समाचार
एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने
एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन् । ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः संचालनमा ल्याएको हो ।
यो अफरमा ग्राहकले ७ दिन भ्यालिडिटी अर्थात समयसीमा रहेको कर सहित रु. १५० मा ५ जीबी डेटा वा रु. २०० मा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी रु. ८८८ मा २८ दिन समयावधी रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् ।
यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा, ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्दछ ।
डबल मजा प्याक खरिद गर्न ग्राहकले *१७१२३# डायल गर्न सक्छन् । साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ ।
थप परिष्कृत गर्दै पुनः संचालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ । प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी संचित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन् ।
७ दिन भ्यालिडिटी भएका रु. १५० र रु. २०० का डबल मजा प्याकमा पाइने बोनसको संचित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी रु. ८८८ को प्याकमा पाइने संचित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।
यसैबीच एनसेलले कर सहित रु. २२० मा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।
समाचार
सर्लाहीको हरिवनमा ड्रोनबाट जग्गाको नापजाँच सुरु
सर्लाहीको हरिवन नगरपालिकाले ‘ड्रोन’प्रविधिमार्फत जग्गाको नापजाँच सुरुवात गरेको छ। नगरभित्रका भूमिहीन सुकुम्बा…
एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने, कहिले लन्च हुन सक्छ?
एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…
कहिले आउँदैछ सामसङको वेयेरेबल रिङ?
सामसङले गत महिना अर्थात जनवरी १७, २०२४ मा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकामा सामसङ ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेक…
एप्पल भिजन प्रोमा भर्चुअल डिस्प्लेका साथ उपलब्ध हुनेछन् यी फिचर, जान्नुहोस् यसका ५ विशेषता
एप्पलले हालै एप्पल भिजन प्रो प्रस्तुत गरेको छ । यो डिभाइसको बजारमा निकै चर्चा छ । यो भर्चुअल रियालिटी (भिआर) र अगमेन्टेड रियालि…
राइड शेयरिङ सेवालाई उद्योगको मान्यता
सरकारले राइड शेयरिङ सेवालाई उद्योगको रूपमा पहिचान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्द…
टेलिकमले विश्व परिवेशलाई ध्यान दिएर सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान …
सामुदायिक विद्यालयमा टेलिकमले आईसीटी ल्याब स्थापना गर्ने, नमस्ते वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले सामुदायिक विद्यालयहरूमा आईसीटी ल्याब स्थापना गर्ने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा मन्तव्य राख्दै नेपाल …
टेलिकमकाे एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क, एफटीटीएच सेवा खरिदमा सित्तैमा सीमकार्ड
टेलिकमकाे माेबाइल एप डाउनलाेड गर्दा १ जीबी डेटा नि:शुल्क पाइने भएकाे छ । २० ओैं वार्षिकाेत्सवकाे अवसरमा नेपाल टेलिकमले एप ड…
मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै
माघ २३ गते मंगलबार नेपालमा पनि सुरक्षित इन्टरनेट दिवसको मनाइने भएको छ । चाइल्ड सेफ नेटको अगुवाईमा विभिन्न सरकारी तथा निजी स…
चितवनमा सूचना प्रविधि कार्यशाला एनपीनोग नाइन सम्पन्न
चितवनको सौराहामा सूचना प्रविधि कार्यशाला ‘एनपीनोग नाइन’ सम्पन्न भएको छ । उक्त कार्यशाला माघ १४ …
केयू हल्ट प्राइजले आयोजना गरेको 'इम्प्याक्ट अपः स्टार्टअप एन्ड एसएमई मिट’ सम्पन्न
काठमाडौं विश्वविद्यालय (केयू) हल्ट प्राइजले इनर्जाइज नेपाल र काठमाडौं युनिभर्सिटी बिजनेस इन्क्युबेशन सेन्टर (क्यूबिक) स…
जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै
आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा…
नेपाल र क्यानाडाबीचको क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्ट एचडी वानमा प्रसारण हुने
डिशहोमको एक्सन स्पोर्ट एचडीमा नेपाल र क्यानाडा बीचको सिरिज प्रत्यक्ष प्रसारण हुने भएको छ ।
६४ बढी सेवा एउटै एपबाटै दिदै प्राईमसेवा
राईड शेयरिङ कम्पनी प्राईमसेवाले राईडर र प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याएको छ । नेपाली युवाहरुले संचालन गरेको कम्पनी प्राईमस…
बार्ड एडभान्स प्रयोग गर्न अब पैसा तिर्नुपर्ने
गुगलले आफ्नो च्याटबट बार्ड एडभान्स प्रयोगका लागि शुल्क लिने भएको छ । अहिले परीक्षणमा रहेको बार्ड प्रयोग गर्न कुनै …