कीवर्डहरू -

समाचार

‘व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ’

नेपाल इलेक्ट्रोनिक पेमेन्टका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले सहकारीका समस्या समाधान गर्न डिजिटल फ्रेमवर्कको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारी डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै उनले भने, ‘कोरोना महामारीपछि प्रविधिले फड्को मारेको छ । समग्र वित्तीय क्षेत्रमा डिजिटाइजेशनको आवश्यकता छ । सहकारीले पनि प्रविधिमैत्री सेवा प्रदान गर्नुपर्छ ।’

साथै उनले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा कृषि, पर्यटन, शिक्षा लगायतका आठ क्षेत्र पनि प्रविधिसँगै जोडेर लगेको उनको भनाई छ ।  सोही कार्यक्रममा बोल्दै भैरव टेक्नोलोजी प्रालिका कार्यकारी निर्देशक विजय लिम्बु सेनिहाङले साइबर सुरक्षामा जोखिम रहेको बताए । उनले भने, ‘सुरक्षाका हिसाबले व्यवसाय र वित्तीय क्षेत्रमा साइबर सुरक्षाको जोखिम बढ्दो छ । सुरक्षित तरिकाले डिजिटलाइजेशनको प्रयोग नगर्दा यस्तो जोखिम थप बढुन् छ ।’

उनका अनुसार साइबर खतराका परिदृश्यमा मालवेयर आक्रमण (कम्प्युटर भाइरस), फिसिङ, डाटा चोरी, डीडीएस आक्रमण र तेस्रो पक्ष जोखिम रहेका छन् । साइबर खतराबाट प्रतिष्ठानमा क्षति, संगठन सञ्चालनमा अवरोध र आर्थिक घाटा हुने उनले बताए । साइबर जोखिम एउटा व्यवसायिक जोखिम रहेको बताउँदै उनले पैसाको पछि लाग्ने हुँदा साइबर आक्रमणले आर्थिक घाटा हुने बताए । 

उनका अनुसार चालु आर्थिक वर्षको सात महिनामा साइबर सुरक्षाका १३ हजार ३३० उजुरी परेका छन् भने ५१ जना पक्राउ परेका छन् । त्यसैगरी, इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले प्रविधिको प्रयोगले देशको कुल ग्राहस्थ उत्पादनमा पनि वृद्धि हुने बताए । नयाँ प्रविधिको प्रयोगले जुनसुकै देशमा बसेर काम गर्न सकिने उनको भनाई छ । 

सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेलले सात सय सहकारी संस्था जोखिम हस्तान्तरणमा साझेदारी गरेर अगाडी बढेको बताए । उनले हामीकहाँ टुल्समा मात्रै छलफल हुने गरेको भन्दै सिप र क्षमतामा छलफल हुन आवश्यक रहेको औंल्याए ।

सिटिजनले ९२ प्रतिशत काम डिजिटल माध्यमबाट अगाडी बढाएको समेत उनले जानकारी दिए । प्रोफेशनल्ली डिजिटाइजेन भएपनि आम मानिसलाई भने प्रविधिमा जोड्न नसकेको उनको भनाई छ  । सबै क्षेत्रमा प्रविधिको अभावले कागजात संकलनमा समय लाग्ने हुँदा  कतिपय अवस्थामा दाबी भुक्तानीमा ढिलाई हुने गरेको उनले जनाए । 

अन्य देशको उदाहरण दिँदै उनले सबै उमेर समुहले प्रयोग गर्न सक्ने गरी प्रविधिको विकास भएकाले नेपालले पनि प्रविधिमा जोड दिन आवश्यक रहेको बताए ।
 

समाचार

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ता जारी हुने

अब राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी हुने भएको छ । 

राष्ट्रिय प…

राष्ट्र बैंकले छिट्टै डिजिटल करेन्सी ल्याउनुपर्छः डा. खतिवडा

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तय…

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैनः दुवाडी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई …

पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्छः मन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पारदर्शिता कायम गर्न सहकारी डिजिटाइजेशनमा जानै पर्ने बताएका छन् ।

माइक्रोसफ्ट कोपाइलटमा नयाँ अपग्रेड, जीपीटी ४ टर्बो अब निःशुल्क प्रयोग गर्न सकिने

अब माइक्रोसफ्ट कोपाइलटमा निःशुल्क जीपीटी ४ टर्बो प्रयोग गर्न सकिने भएको छ ।

माइक्रोसफ्टले …

सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म दर्ता रोक्न सरकारलाई अनुरोध

एशिया इन्टरनेट कोलिसन (एनआईसी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सामाजिक सञ्जाल विधेयकले अन्तिम रूप नपाएसम्म नेपालमा साम…

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया क्युआर कोडबाटै लिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘ग…

राईडअक्सले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) ले वीरगंजमा राइडर्स मिटअप आयोजना गर्ने भएको छ । छिट्टै सार्वजनिक हुन लागेको राईडअक्सले वीरगंजको रानिघाटमा राइ…

क्वालकमद्वारा आफ्नो फ्ल्यागशिप स्न्यापड्रागन चिप घोषणा, कहिले हुन्छ सार्वजनिक ?

सेमीकन्डक्टर, सफ्टवेयर र वायरलेस प्रविधि निर्माता कम्पनी क्वालकमले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ स्न्यापड्रागन चिपसेट ल्याउने भएको…

बिवाईडी डल्फिन र सिलले पाए सुरक्षामा फाइभ स्टार मूल्यांकन

बिवाईडी डल्फिन र बिवाईडी सिलले सुरक्षामा फाइभ–स्टार मूल्यांकन प्राप्त गरेको छ। अस्ट्रेलियाको नयाँ कारको मूल्यांकन गरिने कार्यक्रम अन्तर्गतको नवीन पर…

डट एनपी डोमेनमा नाम दर्ता गर्न अब शुल्क तिर्नुपर्ने

डट एनपी डोमेनमा नाम दर्ता गर्न अब शुल्क तिर्नुपर्ने भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको…

राष्ट्रिय परिचयपत्रलाई अब ई-केवाईसीको रूपमा विकास गरिने

सरकारले अब राष्ट्रिय परिचयपत्रलाई विद्युतीय पहिचान (ई-केवाईसी) को रूपमा विकास गर्ने भएको छ । 

काठमाडौँ म्युजिक फेस्टिभलको आधिकारिक फूड पार्टनरमा फूडमान्डु

फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाक…

अमेरिकामा बस्ने नेपालीले अब प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सक्ने

अब अमेरिकाबाट पनि प्लस साइज नेपालका कपडा अनलाइन अर्डर गर्न सकिने छ । क्लोदिङ ब्राण्ड 

सूचना प्रविधि क्षेत्रका अब्बल नेपाली महिला

आज मार्च आठ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । देशभरनै विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ । हरेक क्षेत्रमा जस्तै प्रविधिमा पनि नारीहरुको सक्रियता बढ…