समाचार
एनसेल,नेपाल युवा परिषद् र एफएओद्वारा ७,७०० विरुवा रोप्न ‘वान युथ, वान प्लान्ट’ अभियान
‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्थात #OneYouthOnePlant अभियानको औपचारिक सुरुवात भएको छ ।
नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो ।
गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरुसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्,‘यस अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका विरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ।’
आजबाट शुरु अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन् ।
यस अभियानका लागि एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताईन् । ‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले भनिन् ।
कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रिय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका सयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रुपमा पुर्याउन सहयोग गरेकोमा एनसेल र एफएओ नेपाल, शुभारम्भ कार्यक्रमका लागि विदुर नगरपालिकालाई कृतज्ञता व्यक्त गर्दै एक युवा एक विरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए ।
कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे ।
ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ विरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरुले जनाएका छन् ।
कार्यक्रममा नेपाल युवा परिषद, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए ।
समाचार
घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी…
इन्ड्राइभले नेपालमा सुरू गर्यो कुरियर सेवा, साना व्यवसाय र व्यक्तिहरूलाई उपयोगी हुने
इन्ड्राइभले नेपालमा कुरियर सेवा सुरू गरेको छ । कुरियर सेवाबाट इन्ड्राइभले २० किलो वा सोभन्दा कम तौलका पार्सलहरू डेलिभर गर्नेछ …
गूगलले आफ्नो सर्च रिजल्टमा परिवर्तन ल्याउँदै
विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगलले आफ्नो सर्च रिजल्टमा ठूलो परिवर्तन ल्याउन लागेको छ । रिपोर्टका अनुसार गुगलले आफ्नो…
रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग
नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्…
एसईईको नतिजा चित्त नबुझे अनलाइनबाटै रिटोटलिङका लागि निवेदन दिन सकिने
माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा चित्त नबुझेमा अनलाइनबाटै रिटोटलिङ (पुनर्योग) का लागि निवेदन दिन सकिने छ ।
…एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
…नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी थाहा पाउने एसईईको नतिजा ?
एसईई परीक्षाको नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्र…
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले सूचना प्रकाशित गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत …
एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने, यस्तो छ हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशित हुने भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्…
एनवाईईएफ काठमाडौँद्वारा उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमी सम्मानित
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको …
खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह, अनलाइनबाटै गर्न सकिने
एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सहकार्य
सानिमा बैंकले नेपाल क्लियरिङ्ग हाउससँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुबिधा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
एसएमएसबाट एसईईको नतिजा हेर्ने तरिका
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा स्प्यारो एसएमएसबाट हेर्न दिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा स्प्यारो…
एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अ…
सीमकार्डदेखि बैंकिङ सेवा लिनसम्म राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि हुन्छ लागु ?
अब सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा चाहिने भएको छ । सरकारी देखि निजी क्षेत्रबाट प्रदान हुने सार्वजनिक सेवामा …