कीवर्डहरू -

समाचार

नेपाल टेलिकमको दशैं अफर, भ्वाइस, डाटा तथा एफटीटीएच सेवामा सहुलियत

नेपाल टेलिकमले नेपालीहरुको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ  । सो अफर अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु असोज १३ गतेदेखि प्रारम्भ भई आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछन् । 

यस अफर अन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराईएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ ।

यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क ५०० रूपैयाँ मिनाहा समेत गरिएको छ ।

यसै गरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ७९९ रूपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

साथै २५० रूपैयाँमा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रूपैयाँमा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । 

आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *1415*6# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ । आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरु खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीले लाभ लिनुहुने विश्वास कम्पनीको रहेको छ ।
 

समाचार

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला, घरमै बसेर बससेवाबाटै टिकट बुक गर्न सकिने

असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला भएको छ । झरीको कुनै प्रवाह नगरी बिहानैदेखि बसको टिकट काट्न बसपार्कमा लाइ…

जेनेरेटिव एआईलाई प्रयोग गरेर म्यालवेयर संक्रमित कोड बनाइँदै

आर्टिफिशियल इंटेलिजेन्स (एआई) बिस्तारै मानिसहरूको लागि समस्या बन्न थालेको छ । सबैभन्दा ठूलो समस्या जेनेरेटिव एआईसँग भइरहेको छ …

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानीको सुविधा

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच, एपीआई आधारित होस्ट-टु-होस्ट भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भएको छ …

फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट

यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो …

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आसपासमा ड्रोन उडाउन रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन न…

स्काईवर्थ सोरूमबाट सामान खरिद गर्दा अधिकारीले पाए माइक्रोवेभ उपहार

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई…

हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने

नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको …

असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने

नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमा…

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ बससेवाबाटै, दैनिक ४२ हजार बढी बुक गर्ने तयारी

मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी प…

एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिक…

एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी

एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने

सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…

सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने

उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ । 

फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसा…