कीवर्डहरू -

समाचार

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन

वीरगञ्ज । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टर गठन भएको छ । रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेशको गठन गरिएको हो । 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरमा अनुनय रुंगटा लर्निंग चेयर, दिपक साह स्टार्ट अप चेयर, आयुषी तुल्स्यान कम्युनिकेशन एण्ड नेटवर्क चेयर, मोहित खण्डेलवाल फाइनान्स चेयर र तनुश्री अग्रवाल मेम्बरशिप चेयर रहेका छन् । 

वीरगञ्जको आदर्शनगरस्थित होटल लर्डस दियालोमा आयोजित एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले मधेश प्रदेश च्याप्टरको उद्घाटन गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सिंहले कृषि, उद्योग र जनशक्तिले नै समृद्धि हाँसिल गर्न सकिने बताए । बढ्दै गएको विदेश मोहलाइ कम गरी स्वदेशमै स्वरोजगारको वातावरण सृजनामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री सिंहको विश्वास छ । उनले भने, ‘एकातिर युवाहरु देश छोडेर विदेश जाने लहर चलेको छ भने अर्काेतर्फ बेरोजगारीको समस्या बढ्दो छ । त्यस्तै स्वदेशमै रहेका युवालाई पनि यहीँ टिकाउने कार्य झनै चुनौतीपूर्ण देखिएको छ ।’ 

देशमै भएका युवालाई दक्ष बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले उद्योग परिसंघ युवा उद्यमी मञ्चसँग मधेश प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले सरकारी प्रक्रिया र कागजी कार्यमा कुनै पनि झन्झट बिना नै सहज बनाउन मधेश प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्री सिंहकाअनुसार ‘मुख्यमन्त्रीसँग निजी क्षेत्र’ भन्ने कार्यक्रम लगभग अन्तिम तयारी छ । यसका लागि आवश्यक कार्यविधि पनि तयार भइसकेको उनले जानकारी दिए । उनले भने, ‘अब यहाँका जनशक्ति मात्रै नपठाएर यहाँको उत्पादनलाई विदेशमा पठाउने वातावरण सृजना गर्नुपर्छ । यसले गर्दा हामी गरिबीको देशबाट सम्पन्न देशको यात्रातर्फ अग्रसर हुन सक्छौ ।’

यहाँ भएका हजारौ उद्योगहरुमा जनशक्तिको समस्यालाई समाधान गर्नका लागि युवालाई सीपको विकास गर्नुपर्ने मुख्यमन्त्री सिंहको भनाई छ । स्किल स्कुलको अवधारणामा उद्योगमा आवश्यक पर्ने जनशक्ति निर्माण गर्ने विषयमा मधेश प्रदेश सरकार गम्भिर रहेको पनि उनले बताए । 

मधेश प्रदेश उत्पादनका लागि उपयुक्त थलो भएको हुँदा कृषिमा लगानी गरेर यहाँको उत्पादनलाई विश्वबजारमा निर्यात गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । यस क्षेत्रमा पनि युवा उद्यमीले आवश्यक कार्य गर्नुपर्ने उनको सुझाव छ । मुख्यमन्त्री सिहले थपे, ‘हामीले उत्पादन गरेर विश्व बजारमा पठाउन सकिने सामानको अध्ययन गरी सूची बनाएर काम गर्न सकेमा गरिबको देश भनिने परिचय नै फेरिन्छ । हामी प्राकृतिक रुपमा, जनशक्तिको रुपमा, जलस्रोतको रुपमा धनी छौ । तर आर्थिक रुपमा कमजोर भएको भन्ने भाष्यलाई पनि गलत साबित गर्नमा युवा उद्यमीले काम गर्न आवश्यक छ ।’

नेपाल उद्योग परिसंघ उत्पादनमुलक एवम् सेवामुलक क्षेत्रमा काम गर्ने उद्यमीहरुको संस्था भएको नेपाल उद्योग परिसंघका केन्द्रिय अध्यक्ष राजेश कुमार अग्रवालले बताए । उनकाअनुसार नेपाल उद्यमी परिसंघले नेपाल सरकारलाई बजेटदेखि अन्य नीति निर्माणमा सहयोग सल्लाह सुझाव तथा सहयोग गर्दै आएको छ ।

उद्योगहरुका समस्या र समाधानका उपायका विषयमा अध्ययन गर्न तथा सरकारलाई समाधानका लागि आवश्यक सुझाव दिने कार्यमा उद्योग परिसंघ सत्रिय रुपमा काम गरीरहेको उनको भनाई छ । परिसंघले दिएका सुझावमध्ये करिब ४४ देखि ४५ प्रतिशत सम्म सुझावहरु बजेटमा समेटिने गरेपनि कार्यन्वयनमा समस्या देखिएको उनले बताए । 

नेपाल उद्योग परिसंघमा युवा उद्यमी मञ्च र महिला उद्यमी मञ्च गरी दुई वटा मञ्च रहेको उनले जानकारी गराए । यी दुवैले आआफ्नो क्षेत्रमा महत्वपूर्ण काम गरीरहेको पनि उनको जिकिर छ । युवा उद्यमीहरुको नेतृत्व विकासमा पनि यी फोरमहरुले सहयोग पुगिरहेको उनले दाबी गरे ।

यसअघि युवा उद्यमी मञ्चको अध्यक्ष हुँदै उद्योग परिसंघकोअध्यक्षसमेत भएको हुँदा यसमा सक्रिय पूर्वक काम गरेर आफ्नो क्षमता देखाउन पनि उनले नवगठीत च्याप्टरका पदाधिकारीलाई सुझाव दिए । उद्योग परिसंघले नै सञ्चालन गरेको सीप नेपाल कार्यक्रम मार्फत ४ हजार ३ सय युवालाई विभिन्न सीप प्रदान गरिएको उनको भनाई छ । प्रदेश सरकारले पनि उद्यमी र सीपको क्षेत्रमा बजेट बिनियोजन गर्न अध्यक्ष अग्रवालले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए । 

नेपाल उद्योग परिसंघ मधेश प्रदेशका अध्यक्ष प्रमोद कुमार साहकाअनुसार छरिएर रहेका युवा उद्यमीलाई एकिकृत गरेर आफ्नो क्षमतालाई बृद्धि विकास गर्न युवा उद्यमी मञ्च स्थापना भएको हो । विद्यमान बेरोजगारीको समस्या कम गर्न र सिपयुक्त युवाको उत्पादनका लागि मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको उनको भनाई छ । साथै उनले युवालाई उद्यमी बन्न पनि मञ्चले अभिप्रेरित गरीरहेको धारणा राखे । 

नविनताको प्रयोग गरेर उत्पादनशिलतालाई आत्मसाथ गर्न सकेमा सीपयुक्त जनशक्ति तयार गर्नुका साथै बेरोजगारीको समस्या कम हुने उनको विश्वास छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष आशिष अग्रवालले स्वागत मन्तव्यसहित संस्थाको उद्देश्य र हालसम्मको कार्य प्रगतीका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नवगठीत मधेश प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले धन्यवाद ज्ञापन गर्दै ऊर्जा र जोशका साथ मधेश प्रदेशको उद्योग र व्यवसायको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गर्भनर देवकीनन्दन (डिएन) अग्रवाल, प्याब्सन वीरगञ्ज महानगर समितिका अध्यक्ष आलोक कुमार चौरसिया, क्यान पर्साका अध्यक्ष प्रशान्त कुमार लगायतको सहभागिता रहेको थियो । 

यसअघि कोशी प्रदेश च्याप्टर पनि गठन भइसकेको छ । अब मधेश पछि लुम्बिनीमा पनि युवा उद्यमी मञ्च च्याप्टर गठन गर्ने तयारी छ । कार्यक्रमको सहजीकरण हिमाल पौडेलले गरेका थिए । 

समाचार

नयाँ फिचर्सका लागि मात्रै प्रयोगकर्ताहरूले आफ्नो आईफोनलाई अपग्रेड गर्छन् ? यस्तो भन्छ अध्ययन

स्मार्टफोन निर्माताहरूले हरेक वर्ष नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका हुन्छन् । केही दिन अगाडि मात्रै एप्पलले पनि आईफोन १६ सा…

विज्ञान तथा प्रविधिको उपयोगमा जोड दिन सरोकारवालाहरूको आग्रह

१२ औँ विज्ञान दिवसको पूर्व सन्ध्यामा नागार्जुन चौतारी (नाचौ) ले विज्ञान तथा प्रविधि एक छलफल कार्यक्रम सम्पन्न गरेको छ । 

सर्वोच्च अदालतको कारबाही प्रत्यक्ष प्रशारण गर्न माग

सर्वोच्च अदालतको कारबाही लाइभ (प्रत्यक्ष प्रशारण) गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थीहरु अनिलकुमार साह र व…

आइटी प्रोफेसनलहरूले प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सक्ने

प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ ।

के स्मार्टफोनबाट ब्रेन क्यान्सर हुन्छ ? यस्तो भन्छ डब्लुएचओको पछिल्लो प्रतिवेदन

मोबाइल फोनको बारेमा तपाईंले धेरै किसिमका कुराहरू सुन्नु भएको होला । धेरैले दाबी गर्छन् कि यसको प्रयोगले ब्रेन क्यान्सर हुन सक्छ…

३०औं वर्षमा प्रवेश गर्‍यो वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स ३० औं वर्षमा प्रवेश गरेको छ । 

सोमबारबाट काठमाडौंमा ‘दिपल एक्सचेन्ज कार्निभल’ हुँदै, पूरानो गाडी दिपलका ईभीसँग साट्न सकिने

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ३१ गतेदेखि ३ असोजसम्म गैरीधारास्थित सिल्भरओकमा…

आन्टरप्रेनर आइसिटी अवार्डमा सोमबारसम्म आवेदन दिन सकिने, आईटी उद्यमीले यसरी दिन सक्छन् आवेदन

आन्टरप्रेनर आइसिटी अवार्ड २०२४ मा भदौ ३१ गते सोमबारसम्म आवेदन दिन सकिने भएको छ । 

स्मार्टदाइ एप सार्वजनिक, इलेक्ट्रिसियनदेखि क्लिनरसम्म घरमै बोलाउन सकिने

विभिन्न घरायसी तथा कर्पोरेट सेवाहरू प्रदान गर्नका लागि स्मार्टदाइ एप सार्वजनिक भएको छ । इलेक्ट्रिसियनदेखि क्लिनिङसम्मको सेवा प्रदान…

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ मा सोमबारसम्म आवेदन दिन सकिने, यस्तो छ तरिका

डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२४ का लागि सोमबारसम्म आवेदन दिन सकिने …

क्लासिक टेकको इन्टरनेट रिफर गर्नेलाई ४ महिना र रिफर लिनेलाई २ महिना बोनस

देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफर अन्तरगत ‘तिमिलाई पनि मलाइ पनि अफर’ सार्वजनिक गरेक…

गुरुङ जातिको खेमा लिपि अब युनिकोडमा पनि लेख्न मिल्ने

तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको …

भोलि र पर्सी केईका ईभी गाडी टेस्ट ड्राइभ गर्न सकिने, सहभागीहरूलाई हात खाली नहुने उपहार

नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले भदौ २९ र ३० गते ‘एक्सपेरियन्स केई’ टेष्ट ड्रा…

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने

गूगल सर्च रिजल्टमा अब लिंकको आर्काइभ पनि समावेश हुने भएको छ । बुधबार गूगलले इन्टरनेट आर्काइभसँगको सहकार्यमा नयाँ अप…

डोल्मा इम्प्याक्ट फण्डले घोषणा गर्‍यो जलवायु कोष

आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा डोल्मा इम्प्याक्ट फण्ड जलवायु कोषको घोषणा गरेको छ । मंगलबार ह्यात रिजेन्सीमा आफ्नो १० औं वार्षिको…