कीवर्डहरू -

समाचार

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि…

शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

६ हजार पाँच सय रूपैयाँ मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए ।

उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । “चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ”, भट्टले गुनासो गरे ।

लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उनले बताए ।

टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युतको महसुल रु तीन लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ ।

समाचार

कसरी हेर्ने डीभीको नतिजा ?

अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०२५ को नतिजा आज राति आउँदै छ । वैशाख २२ गते शनिबार राति ९:४५ बजेबाट डीभीको नतिजा हेर्न सकिने छ । 

राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज

सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको छ । 

वैश…

ओपनएआइले नयाँ सर्च इन्जिन सार्वजनिक गर्ने

ओपनएआईले एआई टेक्नोलोजीको संसारमा एक क्रान्तिको रूपमा उभिएको छ, जसले टेक्नोलोजिकल संसारलाई निरन्तर परिवर्तन गर्दै संगसुधार गर्द…

भन्सार छलेर ल्याइएका ८ लाख बराबरका मोबाईल डिस्प्ले बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर ल्याइएका अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । 

सन सेक्युरिटिजको लाइफटाइम निःशुल्क रेमिट डिम्याट, मेरो सेयर र ब्रोकर खाता सञ्चालनमा

सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकका लागि रेमिट डिम्याट खाता सञ्चालनमा…

अपस्ट्रिमले इन्टरनेट काटिदिएपछि नेपालको इन्टरनेट सेवामा समस्या

नेपालमा ठूला इन्टरनेट सेवा प्रदायहरूको इन्टरनेटमा समस्या देखिएको छ । बिहीबार दिउँसोदेखि सुबिसु, वर्ल्डलिंक, भायानेट लगाय…

इन्स्टाग्रामको अल्गोरिदम परिवर्तन, अब मौलिक सामग्री क्रियटरलाई फाइदा हुने

फोटो सेयरिंग एप इन्स्टाग्राममा अर्बौं क्रियटरहरू छन्, जसले हरेक दिन विभिन्न प्रकारका सामग्रीहरू सिर्जना गर्छन् । यद्यपि इन्स्टाग्र…

डेटा सेन्टर सञ्चालनका लागि कानुन तथा मापदण्डको तर्जुमा गर्दैछौं : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डेटा सेन्टर सञ्चालनका लागि कानुन तथा मापदण्डको तत्काल तर्जुमा गर्न लागेको बताएक…

सूचना–प्रविधिलाई 'लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने…

आईटी सेवा निर्यात गरेे सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने क्लाउड फ्याक्ट्री सम्मानित

सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजीज सर्भिसेस (क्…

आव २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित

आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी कर तिर्ने आईसीटी कम्पनीको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । 

नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ मोनाल टेकलाई प्रदान

मोनाल टेकले नेसनल आईसिटी स्टार्टअप अवार्ड २०२४ प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अव…

नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) बाट डायनामिक टेक्नोसफ्ट सम्मानित

नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचन…

डेटा हबलाई नेशनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) प्रदान

नेसनल आइसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर) डेटा हब प्रालिले प्राप्त गरेको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्…

सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्रदान

सामाजिक सुरक्षा कोषले नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर)  प्राप्त गरेको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि…