कीवर्डहरू -

समाचार

किताब जात्राको छैठौं संस्करण हुँदै, स्टार्टअप प्रदर्शनी समेत हुने

‘किताब जात्रा’को छैठौं संस्करण श्रावण १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ । किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो ।

‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् । फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए । साथै  ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए ।
 
पठनसंस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रा.लि.का सिइओ विकेश भट्टराईले जानकारी दिए । पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ । गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

किताब जात्रा कै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सीए अध्ययनका लागि 'प्रेम प्रसाद मेमोरियल स्कलरशीप' प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।

समाचार

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिसशिप प्रोग्रामको तेस्रो ब्याच शुरु हुँदै

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको  स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरू गर्ने भएको…

माईक्रोसफ्टको सर्भर ठप्प, जान्नुहोस् कुनकुन सेवाहरूमा पर्‍यो असर

एक ठूलो प्राविधिक समस्याले दुनियाभरमा लाखौं विंडोज कम्प्युटर सिस्टमलाई प्रभावित पारेको छ, जसको कारण सिस्टम अचानक शटडाउन वा रिस्…

गरिमा विकास बैंकले सुरू गर्‍यो अन्तरदेशीय क्यूआर पेमेन्ट सेवा

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्यूआर पेमेन्ट सुविधा को सुरुवात गरेको छ । 

ग्लोबल स्किल र्‍याकिङमा नेपालको स्थान पुछारमा

ग्लोबल स्किल र्‍याकिङमा नेपालको अवस्था दयानीय देखिएको छ । डिजिटल लर्निङ प्लेटफर्म कोर्सेराले सार्वजनिक गरेको ग्लोबल स्किल र्&zw…

एनसेलका खुद्रा बिक्रेता नगेन्द्रले जीते डिस्कभर बाइक

एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा ब…

अनर २०० सिरिजको प्रि-बुकिङ सुरू, स्मार्टवाच र इयरबड्स उपहार पाइने

अनर २०० सिरिजको नेपालमा प्रि-बुकिङ सुरू भएको छ । अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले बुधबारदेखि प्रि-बुकिङको घोषणा गरेको…

मेरोजबले सार्वजनिक गर्यो एआई एटिएस, एआईले नै क्षमतावान कर्मचारी सिफारिस गर्ने

नेपालको अग्रणी अनलाइन जबपोर्टल ‘मेरोजब’ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई ‘एप्लिकेशन ट्…

‘नेपाललाई ग्लोबल आईटी हबको रूपमा विकास गर्न प्रविधिमैत्री नीति राजनीतिक प्रतिवद्धता चाहिन्छ’

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थान दिने उद्देश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय आईसीटी सेमिनार सम्पन्न भएको छ । क्यान महासंघको आय…

महिला इन्जिनियरिङहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले वुमन इन इन्जिनियर्स संस्था स्थापना हुँदै

इन्जिनियरिङ क्षेत्रका महिलाहरूलाई एकै ठाउँमा ल्याउने उद्देश्यले वुमन इन इन्जिनियर्स (डब्लुई नेपाल) संस्था स्थापना हुने भएको छ ।&nb…

ह्वावे नेपालद्धारा सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा

ह्वावे नेपालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सिड्स फर द फ्युचर कार्यक्रमका विजेता घोषणा गरेको छ । सुचना प्रव…

आईटी क्षेत्रको संस्थागत पुनर्संरचना गर्न अध्ययन गर्न समिति बनाउने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पदभार ग्रहण गरेका छन् । 

ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन फुकुवा

अमेरिकीका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको प्रतिबन्ध फुकुवा भएको छ ।

मनकामना केबलकार ५० दिन बन्द, डिजिटल सिस्टमलाई स्तरोन्नति गरिदै

मनकामना केबलकार असार ३१ गतेदेखि अर्थात आजदेखि ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल सिस्टमलाई स्तरोन्नति गर्न केबलकार बन्…

डिजिटल अधिकार र सुरक्षा विषयक हाते पुस्तिका सार्वजनिक

डिजिटल राइट्स नेपालले आफ्नो ‘डिजिटल अधिकार र सुरक्षा’ पुस्तिका सार्वजनिक गरेको छ । डिजिटल युगमा नागरिकलाई सशक्तिक…

सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्दै पृथ्वी सुब्बा गुरूङ

नेकपा एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पृथ्वी सुब्बा गुरूङलाई दिने भएको छ ।