समाचार
जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारे एनसेलले अब पूर्व सूचना दिने
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधवार दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणाली अन्तर्गत अब १३ वटा प्रकोपहरुका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरुमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदुषण र घुम्रपात
रहेका छन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले पौष २५ गते बुधबार एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर, काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यका बारेमा आफ्नो उत्साह व्यक्त गर्दै महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले पूर्व सूचना प्रणालीमा अग्रणी भुमिका खेल्दै सन् २०१६ देखि बाढीको पूर्व सूचना पहललाई अगाडि बढाएकोमा एनसेललाई धन्यवाद दिदै कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुने बताए ।
‘थप १० मौसममा आधारित जोखिमहरुलाई समेट्दै पूर्व सूचना प्रणाली तथा प्रवाहकालागि गरिएको यो सहकार्य एक अर्को कोशेढुङ्गा हो,’ उनले भने, ‘एनसेल र अन्य साझेदारहरुसँगको सहकार्यमा गरिएको कार्यले जोखियुक्त क्षेत्रमा बसोबास गर्ने मानिस समक्ष सम्पर्क गर्न सहज बनाई हजारौं मानिसहरुको जीवन रक्षा गर्न सफल भएका छौ । बाढीको प्रकोप बढ्दै गए पनि त्यसबाट हुने मानविय क्षति भने धेरै कम भएको छ र यो हामी सबैको सहकार्यले गर्दा सम्भव भएको हो । यसका लागि एनसेलको योगदानको कदर गर्न चाहन्छु ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्हरुलाई पूर्व सूचना प्रणालीमा समेट्ने गरी यो सहकार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए ।
‘हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो । सन् २०१६ देखि पूर्व सूचना प्रणालीलाई अघि बढाउँदै आएका छौं र आम नेपाली जनमानसलाई यस प्रणाली मार्फत सम्भावित विपद्बाट जोगाउने हाम्रो निरन्तरको प्रयास जारी रहने छ,’ उनले भने, ‘एनसेल र विभागको यो सहकार्य सार्वजनिक निजी साझेदारीमा कसरी प्रभावकारी कार्यहरु गर्न सकिन्छ भन्ने एक ज्वलन्त उदाहरण हो । एनसेल नेपाल र नेपालीको हितको लागि सदैव काम गर्न तत्पर छ र यसै अनुरुप आगामी दिनमा पनि प्रभावकारी कार्यहरुमा सहकार्य गर्न हामी तत्पर छौ ।’
पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरुलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामानहरु लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ । त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थाहरुलाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ ।
सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पुर्व सुचना प्रवाह गरेको थियो ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा जनमानस र समुदायलाई सेवा पुर्याउन एनसेल सदैव तत्पर रहेको र जल तथा मौसम सम्बन्धित अन्य विपद्हरुमा पनि पूर्वसूचना प्रणाली लागु गर्नका लागि सम्भावनाहरु माथि अध्ययन भईरहेको कम्पनीले जनाएको छ ।
पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनिकरणमा थप योगदान गर्न विभागले नयाँ टेलिमेन्ट्री उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गरे सँगै एनसेलले त्यस्ता स्टेसनहरुलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जाने एनसेलको भनाइ छ ।
समाचार
एफ्वान सफ्ट ग्रुपको नयाँ कम्पनी फोनपोइन्ट्स सञ्चालनमा, के गर्छ काम ?
एफवान सफ्ट ग्रुपले नयाँ कम्पनी सञ्चालनमा ल्याएको छ । ग्रुपले पुस २५ गतेदेखि फोनपोईन्ट्स नामक नयाँ कम्पनी आधिकारिक रूपमा संचालनमा…
हाईफ्यूचरका स्मार्टवाच, इयरबड, हेडफोन र ब्लुटुथ स्पीकर नेपाली बाजरमा
हाईफ्यूचर अडियो र वेरेबल टेक्नोलोजीमा एक ट्रेलब्लेजर कम्पनीले सात ओटा नयाँ प्रडक्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । …
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा रामकृष्ण सुवेदी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतको सरूवा भएको छ ।
सरकारले राउतलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरूवा गर्दै सञ्च…
बुधबार बिहानदेखि फोनपेका सबै सेवा अवरूद्ध
बुधबार बिहानदेखि फोनपेका सबै सेवाहरू अवरूद्ध भएका छन् । आज बिहान ५ बजेदेखि फोनपेका सेवाहरू अवरूद्ध भएका हुन् ।
…शुक्रबार टेडएक्स सफ्टवेयरिका हुँदै, यस्ता छन् सहभागी हुने वक्ताहरू
शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा टेडएक्स टक हुने भएको छ । ‘विगतलाई अगाल्दै, भविष्यको कल्पना गर्दै, थिमसहित सफ्टवेरिका कल…
नेपाल इन्जिनियरिङ परिषद्मा इन्फरमेशन र अटोमेशन इन्जिनियरिङ विषय थप
नेपाल इन्जिनियरिङ परिषदले नेपालमा थप दुई विषयका इन्जिनियरिङ व्यवसायलाई अनुमति दिने भएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालको राजीनामा स्वीकृत, कार्यवाहक अध्यक्षमा अधिकारी
सरकारले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेकाे छ । पुस २४ गते बसेको म…
विश्वको पहिलो पारदर्शी टिभी सार्वजनिक
कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२४) आज अर्थात जनवरी ९ बाट सुरु हुँदैछ र यसमा कैयौं कम्पनीहरुले आफ्नो अनौठो उत्पादनहरु ल्याएक…
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले दिए राजिनामा
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एनएमबि बैंकले अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी)सँगको सहकार्यमा विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु,…
सडक दुर्घटना सूचना व्यवस्था प्रणाली पुनः लागु गर्ने प्रहरीको तयारी
सडक दुर्घटना सूचना व्यवस्था प्रणाली (आरएआईएमएस) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य…
कस्तो छ भिभो एक्स १०० स्मार्टफोन?
भिभोले केही दिन पहिले आफ्नो नयाँ फ्ल्यागशिप फोन भिभो एक्स १०० सार्वजनिक गरेको थियो । यस फोनको कम्पनीले दुई भेरियन्ट ल्याएको छ ।…
एनएफसीमा प्रविधिमा आधारित चिपसहितको डिजिटल भिजिटिङ कार्ड नेपाल भित्रियो, कति होला मूल्य ?
नेपालमै पहिलो पटक नियर–फिल्ड कम्युनिकेसन (एनएफसी) डिजिटल कार्डको सुरुवात भएको छ । यो चिप प्रविधिमा आधारित प…
विन्डोज कोपाइलटमा नयाँ फिचर आउँदै, स्क्रिनशट अपलोड गर्न र त्यसबारे सोध्न मिल्ने
माइक्रोसफ्टले विन्डोज ११ कोपाइलटमा स्क्रिनशटका लागि नयाँ फिचर थप गर्ने भएको छ । माइक्रोसफ्टले यो फिचरको नाम ‘एड अ स्क्रिनशट…
अदालतको आदेशपछि रिहा भए टुटलका संस्थापक शिक्षित भट्ट
टुटलका संस्थापक शिक्षित भट्ट रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न अनुमति नदिएपछि भट्ट हाजिरी जमानीमा रिहा भए…