समाचार
विद्यार्थीलाई करियर सम्बन्धी सल्लाह दिने पहिलो ‘करियर कन्क्लेभ’ सम्पन्न
माध्यमिक तहको(+२) अध्ययन पूरा गरेर बसेका विद्यार्थीहरूलाई सम्भावना चिनाउन र अवसरहरुसँग जोड्न आयोजना गरिएको राष्ट्रिय सम्मेलन गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ । ‘करियर कन्क्लेभ’ विद्यार्थीहरुको करियरलाई प्राथमिकतामा राखेर आयोजना गरिएको नेपालको राष्ट्रियस्तरको पहिलो युवा सम्मेलन भएको आयोजकले जनाएको छ।
प्रशिक्षणको आयोजक र टेकस्पायर कलेजको मुख्य प्रयोजनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालमा करियर बनाउन केही चुनौती देखिएपनि ती चुनौतीको सामना गर्नुपर्ने बताए ।
उनले करियर बनाउन विदेश जानु मात्र नभएको भन्दै विद्यार्थीहरुले नेपालमा भविष्य बन्ने प्रसस्त ठाउँहरूको खोजि गर्नुपर्ने सल्लाह दिए । मन्त्री पौडेलले यो पुस्ताको करियर खोज्दा भोग्नुपरेका समस्याको नीतिगत सुधार गर्नुपर्ने ठाउँमा सुधार गर्ने र युवा पुस्तालाई यही बस्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कि नोट मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष लक्ष्मण पोख्रेलले विद्यार्थीहरुमाझ अहिलेको प्रतिस्प्रधी बजारमा प्रतिस्पर्धाकाबीच पहिलो स्थानमा कसरी उभिने र १२ पास गरिसकेपछि अब तत्कालै के के कुरा गर्ने भन्ने भिजन प्रस्तुत गरेका थिए ।
सम्मेलनमा ‘जीवन्त सिकाई र बदलिँदो रोजगारीको बजार’ विषयमा नेपालको अग्रणी डिजिटल वाल्ट ईसेवाका सह संस्थापक तथा यति एयरलाइन्सका सिईओ सुबाश सापकोटा, आईडियाप्रेन्योर नेपालका संस्थापक संजोग कोइराला, ह्याप्पी माइण्डसका संस्थापक श्रेया गिरीले प्यानलमा बहस गरेका थिए। उक्त बहसबाट विद्यार्थीहरुले व्यावहारिक ज्ञान र अहिलेको वास्तविक बजार बारे जानकारी पाएको आयोजकले जनाएको छ।
कार्यक्रममा क्यानका सचिव पारस खड्का र उत्प्रेरक वक्ता शौनक भट्टले विद्यार्थीहरुलाई सम्बोधन गरेका थिए। यस्तै नितेशजंग कुँवर र समृद्धि राईको सांगितीक प्रस्तुति र हास्य कलाकार सुमन कार्कीले प्रहसन प्रस्तुत गरेका थिए।
सम्मेलनलाई कोड फर चेन्ज नेपालले सहआयोजना गरेको हो भने पिसिपिएस कलेज सहप्रायोजकमा रहेको छ। यस्तै कोड हिमालय, कुमारी बैंक, इन्ट्रान्स पार्क, आईएनआई सिनेमाज, एईसिसी ग्लोबल, क्वेस्नबैंक एआईले सम्मेलनलाई प्रायोजनना गरेका छन्।
समाचार
भारतीय च्यानलहरूले बन्द गरे नेपालमा प्रसारण
भारतीय टेलिभिजन च्यानलहरूले नेपालमा प्रसारण बन्द गरेका छन्। करिब २ वर्षदेखि विदेशी मुद्राको सिफारिस नदिएको भन्दै भारतीय ट…
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सा…
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिने छ नतिजा
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि बोर्डले बिहान १० बजे बोर्ड बैठक स…
सीजी मोटर्सले सिएटिएल ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने
चौधरी ग्रुप अन्तर्गतको सीजी मोर्टसले नेपालमा ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको …
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, टोपी तथा सास्कृतिक पहिरन लगाउन सकिने
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन …
इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा अब १० रूपैयाँ सेवा शुल्क लाग्ने
इसेवाबाट दिनमा ३ पटक भन्दा बढी पैसा पठाउँदा शुल्क लाग्ने भएको छ । सेन्ड मिनी फिचर प्रयोग गरेर दिनमा ३ पटक बढी पैसा पठाउँदा १…
पेन्सन पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य
पेन्सन अर्थात निवृत्तभरण लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर हुने भएको छ । निवृत्तभरण व्यवस्थापन कार्यालयले आवश्यक व्यवस्था मिलाउन न…
माइक्रोसफ्ट ३६५ सेवामा समस्या
क्राउडस्ट्राइक आउटेजपछि माइक्रोसफ्टको सेवा पुनः ठप्प भएको छ । माइक्रोसफ्ट ३६५ सेवामा प्रयोगकर्ताहरूलाई समस्या आइरहेको छ । प्रयोगकर्त…
टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम म्युज रिलिजको उत्सव
टिकटकले चर्चित सांगीतिक समूह बीटीएसका सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम म्युज रिलिजको उत्सव मनाउँदै एउटा इमर्सिभ इन-एप …
कर्णालीका तीन पालिकामा एकीकृत सेवा प्रवाह सुरू
कर्णालीका तीन पालिकाले एकीकृत सेवा सुरु गरेका छन् । रुकुमपश्चिमको चौरजहारी नगरपालिका, सुर्खेतको पञ्चपुरी र दैलेखको दुल्लु नगर…
वारेन्टी रहेका सामसङका मोबाइलमा कुनै समस्या देखिए नि:शुल्क पिकअप र ड्रप सेवा
सामसङ नेपालले साउन १ गतेदेखि काठमाडौं उपत्यकाभरि वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्री पिक–अप र ड्रप सेवा बज…
डिजिटल कारोबारका लागि एनसेल र नबिल बैंकबीच सहकार्य
नबिल बैंक र एनसेलबीच एक आपसमा डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ।
यो सम्झौ…
स्मार्टफोनमा हुने न्वाइज क्यान्सिलेशन फिचर कहाँ हुन्छ र कसरी गर्छ काम ?
आजको समयमा धेरैजसो मानिसहरूसँग स्मार्टफोन छ । तर फोन प्रयोग गर्ने धेरै मानिसलाई फोनको हरेक पार्टको सही जानकारी हुँदैन् । मानि…
नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी …
प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञमा अस्गर अली नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर अस्गर अली नियुक्त भएका छन् ।