कीवर्डहरू -

समाचार

एप्पल भिजन प्रोको प्रि-बुकिङ सुरू, यस्ता छन् सु‍विधा

एप्पलको पहिलो कम्प्युटिङ हेडसेट भिजन प्रोको प्रि–अर्डर खुला गरिएको छ । एप्पल हेडसेट अमेरिकामा फेब्रुअरी २ मा सार्वजनिक हुँदैछ ।

सार्वजनिक हुनुअघि नै कम्पनीले एप्पल भिजन प्रोको स्पेसिफिकेशनको बारेमा जानकारी दिएको छ ।

पूर्व–अर्डर गर्न, प्रयोगकर्ताहरूसँग फेस आईडी भएको आईफोन वा आईप्याड हुनुपर्नेछ । यसमा अनुहार स्क्यान गर्न सक्ने डिभाइस आवश्यक हुनेछ ।

प्रयोगकर्ताको सही आकार सुनिश्चित गर्न अनुहार स्क्यानिङको आवश्यकता परेको हो । प्रयोगकर्तालाई पर्सनलाइज्ड फिड प्रदान गर्न कम्पनीले हेडसेट खरिद गर्नुअघि साइजलाई ध्यानमा राख्दै आएको छ ।

एप्पल भिजनको बक्समा तपाईले के पाउनुहुनेछ ?

  • एप्पल भिजन प्रो (लाइट सिल, लाइट सिल कुशन, सोलो निट ब्यान्ड सहित)
  • डिस्प्ले कभर
  • डुअल लूप ब्यान्ड (वैकल्पिक ब्यान्ड)
  • बाह्य ब्याट्री
  • पालिस गर्ने कपडा
  • ३० वाट यूएसबी सी पावर एडाप्टर
  • यूएसबी सी चार्ज केबल (१.५ मिटर)


एप्पल भिजन प्रोको विशिषताहरू

यसमा २३ मिलियन पिक्सेल माइक्रो–ओइएलडी थ्रीडी डिस्प्ले प्रणाली समर्थित रिफ्रेस दरः ९० हर्ज, ९६ हर्ज, १०० हर्ज रहेको छ ।  भिजन प्रोमा एप्पल आर वान डुअल–चिपसहित एप्पल एमटू प्रोसेसर प्रयोग गरिएको छ । 

१६ जीबी एकीकृत मेमोरी रहेको यो २५६ जीबी, ५१२ जीबी, १ टेराबाइट भण्डारण विकल्पमा उपलब्ध हुनेछ । भिजन प्रोमा दुई गुणा उच्च रिजोल्युसन मुख्य क्यामेरा, ६ गुणा वर्ल्ड फेसिङ ट्र्याकिङ क्यामेरा, ४ गुणा आँखा ट्र्याकिङ क्यामेरा, ट्रु डेप्थ क्यामेरा, लाइडार स्क्यानर, ४ आइएमयू, फ्लिकर सेन्सर र एम्बियन्ट लाइट सेन्सर जस्ता विशेषता छन् । 

यसको ६०० देखि ६५० ग्रामसम्म रहेको छ । सामान्य प्रयोगको साथ २ घण्टा (भिडियो हेरेर २.५ घण्टा) भिजन प्रोमा ब्याट्रीब्याकअप पाउन सकिने छ । 

एप्पल भिजन प्रो मूल्य

२५६ जीबी भेरियन्ट भिजन प्रोको मूल्य ३ हजार ४९९ अमेरिकी डलर, ५१२ जीबी भेरियन्टको ३ हजार ६९९ अमेरिकी डलर र एक टेराबाईट भेरियन्टको मूल्य ३ हजार ८९९ अमेरिकी डलर तोकिएको छ ।

 

समाचार

माघ ९ गतेदेखि दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ कार्यक्रम, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

दराजले आफ्ना ग्राहकहरुलाई सहज, सरल, र सुरक्षित किनमेल सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि डेलिभरी फेस्टिभल’ नामक कार्य…

लक्ष्मी सनराईज बैंकले सञ्चालनमा ल्यायो ई-कमर्स अक्वायरिङ गेटवे सेवा

लक्ष्मी सनराईज बैंकले ई-कमर्स अक्वायरिङ गेटवे सेवा संचालनमा ल्याएको छ ।  नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने पहिलो ब…

वानप्लसको नयाँ इयरबड, फुल चार्जमा ४४ घण्टाको ब्याकअप

वानप्लसको नयाँ इयरबड वानप्लस बड थ्रीले ४४ घण्टासम्, ब्याट्री ब्याकअप दिने भएको छ । यो ईयरबड कम्पनीले २३ जनवरीमा सार्वजन…

आईफोनमा आईओएस १७.३ अपडेट आउँदै

एप्पलले आफ्नो आईफोन प्रयोगकर्ताहरूको लागि आइओएस १७.३ अपडेट रोल आउट गर्ने तयारी गरिरहेको छ । कम्पनीले केही दिन अघि मात्रै आईओएस…

कुपण्डोलमा बीवाईडीको नयाँ शोरूम

विद्युतीय सवारी बीवाईडीको नयाँ शोरुम ललितपुरको कुपनडोलमा खुलेको छ । ईको ड्राइभ प्रालिले बीवाईडीको आधिकारिक शोरुमको रुपमा ल…

सामसङका यी डिभाइसमा उपलब्ध हुँदै ग्यालेक्सी एआई फिचर

सामसङले आफ्नो ग्राण्ड ग्यालेक्सी अनप्याक्ड इभेन्टमा अत्याधुनिक सुविधासहितको एआई फिचरसहित नयाँ स्मार्टफोन सिरिज अर्थात् ग्या…

डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले डिजिटल बैंक स्थापना गर्न अध्ययन गर्ने भएको छ । नेपाल टेलिकमको १६ औं वार्षिक प्रतिवेदनमा डिजिटल बैंक अर्थात नियो…

वर्ल्ड समिट अवार्ड २०२३ मा नेपालबाट गल्ली म्याप्स र सफा नेपाल शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२३ को अवार्डमा नेपालका २ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालबाट गल्ली म्याप्स र सफा नेपाल डब्लुएसए अवा…

फोनपोइन्टस् र इसेवाले रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने

फोनपोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् …

५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिदै सरकार

सरकारले ५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिने भएको छ । 

कानुनको मस्यौदा वेबसाइटमा राखेर रायसुझाव लिने परिपाटीको विकास गरिएको छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको मस्यौदा मन्त्रालयको वेबसाइटमा राखेर सार्वजनिक रायसुझाव लिने परिपाटीको विका…

टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स र एमडीएमएस खरिद सम्बन्धि सबै कागजात उपलब्ध गराउन निर्देशन छ ।…

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर

सामसङले बुधबार नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । ग्राहकहरूको प्रतिक्षालाई अन्त्य गर्दै सामसङले अन्ततः ग्यालेक्सी एस २४ …

सुपर एप बन्दै ‘कहाँ एप’, लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा दिने योजना

सुपर एपको बन्ने योजनासहित कहाँ एप अगाडि बढेको छ । लोकेसन म्यापिङदेखि ई-कमर्ससम्मको सुविधा एउटै एपबाट दिने गरी कहाँ एपले काम…

हल्ट प्राइज एट आइओईको 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप शत्र सम्पन्न

इन्जिनियरिङ संस्थान (आईओई) पुल्चोक क्याम्पस हल्ट प्राइजले 'फर्मिङ द ड्रीम' विषयमा तेस्रो मेन्टरशिप समापन गर…