समाचार
साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा
सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउटा नयाँ आयम ल्याएको कुरा त सबैलाई अवगत नै छ । हाल केही वर्ष यता भुक्तानी क्षेत्रमा मात्र नभएर अन्य विभिन्न क्षेत्रहरुमा पनि कार्य योगदान पुर्याउदै आएको इसेवाले सेवा विस्तारको क्रममा अहिले नेपालको ७७ जिल्लाको ७५३ वटै स्थानिय निकायहरुमा आफ्नो एजेन्ट नेटवर्क पुर्याउन सफल रहेको छ ।
प्रत्येक नेपालीको हात-हातमा पुगिसकेको इसेवा एउटा व्यक्तिलाई दैनिक जीवनमा आवश्यक पर्ने सबै प्रकारका सेवाहरुको भुक्तानी गर्ने माध्यम बन्नुका साथै इसेवा यात्रा तथा पर्यटकीय क्षेत्रमा पनि दिन प्रतिदिन अझै परिचित नाम बन्दै गइरेहेको छ ।
बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट देखि केबलकारसम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ । प्रयोगकर्ताहरुको आवश्यकता अनुसारका सेवा सुविधाहरु विस्तार गरेर जीवन सहज बनाउने क्रममा इसेवा थुप्रै नवीनतम सेवाहरु प्रदान गर्न सधैं तत्पर रहेको छ र यसै क्रममा इसेवाले प्रदान गर्ने एउटा महत्वपूर्ण सेवा हो इसेवा होटल्स ।
इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ ।
सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु रहेका छन् जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् । ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ ।
ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय संचालनमा पनि थप उत्साह प्रदान गरेको छ ।
युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् को सहयोगमा इसेवा होटल्सले ग्रामिण भेगमा रहेका होटल तथा होमस्टेहरु मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिदै आइरहेको छ र आगमि दिनहरुमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्नेछ ।
इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरुको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउदै आइरेको छ । साना तथा मझौला होटल व्यावसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिदो डिजिटल रुपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ।
समाचार
शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक
सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…
जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो
जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…
कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?
विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…
चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…
इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स
इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।
नेपालपे क्युआर र आइसिटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने
नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्य…
स्मार्टफोनमा आईआर ब्लास्टरले कसरी काम गर्छ?
स्मार्टफोनमा धेरै यस्ता फिचरहरू हुन्छन्, जसले प्रयोगकर्ताहरूको काम सजिलो बनाउँछ । तर, तीमध्ये धेरै यस्ता फिचर पनि छन्, जसको बारेमा मानिसहरूलाई थाहा हुँदैन् ।…
गुगलको एआई भिडियो टुल वियो सार्वजनिक, टेक्स्टबाट भिडियो बनाउन सकिने
गुगलले आफ्नो एआई भिडियो टुल वियो प्रयोगका लागि उपलब्ध गराएको छ । गुगल वियो एउटा एआई भिडियो टुल हो, जसको मद्दतले टेक्स्टब…
नेपालमा हुन लागेको सोनु निगमको कन्सर्टको दिपल ईभी मुख्य प्रायोजक
छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउ डगायक सोनु निगमको निकै प्रतिक्षित …
एमपोसबाट टेलिकमको रिचार्ज गर्दा डेटा बोनस पाइने
नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्…
टिकटक र सञ्चार मन्त्रालयको साझेदारीमा डिजिटल सेफ्टी समिट आयोजना, अनलाइन सुरक्षा बारे छलफल
टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको साझेदारीमा मंसिर १८ गते डिजिटल सेफ्टी समिट नेपालको आयोजना गरेको छ । अनल…
एससीटी युपिआई कार्डबाहकलाई सिभिल मलमा निःशुल्क पार्किङ सुविधा
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र काठमाडौँको मुटु स…
नेपालका कुना काप्चामा गुणस्तरीय इन्टरनेट पुर्याइ सबैलाई एक आपसमा जोड्ने छौं: वर्ल्डलिंक
वर्ल्डलिंकले नेपालका हरेक कुना काप्चामा इन्टरनेट विस्तार गरी सबैलाई एक आपसमा गुणस्तरीय सेवा मार्फत जोड्ने कार्यमा सधैं लाग्ने बता…
डेथ क्लक एप: जीवनशैली सुधार्दै मृत्युको भविष्यवाणी गर्ने नवीन प्रविधि
एआईको प्रयोग हरेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको छ । हेल्थकेयरदेखि फाइनान्ससम्म यसको व्यापक प्रयोग भइरहेको छ । एआईले भविष्यसम्बन्ध…
जुम्ला पातारासीमा टेलिकमको मोबाइल सेवा विस्तार
नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार गरेको छ । पातारासी गाउँपालिका…