कीवर्डहरू -

समाचार

पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने

नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन् ।

काठमाडौँ उपत्यकाका साना-ठुला सबै व्यवसायलाई नेपालभर पुर्‍याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको  पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ ।

हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, वनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिल्बोर्ड' डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र,  उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भइसक्ने पठाओले जनाएको छ ।

२०२३ डिसेम्बरदेखि सेवा सुरु गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन् ।

पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा  आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । त्यस्तै, pathao.parcel.com बाट पनि एप डाउनलोड गर्न सकिन्छ ।

पठाओ पार्सलमा आबद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् ।

 

 

समाचार

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई श्री एयरलाइन्समा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र…

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठ…

एप्पलद्वारा आईओएस १८ ​​​​​​​बेटा ६ अपडेट जारी

एप्पलले आफ्ना आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८ बेटा ६ अपडेट जारी गरेको छ । यसका अतिरिक्त, कम्पनीले आईप्याड ओएस १८ र म्याकओए…

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न…

खल्तीद्वारा नाडा अटो शोमा ‘कार सुरक्षा’ नामक.नयाँ सुरक्षा प्याकेज सार्वजनिक

डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभि…

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

जीमेलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ । गुगलको वर्कस्पेस वेबपेजमा उल्लेख गरिएको नयाँ ब्लग पोष्ट अनुस…

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेप…

सरकारी नीतिले घट्दै छ टेलिकम कम्पनीको राजस्व

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई सरकारको नीति र व्यवहारले प्रत्यक्ष असर पुर्याएको छ । अनुमतिपत्र नविकरणमा…

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी)  लाई अनल…

फोनपेको फोनट्याग स्कुप एण्ड सेभ अभियान सुरु, ५० प्रतिशत क्यासब्याकको अफर

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ।  अभियान २५ अगस्टब…

मस्कको निशानामा जुकरबर्ग, भने - इन्स्टाग्राममा बच्चाहरूको शोषण हुँदा पनि कुनै कारबाही भइरहेको छैन

टेलिग्राम एपका संस्थापक र सीईओ पावेल डुरोभको गिरफ्तारीपछि धेरै मानिसहरूको यसबारे प्रतिक्रिया आएको छ । अब एक्स र स्पेसएक्सका माल…

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई

 ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर  (के–ल्याब…

एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड

 एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्…

ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्

हाम्रो दैनिक जीवनसँग ह्वाट्सएपको प्रयोग जोडिएको छ । धेरैपटक एकजना ह्वाट्सएप प्रयोगकर्ताको फोनमा घरसँगै कार्यस्थलका मानिसहरूको नम्ब…

नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने यी आठ पक्षलाई दिनुहोस् विशेष ध्यान

स्मार्टफोनको बजार अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तो अवस्थामा स्मार्टफोन खरिद गर्दा तपाईँले केही महत्वपूर्ण कुराहरूमा ध्यान द…