समाचार
नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
प्रादेशिक छात्रवृत्ति पाउनेहरुमा मधेश प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्विनी प्रदेशबाट विजयकुमार यादव र सुदुरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् । कोशी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुले क्रमशः इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एण्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् । छात्रवृत्ति पाउने सबै विद्यार्थीहरुले सामुदायिक विद्यालय अध्ययन गरेका छन् । कलेजले प्रादेशिक छात्रवृत्ति प्रदान गरेर दूरदराजमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर दिएकोमा विद्यार्थीहरुले कृतज्ञता व्यक्त गर्दै मेहनत गरेर अध्ययन गर्ने बताए ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै पोखरा विश्वविद्यालयको छात्रवृत्ति मापदण्ड अनुसार प्रादेशिक छात्रवृत्तिको परीक्षा लिइएको बताउँदै कलेज सदैव जेहेन्दार र मेहनती विद्यार्थीहरुको पक्षमा रहेको बताए । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले छात्रवृत्तिको मर्यादा र गरिमालाई कायम राख्नेगरी मेहनतका साथ अध्ययन गर्न सुझाए । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको इन्जिनियरिङ शिक्षामा पहुँच पुगोस् भन्ने हेतूले कलेजले प्रादेशिक छात्रवृत्ति दिँदै आएको प्राचार्य भण्डारीको भनाई छ ।
कलेजले हरेक वर्ष ७० लाख बराबरको प्रादेशिक छात्रवृत्ति वितरण गर्ने बताउँदै प्राचार्य भण्डारीले भन्नुभयो,‘नेपाल इन्जिनियरिङ कलेजले वर्षेनी गरिब तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्षपनि विभिन्न प्रदेशहरुबाट प्रादेशिक छात्रवृत्तिमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नुभएको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुलाई इन्जिनियरिङ अध्ययन गर्न प्रेरित गर्नका लागि कलेजले यो छात्रवृत्ति प्रदान गरेको हो ।’
कलेजले हरेक वर्ष सामुदायिक स्तरमा कलेजका विकासमा उल्लेखनीय योगदान गर्दै आइरहेको चाँगुनारायण नगरपालिकाका ४ वटा वडाका दुई जना विद्यार्थी, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ७ गरी ५ वटा वडा वाहेक चाँगुनारायण नगरपालिकाले सिफारिस गरेका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र ५० प्रतिशत छुट सहितको छात्रवृत्ति दिँईदै आएको छ ।
यसका अलावा कलेजमा कार्यरत शिक्षक कर्मचारीका सन्ततीहरुका लागिपनि छात्रवृत्ति दिँदै आएको छ । इन्जिनियरिङ अध्यनार्थ भर्ना हुने विद्यार्थीको आर्थिक, शैक्षिक अवस्था हेरेर विभिन्न छुटहरु पनि दिइने गरिएको छ । मुनाफारहित शैक्षिक संस्था भएकाले हरेक वर्ष कलेजले करिब १५ करोड बराबरको विभिन्न छात्रवृत्ति र छुटहरु दिँदै आएको छ ।
त्यसो त सामाजिक उत्तरदायित्व अन्तरगत गतवर्ष जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भुकम्पबाट प्रभावित सामुदायिक विद्यालयका ५ जना विद्यार्थीहरुलाई पूर्णछात्रवृत्ति प्रदान गरेको थियो । नेपालका दुरदराजमा रहेका विद्यार्थीहरुले सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्राप्त गर्न सकुन् भनेर कलेज स्थापना भएको र आगामी दिनहरुमा पनि सोही अनुरुप विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै लैजाने प्राचार्य भण्डारीले बताउनु भयो ।
कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधामा सिभिल, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्टको पढाई हुने गरेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, कलेजको शैक्षिक नतिजा, विद्यार्थीले प्राप्त गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय अवसरहरुको मुल्यांकन गर्दै २०६० सालदेखी लगातार स्थायी अनुमति दिँदै आएको छ ।
समाचार
जुनेली इंकको ‘१०० डेज फर १०० ग्राहक’ अभियान सुरू, कोर बैंकिङ सिस्टममा ७० प्रतिशत छुट
जुनेली इंक प्रालिले आफ्नो फाल्गसिप प्रडक्ट ३६० कोर बैंकिङ सिस्टममा विशेष छुटसहितको नयाँ अभियान ‘१०० डेज फर १०० ग्राहक&rs…
राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट
कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । ने…
बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने सरकारको प्रतिबद्धता
महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुदीले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता व्यक्…
नेपालमा टिकटकले सुरु गर्यो सेफ्टी एम्बेसडर कार्यक्रम, डिजिटल सुरक्षा बारे सचेतना दिइने
सुरक्षित डिजिटल स्पेस प्रवर्द्धन गर्ने निरन्तरको प्रयास अनुरुप टिकटकले नेपालमा आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रम सुरू गरेको छ । प्रयोगक…
जीमेलले ल्यायो सेफ लिस्टिङ फिचर, अब इनबक्सको सुरक्षा र प्राथमिकता तपाईंको हातमा
जीमेल प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले नयाँ फिचर सार्वजनिक गरेको छ । जीमेलको सेफ लिस्टिङ फिचरले इनबक्सलाई आफ्नै अ…
विश्वकै सर्वाधिक प्रयोग हुने वेबसाइट र एप: गुगलदेखि ह्वाट्सएपसम्मको सूची
आजको समयमा हामीहरू इन्टरनेटमा घण्टौँ समय बिताउँछौं । मनोरञ्जनका लागि होस् या जानकारी लागि होस्, इन्टरनेटमा खोजिहाल्छौं । …
साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउदै इसेवा
सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शुरुवाती दिनदेखि नै भुक्तानी क्षेत्रमा एउ…
अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने
नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले
च्याटजीपीटीको निर्माता कम्पनी ओपन एआईले आफ्नो पहिलो चीफ मार्केटिङ अफिसर (प्रमुख बजार अधिकृत) नियुक्त गरेको छ । ओपन एआईले …
ओपन एआईले नियुक्त गर्यो पहिलो चीफ मार्केटिङ अफिसर
साइबर सुरक्षा सचेतनाका लागि एनसेल, साथी र जोन्टा क्लबको ‘ओरेन्ज द स्कूल’ अभियान
एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओ…
शक्तिशाली एआई सुविधासहित सामसङको वान युआई ७ बेटा प्रोग्राम सार्वजनिक
सामसङले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वान युआई ७ बेटा…
जुम्लामा नेपाल टेलिकमको फाइबर इन्टरनेटको माग बढ्दो
जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन्। अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा म…
कहिले छोड्लान टिम कुकले एप्पलको सीईओ पद ?
विगत १३ वर्षदेखि टिम कुकले सीईओको रूपमा मल्टिट्रिलियन डलर कम्पनी एप्पल हाँकिरहेका छन् । उनको नेतृत्वमा एप्पलले ध…
चन्द्रपुरमा दुई करोड ७२ लाखमा चार्जिङ स्टेशन निर्माण
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ प…
इन्स्टाग्राममा गोपनीयता कसरी सुरक्षित राख्ने ? जान्नुहोस् उपयोगी टिप्स
इन्स्टाग्राम युवाहरूबीच धेरै लोकप्रिय बन्दै गएको छ । यसमा तपाईं फोटो शेयर गर्न, मेसेज गर्न र भ्वाइस कल गर्न सक्नुहुन्छ ।