुका लागि खल्ति तथा सामसङको उत्कृष्ट चाडपर्व अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री …

इजरायल–हमास युद्धमा यसरी हुँदैछ क्रिप्टोकरेन्सीको प्रयोग

इजरायल र हमासबीच चलिरहेको युद्ध चलिरहेको छ । यो युद्ध गोला बारुदले मात्र लडिएक…

काठमाडौं विश्वविद्यालयमा बनेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको भवन उद्घाटन

कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका)मार्फत् दक्षिण कोरियाली सरकारको अनुदानमा…